नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
(सबै जना राती गोठमा बसेका हुन्छन् ।)
तेस्रो मान्छे – धेरै दिन भयो यो गाउँमा बस्या अब त हिँडौँ है !
मायाको खानी चाँडै नै पुग्ने विचार गरौँ है !
पिता – आमाको छोरा डम्बरेलाई छुट्कारा दिलाउनुछ,
सत्य कुरा गाउँलेको माझ लिएर जानुछ ।
तेस्रो मान्छे – यो गाउँमा हामी नबसे पनि फरक पर्दैन,
गाउँलेले कुरा बुझिसके धेरै सिकाउनु पर्दैन ।
पिता – भनेर त्यस्तो हुँदैन बाबू ¤ अगुवा हुनुछ,
ठालुलाई त्यसै छाडेर जाँदा भगुवा होइन्छ ।
दोस्रो मान्छे – डम्बरेलाई छुटाउन अब समय मिलाऔँ !
आमाको पीर हटाउन अब पाइला चलाऔँ !
पिता – हतारिनु हुन्न, काम गर्दा यहाँ बिग्रिएला अति नै,
पर्खनुपर्छ, बिते तापनि समय जति नै !
दोस्रो मान्छे– (रिसाएर)
काका त मैले चिनेनि अहिले हुतिहारा रहेछन् !
गफ गर्ने धेरै काम भने थोरै छेरुवा रहेछन् !
पहिलो मान्छे – काकालाई त्यस्तो लाउनुहुन्न आरोप विचारै नगरी,
यात्राको लागि देखाउने बाटो उहाँ हो गुरुसरि । हामीले काँचो फल खाँदा घाँटीमा अड्किन्छ,
पाकेको फल खाएर हेर्दा मीठो नै मानिन्छ ।
पाकेको छैन राम्ररी फल यो गाउँमा अझ,
केही दिनपछि राम्ररी पाक्ला नगर हतार !
दोस्रो मान्छे – पाकि नै सक्यो यो गाउँमा फल चाँडै नै टिप्न जाऔँ !
टिपेर फल यो गाउँ अब चाँडै नै छाडी जाऔँ !
पाकेको फल न टिप्ने भए मलाई छाडिदेऊ !
बरु म एक्लै गएर टिप्छु मलाई पठाइदेऊ !
पिता – अराजक कुरा नगर बाबू ¤ धोका होला है !
ठालुको शक्ति कमजोर छैन, दुःख खाउला है !
दोस्रो मान्छे – विचारले तिम्रो समाज कहिल्यै विकास हुँदैन,
न्यायको लागि नलड्ने मान्छे, काम नै लाग्दैन !
पिता – (रिसाएर)
उत्ताउला कुरा गरेर तिमी बित्यास नपार !
तिमीले गर्दा गाउँले सबलाई खाल्डोमा नपार !
दोस्रो मान्छे – एक्लै म गई ठालुसँग लडी डम्बरे छुटाउँला !
मायाको खानी चाँडै नै पुगी सुखमा बाँचौँला !
पिता – गाउँलेहरू बसी छलफल गरी निर्णय गराँैला !
सबैको मति एउटै भए विचार गरौँला !
हामीले मात्र निर्णय गरे बन्दैन राम्रो काम,
गरेको काम विफल भए हुनेछ बदनाम ।
पहिलो मान्छे – भोलिको दिन खेतमा जाँदा खबर गरौँला,
बेलुकीपख गुप्तिमा बसी सल्लाह गरौँला !
बरु म अहिले अनुरोध गर्छु ज्ञान दिलाऊ !
नयाँ नयाँ कुरा ल्याई मलाई ज्ञानी बनाऊ !
पिता – बिस्तारै भन्छु नयाँ नै कुरा मनमा राख है !
जङ्गली युग कस्ता थिए राम्ररी सुन है !
(पुत्र गोठमा आइपुग्छ)
पहिलो मान्छे – (जिस्क्याएर)
पूर्वको लागि आएको मान्छे पश्चिम गएछ,
बिराउँदा बाटो गएछ सातो पिताले लिएछ ।
बस्यौ नि तिमी दिनभरि आज हामीलाई छाडेर,
क्षितिज पारी कहिले हो जाने प्रियसी लिएर ?
(लाजले पुत्र चुप लागेर बस्छ)
तेस्रो मान्छे – भन्नुस् काका ! बिस्तारै भन्नुस् बुझ्नेगरी हामीले,
यस्तै ज्ञान सिकेर यहाँ गर्छाँै काम हामीले ।
पिता – (विचार गर्दै)
पहिले–पहिले सबै मान्छे जङ्गलमा बस्दथे,
बाँदरजस्तै रुखमा बसी जीवन काट्दथे ।
गिठा र भ्याकुर फलफूल अनेक खाएर बाँच्दथे,
हजारौँ वर्ष बितेपछि जनावर मारी खाए ।
आदिम युगका मान्छेले गरे विकास बिस्तारै,
अन्नको लागि गर्न थाले खेती सजिलै ।
सिकार गर्दा निख्रिन थाल्छन् जीवजन्तु जङ्गलमा,
नमारिकन पालेछन् पछि पशुहरू साथमा ।
बित्दै जाँदा वर्ष र युग जगेडा राखे अन्नको,
बढ्न थाले बिस्तारै सङ्ख्या पालेपछि पशुको ।
विगतमा मान्छे बसाइ सर्थे खानेकुरा सिधिएर,
बस्न थाले एकै ठाउँमा अब खानेकुरा भएर ।
झुन्डझुन्ड भई बस्थे मान्छे सबै जङ्गलमा,
एउटै आमाका सन्तान हुन्थे आ–आफ्नो झुन्डमा ।
आमाकै मात्र सन्तानले बढी माया गर्दथे,
आमाकै निर्देशन सन्तानले सब मान्दथे ।
आमामात्र चिन्थे सबैले पिता चिन्दैनथे,
मातृसत्तात्मक युग भनी त्यसलाई सबैले भन्दथे ।
बित्दै जान्छ हजारौँ वर्ष जङ्गली युग मान्छेको,
प्रगति पनि हुँदै जान्छ, जङ्गलमा मान्छेको ।
दोस्रो मान्छे – कुरामात्र त्यस्तो कतिमात्र सुनौँ, लाग्यो थकाइ मलाई,
भो आज सुतौँ भोलि चाँडै उठौँ लाग्यो निद्रा मलाई !
(सबै सुत्छन्)
Leave a Reply