नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ४ चैत । भक्तपुर नगरपालिकाले भक्तपुरमा पर्यटन उद्योग तथा व्यवसाय प्रवद्र्धन एवम् पर्यटकलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन सञ्चालनमा ल्याएको पर्यटक सूचना केन्द्रको उद्घाटन गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नपा वडा नं. २ ब्यासीस्थित भक्तपुर नगरपालिकाको भवनसँगै रहेको पर्यटक सूचना तथा सेवा केन्द्रको शुक्रबार साँझ उद्घाटन गर्नुभयो । सोही क्रममा अध्यक्ष बिजुक्छेँले सूचना केन्द्रको भवनमा राखिएको डिजिटल बोर्ड र नपाको समेत वेभसाइट शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको भौगोलिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थानहरूको विषयमा आवश्यक सबै खालका सूचना उपलब्ध गराउन र भक्तपुरको पर्यटन उद्योगमा टेवा पुग्ने ढङ्गले पर्यटक सेवा केन्द्र सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिका नगरबासी जनताको साझा संस्था भएको बताउँदै उहाँले भक्तपुरमा पर्यटकहरूको सङ्ख्या वृद्धिसगै यहाँका स्थानीय जनताहरूको जीवनस्तरमा सुधार आउने, रोजगारीको अवसर सिर्जना हुने तथा पर्यटन व्यवसायीहरू यसबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले पर्यटन प्रवद्र्धन गर्न भक्तपुरको सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै पर्यटकहरूले आफूले घुमेको ठाउँको विषयमा देश–विदेशमा समेत प्रचारप्रसार गर्ने हुँदा पर्यटकहरूलाई सकारात्मक ढङ्गले आकर्षित गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुरको मौलिकता जोगाउनु नै यहाँको पहिचान रहने धारणा धारणा राख्दै उहाँले पर्यटकहरूलाई राम्रो र असल व्यवहार गर्न सके उनीहरूमा सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक र पर्यटकीय हिसाबले भक्तपुर महत्वपूर्ण ठाउँ भएकोले भक्तपुर नपाले यहाँको मौलिक शैली र प्रविधिलाई जोगाइराख्ने विविध गतिविधिलाई चालु राख्दै आएको बताउनुभयो ।
विश्व सम्पदामा सूचीकृत यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणलाई पहिलो प्राथमिकतामा राखी विसं २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त अधिकांश सबै सम्पदाहरूको जीर्णोद्धार तथा पुनःनिर्माण समेत सम्पन्न गरिसकेको छ, उहाँले भन्नुभयो ।
“भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले ‘सय वर्ष पछिको भक्तपुर’ लाई आधार मान्दै नगरपालिकाले सम्पदा संरक्षणका गतिविधिलाई जोड दिँदै आएको चर्चा गर्दै भक्तपुर नपाको पर्यटक सूचना केन्द्रको सेवाबाट पर्यटकहरू लाभान्वित हुने र देश विदेशमा भक्तपुरको प्रचार हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर पर्यटन व्यवसायले यहाँका जनताको जीवनस्तर उकास्ने आशा व्यक्त गर्दै कोभिडका कारण भक्तपुर महोत्सव अन्तिम समयमा आएर स्थगित गर्नुपरेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि कार्यक्रममा बोल्नुभएको थियो ।
सोही क्रममा पर्यटक सूचना तथा सेवा केन्द्र उद्घाटन कार्यक्रम अघि भक्तपुर नपा वडा नं. १० कमलविनायकस्थित ‘बारे पुखु’बाट सन्ध्याकालीन सांस्कृतिक पदयात्रा सुरू भएको थियो ।
सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा सुरू हुनु अगाडि भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका सदस्य प्रेमगोपाल कर्माचार्यले पछिल्लो समयमा भक्तपुरमा आउने पर्यटकहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको जानकारी दिँदै भक्तपुरका मूर्त तथा अमूर्त सम्पदाहरू नै यहाँको अमूल्य सम्पत्ति भएको बताउनुभयो ।
भक्तपुर नपा पर्यटक सूचना केन्द्र तथा सेवा केन्द्र प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुर आउने पर्यटकहरूको आकर्षण बढिरहेको अवस्थामा सही र उचित सूचना उपलब्ध गराउनु नै पर्यटक सूचना तथा सेवा केन्द्रको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको उपस्थितमा सुरू भएको सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा भक्तपुर नपा वडा नं. १० कमलविनायकको बारे पुखु, नवदुर्गा द्यो छेँ, चोफल, सूर्यमढी, दत्तात्रय, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, तालाक्व, इछु, लायकू (दरबार क्षेत्र), खौमा, इन्द्रायणी हुँदै भक्तपुरको व्यासीस्थित पर्यटक सूचना केन्द्र तथा सेवा केन्द्रमा पुगी सभामा परिणत भएको थियो ।
पदयात्राको क्रममा धाँ बाजा, माक प्याखं र पछिमा बाजाको टोली रहेको थियो भने भक्तपुर नपाका जनप्रतिनिधि, भक्तपुर नपा र पर्यटक सूचना केन्द्रका कर्मचारीहरू, पर्यटक प्रहरी, पथ प्रदर्शक, पर्यटन व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।
Leave a Reply