कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ४ चैत । ख्वप मा.वि.को २२ औँ, ख्वप कलेजको २० औँ र शारदा क्याम्पसको एकतीसौँ वार्षिक उत्सव कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम चैत ११ गते शुक्रबार हुने भएको छ ।
वार्षिक उत्सव कार्यक्रमको अवसरमा शुक्रबार ख्वप मा.वि., ख्वप कलेज र शारदा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबीच दौड, चेस, टेबलटेनिस र सटपुट प्रतियोगिता सुरु भयो ।
त्यस्तै वार्षिक उत्सव कार्यक्रमकै अवसरमा छैटौ ख्वप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता पनि शुक्रबार नै सुरु भयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं विद्यालय÷कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले खेलकुद प्रतियोगिता उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै उपप्रमुख जोशीले विद्यार्थीहरू हरेक क्षेत्रमा ‘स्मार्ट’ हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पढाइका अतिरिक्त खेलकुदलाई सँगसँगै लान सके स्वस्थ भइने धारणा राख्दै उहाँले खेलकुदमा हारजितभन्दा मित्रता, अनुशासन र देशको लागि खेल्ने भावना हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार देश र जनताको इमानदारीपूर्वक सेवा गर्दै आइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइको क्षेत्रमा विशेष महत्व दिँदै कार्य गर्दै आएको छ । भनपाले अङ्गीकार गरेको ‘ख्वप मोडल’ सबैको लागि अनुकरणीय बनेको छ ।”
सम्पदा संरक्षणमा स्थानीय ज्ञान, उत्पादन र सिपलाई प्राथमिकता राख्दै नगरपालिकाले कार्य गर्दै आएको आएको उपप्रमुख जोशीले बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशी र ख्वप मा.वि.का प्राचार्य प्रकाश कुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।
शुक्रबार छात्र र छात्रा दौडका साथै शर्ट पुटको प्रतियोगिता सम्पन्न भयो भने शनिबार टेबलटेनिस, चेस र बास्केटबलका बाँकी प्रतियोगिताहरू सञ्चालन हुनेछ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चैत ११ गते शुक्रबार बिहान १० बजे वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रमको उद्घाटन गर्नुहुने तय भएको आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रममा कलेज÷विद्यालयमा दस वर्ष सेवा पूरा गरेका शिक्षक तथा कर्मचारीहरूलाई कदरपत्रका साथै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिनेछ । त्यस्तै चैत ११ गते बिहान ७ः०० बजे कलेज÷विद्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम पनि राखिएको छ ।
विद्यार्थी, अभिभावक, भनपाका जनप्रतिनिधि, शिक्षा सेवी, पत्रकार, कार्यालय प्रमुख तथा शुभचिन्तकहरूलाई उद्घाटन कार्यक्रममा सहभागिताको लागि विद्यालय÷कलेज परिवारले अनुरोध गरेको छ ।
Leave a Reply