राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
देशमा जब जब नेपाली काङ्ग्रेस नेतृत्वको सरकार बन्छ, तब तब भारतीय हस्तक्षेप तीव्र बन्ने गरेको इतिहासको नजिरले देखाएको छ । नेपालका ठूला नदीहरू भारतको नियन्त्रणमा सुम्पने काम प्रायशः नेका सरकारहरूले गरेका छन् । नेका सरकारकै पालामा नेपालको भूमिको अतिक्रमण अझ तीव्र हुने गरेको छ । भारतीय शासक वर्गप्रति नेकाको आत्मसमर्पणवादी चरित्रकै कारण काङ्ग्रेसको सरकारको समयमा यस्ता समस्या बल्झिने गरेको छ । त्यसको अर्थ नेपालका अन्य शासक दलहरूले भारतीय शासक वर्गसँग नेपालको हित, सार्वभौमिकता र भूअखण्डता रक्षाको निम्ति प्रस्ट अडान लिँदै आएको भन्ने होइन । भारतीय शासक वर्गले नेपालका वामपन्थी र कम्युनिस्ट भनिएका शासक दलहरूलाई पनि आफ्नो तखतमा राखेका छन् । तथापि, नेकाको भारतलाई पूजा गर्ने प्रवृत्तिको कारण उसको सरकार हुँदा भारत अझ बढी आक्रामकरूपमा नेपाली भूमि अतिक्रमणदेखि प्राकृतिक स्रोतसाधन हडप्ने दौडमा लागेको हुन्छ ।
सुदूरपश्चिम नेपालको दार्चुला जिल्लामा नेपाल र भारतबीचको सीमा नदी महाकालीको भारतीय पक्षबाट धार नै परिवर्तन गर्दा पनि सरकारले कूटनीतिक पहल गर्न आवश्यक ठानेको छैन । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले नदीको धार परिवर्तन गर्न प्रयोग गरिएका डोजरको साँचो खोसिसक्दा पनि काठमाडौँ भारतीय पक्षको मिचाहा प्रवृत्तिबारे केही बोल्दैन ।
सरकार अविच्छिन्न संस्था हो । हिजोका सरकारले गरेको काम अहिलेको सरकारले निरन्तरता वा उत्तरदायित्व वहन गर्नुपर्छ । नेपालको संसद्ले पारित गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा अत्याधिक बहुमतसहित पारित गरेको थियो । नेकाका सांसद्हरूले पनि त्यत्तिबेला चुच्चे नक्साको पक्षमा मतदान गरेका थिए । तर, नेका नेतृत्वको गठबन्धन सरकारले नेपालको गुमेको भूमिका फिर्ता गर्नेतिर कुनै पहल गरेको देखिएन । राज्यले भारतले हडप्दै आएको क्षेत्रमा जनगणनासमेत प्रभावकारीरूपमा गरेन । बरु भारतसँग सल्लाह गर्नुपर्छ भनी आफ्नो दायित्वबाट पन्छियो ।
नेकासमर्थित केही बुद्धिजीवीहरू भारतले सीमा अतिक्रमण गरेको विषय उठान हुँदा त्यस्तो मुद्दालाई ‘अन्धराष्ट्रवाद’, ‘भारतको विरोधमा टिकेको राष्ट्रवाद’ र ‘चीनले पनि सीमा मिचेको छ’ भनी विषयान्तर गर्न खोज्छन् । खासमा देशको सीमा रक्षाको मुद्दा देशभक्तिको मुद्दा हो । भारतले नेपालको सार्वभौमिकता मिचेको छ र सीमामा थिचोमिचो गरेको छ भने भारतको विरोध हुनु स्वाभाविक हो । कुनै समस्या नै नभएको देशको विरोध गर्नु कसरी देशभक्ति हुनसक्छ । जोसँग समस्या छ, उसैको विरोध हुने हो । भारतको विरोध गरेपछि चीनको जसरी पनि खेदो खन्नैपर्छ भन्ने सोच गलत हो न त भारतले सीमा अतिक्रमण गर्दा विरोध गर्नु चीनको पक्षधर हुनु हो । भारतले सीमा अतिक्रमण गरेकोमा विरोध गर्दा जवाफमा चीनले पनि सीमा अतिक्रमण गरेको छ भन्नु कुतर्क हो । त्यस्तो कुतर्क गर्ने मानिसहरूले खासमा भारतले गरेको गल्तीको ढाकछोप गर्न खोजिरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा आगामी चैत १८ गते भारत भ्रमणमा जाँदै छन् । देउवा भारतीयले राम्ररी चिनेका नेपाली नेता हुन् । विगतमा टनकपुर सन्धि गरेर नेपालको नदीनाला बेच्ने उनलाई भारतले आफ्नो मान्छे ठान्नु अनौठो होइन । भारतले देउवा प्रधानमन्त्री भएको मौका छोपेर नेपालका कुनै प्राकृतिक सम्पदा हात पार्ने हो कि भन्ने चिन्ता नेपाली जनताले लिनु स्वाभाविक हो । देउवा पटकपटक पछारिए पनि आफ्नो गल्ती र कमजोरी सच्याउने नेता होइनन् । त्यही भएर उनलाई ज्ञानेन्द्र शाहले ‘असक्षम’ भनी अपमानपूर्वक गलहत्याएका थिए । अहिले फेरि भारत भ्रमणको क्रममा देउवाले भारतले गरिरहेको थिचोमिचोको विरोधमा नबोली भारतलाई खाली चेक दिएर आए नेपाली जनताले पनि ‘असक्षम’ प्रम नभी के गर्ने ?
Leave a Reply