बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
सिद्धान्त र विचारको राजनीति नगर्ने दलका नेताहरूले निर्वाचनमा जुनसुकै दलसँग गठबन्धन या तालमेल गर्नु अस्वाभाविक होइन । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्तासीन दलहरू नेका, माओवादी केन्द्र र एकीकृत समाजवादबीचको गठबन्धन पनि स्वाभाविक हो । यो गठबन्धन पहिलो होइन न त अन्त्य नै हुनेछ । निर्वाचनताका यस्ता गठबन्धन या तालमेल पहिले पनि पटक – पटक भएको थियो । सत्तासीन दलका नेताहरूको अहिलेको गठबन्धन एमालेविरूद्ध केन्द्रित देखिन्छ । तर पनि गठबन्धन कहाँ कसरी हुने हो, त्यो सार्वजनिक भएको छैन । गठबन्धनमा चित्त नबुझेर ती दलका कति कार्यकर्ताहरूले विद्रोही उम्मेदवारी दिने हुन् ? त्यो समयले देखाउने नै छ । यहाँनेर हामीले सम्झनैपर्छ, विगतमा नेमकिपालाई हराउन नेका, एमाले र माओवादी आदि दलहरू मिलेका थिए या गठबन्धनमा जोडेका थिए । तर, त्यसले कुनै असर पारेन । यसकारण अहिले ती दलका नेताहरू गठबन्धनमा जोड्नु कुनै आश्चर्यको विषय बनेन ।
यतिबेला सत्तासीन दल र प्रमुख प्रतिपक्ष दलका नेताहरूको वाक्युद्ध यही गठबन्धनमा केन्द्रित देखिन्छ । नेकाका सभापति शेरबहादुर देउवाले भने, काङ्ग्रेसलाई कमजोर बनाउन गठबन्धन गर्न खोजेको होइन । एमालेका अध्यक्ष केपी ओलीले भने, दर्ता भएका सबै दल मिलेर आए पनि एमाले एक्लैले लड्न सक्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने, कसैले चाहँदैमा पाँचदलीय गठबन्धन टुट्दैन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने, चुनावमा ओलीलाई गठबन्धनले धुलो–पिठो पार्छ । गठबन्धनबारे पोखिएका नेताहरूका यी विचार या अभिव्यक्तिबाट गठबन्धन हुँदा र नहुँदा कसको लागि कति क्षति या घाटा हुन्छ भन्ने पीडाबोध झल्किन्छ । यसले स्थानीय तहमा आफ्ना पक्षधर बढी उम्मेदवारहरू जितेनन् भने नेताहरूको मन कति पोल्दो रहेछ भन्ने थाहा हुन्छ । तर, गठबन्धनमा जोडेका दलले निर्वाचनमा सही या निश्चित दिशा निर्देश गर्न सक्दैन । तिनीहरूको दृष्टिकोण स्पष्ट हुनेछैन । यसले गठबन्धन दलका नेता, कार्यकर्ता र शुभचिन्तकहरू अन्योलमा पर्नेछन् । यसबारे गठबन्धनमा जोडेको दलका नेताहरूले समयमै विचार पु¥याउनुपर्ने देखिन्छ ।
Leave a Reply