रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
भक्तपुर, १५ चैत । नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसको आयोजनामा मङ्गलबार जिल्लास्तरीय युवा भेला सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले अनेक भ्रम छरेर पुँजीवादी पार्टीले युवालाई भाँड्ने गरेको हुनाले तिनको भ्रम चिर्ने कार्य नेमकिपा समर्थित युवा–विद्यार्थीहरूले गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले पँुजीवादी सञ्चारमाध्यमले समाजलाई गलत बाटोमा लग्ने हुँदा पुँजीवादी प्रचारयन्त्रको भण्डाफोर गर्दै विषम परिस्थितिमा कसरी काम गर्नेबारे सिक्न युवाहरूले क्युवा, भेनेजुयला र चिलीबाट सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले विश्वका क्रान्तिकारीहरूको जीवनी र साहित्य अध्ययन गरी वैचारिक तथा सैद्धान्तिक स्पष्टताका साथ अगाडि बढ्ने युवाहरूले मात्रै समाजमा आमूल परिवर्तनका लागि भूमिका निर्वाह गर्नसक्ने विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले विकासको नाममा विनास निम्त्याउने पुँजीवादी दलहरूले भागबन्डा र कमिसनको राजनीति गरिरहेको कारण देश र जनताले दुःख पाइरहेको बताउनुभयो ।
नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका कोषाध्यक्ष दिनेश खड्गीले चैत १७ गते कीर्तिपुरमा हुने आसन्न सम्मेलनको तयारीबारे जानकारी गराउनुभयो ।
नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको सो भेलामा आयोजक समितिका रमेश वैद्य, जगतराम धुख्वालगायतले बोल्नुभयो ।
Leave a Reply