भर्खरै :

भ्यु टावरको मोह !

दुई दिनमा दुई जना नेताहरूले ठूलै तामझामका साथ दुई वटा भ्यु टावर उद्घाटन गरे । अघिल्लो दिन माओवादी अध्यक्ष पुष्पकमल दाहालले रोल्पामा र अर्को दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले रूपन्देहीमा भ्यु टावर उद्घाटन गरे । पछिल्ला पाँच वर्षमा भ्यु टावर स्थानीय तहमा मौलाएको विकृति र भ्रष्टाचारको उपमा पनि बनेको छ । जनताका न्यूनतम आवश्यकतामा सिन्को नभाँचेका जनप्रतिनिधिहरूले सस्तो लोकप्रियताको भोक मेट्न पहाडको टुप्पामा ‘भ्यु टावर’ को निर्माण कैयौँ पटक व्यङ्ग्य र छेडछाडको विषय पनि बन्यो । दुई नेताहरूले भ्यु टावर उद्घाटन गर्दा बाजुरामा एउटी महिलाले बाटैमा बच्चा पाएको तस्बिर सार्वजनिक भयो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेताहरूलाई प्रश्न गरे– जनताको आवश्यकता भ्यु टावर हो वा अस्पताल ?

सस्तो लोकप्रियताको लोभ र निर्माण कार्यमा आर्थिक अनियमितता गर्ने सम्भावनाको कारण जनप्रतिनिधि शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जनाजस्ता जनताको जीवनमा दीर्घकालीन प्रभाव पार्ने विषयमा भन्दा सबैले देख्ने तर जनताको जीवनमा खासै प्रभाव नपर्ने भ्यु टावर बनाउने जस्ता काम गरिरहेका छन् । भोटको लोभमा वातावरणीय प्रभावको न्यूनतम अध्ययनसमेत नगरी जथाभावी बाटोघाटो बनाइएको छ । यसले जनता प्राकृतिक विपत्ति र नयाँ नयाँ समस्या भोग्न बाध्य छन् ।
सुरक्षित सुत्केरीको लागि सुविधासम्पन्न अस्पताल नहुँदा ज्यान जोखिममा पार्ने वा गुमाउने महिलाहरू कर्णालीका मात्र होइनन् । हिमाल, पहाड र तराई तीनै क्षेत्रका महिलाहरूले यो कहर भोगिरहेका छन् । संविधानले स्थानीय तहलाई विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार दिएको छ । स्थानीय पाठ्यक्रम बनाउनेदेखि विद्यालयको स्तरोन्नतिको निम्ति आज स्थानीय तह अधिकारसम्पन्न छन् । तर, जनताका छोराछोरी पढ्ने सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिने र पूर्वाधार बनाउने विषयमा जनप्रतिनिधिहरूको ध्यान गएको छैन । बरु, आफ्नो क्षेत्रमा भएका प्राकृतिक स्रोत साधनको जथाभावी दोहन गर्न र त्यसबाट अकुत सम्पत्ति कुल्याउने धन्दामा जनप्रतिनिधिहरू लागेका छन् । काठमाडौँ उपत्यकाका महँगा जग्गामा मनपरी प्लटिङ गर्न दिने र त्यसबापत कमिसन लिने धन्दामा एमाले, माओवादी र काङ्ग्रेससम्बद्ध जनप्रतिनिधिहरू लागेका छन् । उनीहरूले अख्तियार दुरूपयोग गरी पर्ती जग्गा मिच्ने र सार्वजनिक सम्पत्ति नष्ट गरिरहेका छन् ।
तर, सस्तो लोकप्रियताको लोभ र निर्माण कार्यमा आर्थिक अनियमितता गर्ने सम्भावनाको कारण जनप्रतिनिधि शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जनाजस्ता जनताको जीवनमा दीर्घकालीन प्रभाव पार्ने विषयमा भन्दा सबैले देख्ने तर जनताको जीवनमा खासै प्रभाव नपर्ने भ्यु टावर बनाउने जस्ता काम गरिरहेका छन् । भोटको लोभमा वातावरणीय प्रभावको न्यूनतम अध्ययनसमेत नगरी जथाभावी बाटोघाटो बनाइएको छ । यसले जनता प्राकृतिक विपत्ति र नयाँ नयाँ समस्या भोग्न बाध्य छन् ।
नेताको अर्थ आफ्ना कार्यकर्ता र समर्थकहरूलाई सही विचार र सत्यको बाटोमा हिँडाउनु हो । कार्यकर्ताले जे जे ग¥यो, त्यहाँ त्यहाँ उद्घाटन गर्दै हिँड्ने मान्छे कसरी नेता हुनसक्छ ¤ ‘जनयुद्धको नाभी’ मानिएको रोल्पाका जनताका आवश्यकतालाई प्राथमिकतामा राख्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनुपर्ने पुष्पकमल दाहाल आफै ‘भ्यु टावर’ उद्घाटन गर्नतिर लाग्नु यस्ता विकृतिलाई सुनपानीले छर्किनु बाहेक केही होइन । नदी उत्खननले बस्ती जोखिममा परेको रूपन्देही जिल्लामा दिगो र वातावरणमैत्री विकासलाई ध्यान दिनुको सट्टा ओलीले ‘गोरखपुर’ देखिने भ्यु टावर उद्घाटन गर्नुको उल्टो बाटोको यात्रा हो ।
नेताहरूका यस्ता गतिविधिले दीर्घकालीन विकासबारे उनीहरूमा सोचको कमी भएको देखाउँछ । भ्यु टावर बनाउन भएको खर्च जनताका धेरै आवश्यकता पूरा गर्न उपयोग गर्न सकिन्छ ।
अधिकार हातमा भएपछि जे पनि गर्ने र मनलागी गर्न काम जनताले रोक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *