राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
देश र समाजमा आमूल परिवर्तन गर्न एक न एक राजनीतिक दर्शन र सिद्धान्तको आधारमा राजनीतिक दलहरू खोलिएका हुन्छन् । ती राजनीतिक दलहरूले कुनै एक वर्गको प्रतिनिधित्व गरिरहेका हुन्छन् । त्यस वर्गको सेवा गर्ने उद्देश्यले नै पार्टीले घोषणापत्र तयार गरेको हुन्छ । त्यस पार्टीको विधान, नीति तथा कार्यक्रममा कुनै दर्शन र सिद्धान्तलाई मानेको हुन्छ, पथप्रदर्शक बनाइएको हुन्छ । राजनीतिक दलले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति बुझ्ने, बुझाउने तथा देश र जनताको समस्या समाधान गर्न र अनुकूल वातावरण तयार गर्न आफ्नो दृष्टिकोण स्पष्ट पारेको हुन्छ । राजनीतिक दल मानिसको सङ्ख्या होइन, दल सानो र ठूलोको कुरा होइन, त्यो त चिन्तनको चौतारो हो, विचारको विद्यालय हो । त्यसको आधारमा हरेक दलले राजनीतिक गतिविधि गर्नुपर्ने हो । के यस्ता क्रियाकलापहरू सत्तासीन र ठूला राजनीतिक दलहरूले गरिरहेका छन् ? सोचनीय छ ।
राजनीतिक दलको उद्देश्य पूरा गर्न पनि दलका नेताहरूले निर्वाचनलाई उपयोग गरेका हुन्छन् । निर्वाचन दलको सिद्धान्त, विचार उद्देश्य जनतामाझ पु¥याउने एउटा भरपर्दाे माध्यम हो । तर, ठूला र सत्तासीन दलका नेताहरू निर्वाचनलाई सिद्धान्त र विचार प्रचार गर्ने थलो होइन भ्रम सिर्जना गर्ने, झूटको खेती गर्ने, लोभलालच देखाउने, डर धम्की दिने, भोजभतेर खुवाउने र पैसा बाँड्ने थलो बनाइरहेका छन् । यसरी पदको लोभ देखाउने, ठेक्कापट्टा र अन्य आर्थिक लोभ देखाउने योजना बाँड्ने आश्वासन दिएर निर्वाचन जित्ने र जिताउने भएकैले निर्वाचन आयोगले आचारसंहिता बनाएको हुन्छ । निर्वाचन आयोगले तयार गरेको आचारसंहिता पनि सत्तासीन र ठूला दलका नेताहरूले पालना गरेका हुँदैनन् । आचारसंहिता उल्लङ्घन गरी निर्वाचन जित्ने ती दलका नेताहरू नै विधिको शासनको कुरा गर्छन्, निर्वाचन निष्पक्ष र स्वतन्त्र भएको बखान गर्छन् । आचारसंहिता उल्लङ्घन गर्ने दलका उम्मेदवारहरूमाथि निर्वाचन आयोगले कारबाही पनि गरेको हुँदैन । निर्वाचन आयोग शासक दलहरूको अनुचित प्रभावबाट मुक्त नभएसम्म जसको तरबार उसको दरबारजस्तै भइरहनेछ, भइरहेको छ । अनि निर्वाचन नाउँमात्रको स्वतन्त्र र निष्पक्ष हुन्छ ।
राजनीतिक दलले आदर्श समाजको निर्माण गर्न पार्टीको घोषणापत्र, विधान, नीति तथा कार्यक्रम तय गरेको हुन्छ । त्यसलाई व्यवहारमा लागू गर्नुपर्छ नत्र त्यो देखाउने दाँत हुन्छ । नेमकिपाले दलको सिद्धान्त र विचारअनुसार काम गरिरहेको छ । देशमा परिवर्तनको निम्ति जनतालाई सुसूचित, सङ्गठित र एकत्रिट पार्नुपर्छ भनेरै समाजवादी प्रचार अभियान थालनी गरिरहेको छ । नेमकिपाले निर्वाचनलाई त्यसरी नै उपयोग गर्नेछ, उपयोग गरिरहेको हो । अतः निर्वाचन राजनीतिक दलहरूको वैचारिक सङ्घर्ष गर्ने थलो हो, विचारको लडाइँ गर्ने थलो हो ।
Leave a Reply