इरान–अमेरिका तनाव फेरि चर्कियो अमेरिकी सेनाद्वारा हर्मुज जलडमरु कब्जा गर्ने असफल प्रयास
- बैशाख २५, २०८३
अप्रिल ११ मा संरा अमेरिकाका राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भर्चुअल बैठकमा सामान्य कूटनीतिक मुद्दा समावेश थिए । तथापि, विज्ञहरूले त्यो बैठकको मूल प्रयोजन युक्रेन–रुस युद्धमा मोदीको तटस्थ नीतिबाट नरेन्द्र मोदीलाई फकाउनुभएको बताए । बाइडेन र मोदीबीच मार्च ३ मा बैठक भएको थियो । त्यतिबेला भारत, अस्ट्रेलिया र जापान सम्मिलित चारपक्षीय सुरक्षा संवाद (क्वाड) का नेताहरूको भर्चुअल बैठक भएको थियो । त्यसको महिना दिनपछि सोमबार मोदी र बाइडेनबीच अर्को बैठक बस्यो । यसले भारतप्रति बाइडेनको कूटनीतिक प्राथमिकता उचाइमा पुगेको देखिएको छ । सोमबार बसेको बैठक संरा अमेरिका र भारतका परराष्ट्र तथा रक्षा मन्त्रीहरूबीचको ‘दुई प्लस दुई मन्त्रीस्तरीय संवाद’ को पूर्वतयारी थियो ।
संरा अमेरिकाले आफू असुरक्षित अनुभव गर्ने ठाउँ धेरै छ । युक्रेन सङ्कटमा भारतले तोकिएको पटकथाअनुसार भूमिका खेलेन । महाशक्तिको दबाबबीच पनि भारतले रुसमाथि नाकाबन्दीको घोषणा यता रुसी तेल आयात बढाएको छ । यतिबेला रुससँग तेल किन्दा भारतलाई ठूलो फाइदा भएको छ किनभने रुसले उसलाई तेल खरिदमा ठूलो छुट दिएको छ । मोदीको निकटता कतातिर हो निधो गर्न नसक्दा अहिलेको घटना पक्कै पनि पश्चिमा देशको निम्ति चिन्ताको विषय बनेको छ ।
युक्रेन लडाइँमा रुसको भत्र्सना नगर्ने भारतको मतप्रति संरा अमेरिका र अन्य क्वाड सदस्यहरूले खासै असजिलो मानेका थिएनन् । सूक्ष्म रणनीतिक कारणले भारतलाई अहिले कसैले पनि कुनै गलत बाटोमा धपाउन चाहेको छैन । उनीहरू भारतसँग अहिले ज्यादै निकट भएर काम गरिरहेका छन् ।
पश्चिमा कित्तामा उभिन नमानेर भारतले चालु सङ्कटको सन्दर्भमा अलग विदेश नीति अङ्गीकार गरेको छ । उसले रुस–युक्रेन युद्धको राजनीतिक र कूटनीतिक ढङ्गले समाधान गर्नुपर्ने सन्देश पनि प्रवाहित गरिरहेको छ ।
तर, मोदीको हाउभाउ चालु सङ्कटको विषयमा संयुक्त राष्ट्र सङ्घको बैठकमा रुसविरुद्धको प्रस्तावमा अनुपस्थित हुने अथवा विपक्षमा मत दिने चीन र अन्य देशहरूसँग मिल्दा पश्चिमा देशहरूलाई उकुसमुकुस भएको छ ।
बाइडेन र मोदीसँग भएका पछिल्ला दुई बैठकको मूल लक्ष्य रुससँग भारतको गहिरो र लामो समयदेखिको सम्बन्ध तोड्न लगाउने हो । तर, युक्रेन सङ्कटमा भारतले कित्ताकाट गर्न अथवा मोलमोलाइ गर्न नमान्दा संरा अमेरिकाको निम्ति बैठक फलदायी बन्न सकेको छैन ।
मोदीले बाइडेनको स्वार्थी नियत पक्कै बुझेका छन् । रुसलाई सिध्याउने काममा लाग्न मोदीले कुनै वचन दिएका छैनन् । न त उनले रुसको तेल नकिन्न अथवा संरा अमेरिकाको राम्रो तेल किन्न बाइडेनले दिएको दबाब नै स्वीका¥यो ।
भारत रुसलाई एक्लो बनाउने खेलमा लागे ऊ पक्कै पनि मुख्य खेलाडी बन्ने छ । भारत र रुस ‘विशेष र विशिष्ट रणनीतिक साझेदारी’ मा संलग्न छन् । उनीहरूबीचको सम्बन्धलाई अहिलेको सन्दर्भमा संरा अमेरिका र बेलायतबीचको सम्बन्धसँग दाँज्न सकिन्छ ।
रुसमा भारतका पूर्व विदेश सचिव रञ्जन मथाइले दिएको मन्तव्यमा भारत–रुस साझेदारीअन्तर्गत पाँच वटा प्रमुख छन् –संस्कृति, रक्षा, नागरिक आणविक ऊर्जा, प्रतिआतङ्कवादमा सहकार्य र अन्तरीक्ष ।
तेलका साथै रुस भारतको लागि सबभन्दा बढी सैनिक हातहतियार बेच्ने देश पनि हो । सन् २०२१ मा भारतले किनेको कुल हतियारको ४६ प्रतिशत रुससँग किनेको थियो । भारतले रुसमा औषधि र दूरसञ्चारका सामग्री निर्यात गर्दै आएको छ । दुवै देशहरू संयुक्त राष्ट्र सङ्घ, विकासशील देशहरूको समूह ब्रिक्स, जी २० समूह र सङ्घलाई सहकार्य सङ्गठनमा सामेल छन् ।
विज्ञहरूका अनुसार मोदी र संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच जति मिल्ती थियो, मोदी र अहिलेका राष्ट्रपति बाइडेनबीच त्यो तहको मिल्ती छैन । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र मोदीबीच पनि राम्रो सम्बन्ध छ । आफ्नो दुई कार्यकालमा राष्ट्रपति ओबामाले दुईपटक भारतको भ्रमण गरेका थिए । ट्रम्प वा ओबामामध्ये कोही एक जनाले मोदीलाई आफ्नो मतमा पुनःविचार गर्न दबाब होइन, प्रोत्साहन दिने सम्भावना न्यून छ । किनभने, अहिले मोदी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबाट मन परिवर्तन गर्ने सम्भावना देखिँदैन । पुटिन मोदीका नजिकका साझेदार बनेका छन् ।
मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमेयर जेलेन्स्कीसँग वार्ता गर्न बारम्बार अपिल दोहो¥याइरहेका छन् । तर, उनी पुटिनको विरोध गर्ने बाइडेनको जालोमा फस्न चाहेका छैनन् । अहिलेको परिस्थितिमा भारत संसारका अरू देशलाई अन्यायपूर्ण टछअसन्तुलित विश्व शक्ति सन्तुलन मिलाउन साहसको आवश्यकता भएको नजिर बनाउन खोजिरहेको छ ।
(लेखक नैरोबीका अन्तर्राष्ट्रिय मामिलाका स्तम्भकार हुनुहुन्छ ।)
सीजीटीएनबाट अनुदित सामग्री
Leave a Reply