अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
भक्तपुर, २ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पढेलेखेका व्यक्तिहरूले आफ्नो देश र समाजको बारेमा चिन्तन नगर्दा देश विकासमा पछि परेको बताउनुभयो ।
शुक्रबार भएको सगरमाथा टीभीको एस.टी.भी. च्याटका प्रस्तोता सुनिल दाहालसँगको अन्तरवार्तामा उहाँले जनप्रतिनिधि, कर्मचारी र जनताको संयुक्त पहलकै कारण भक्तपुर नपाले सबै क्षेत्रमा सफलतापूर्वक काम गर्न सक्षम भएको बताउनुभयो ।
जनताको सम्पत्तिको रूपमा रहेको सम्पदाको संवद्र्धन जनताकै सहभागितामा बनाउने नीतिअनुरूप भक्तपुर नपाले उपभोक्ता समितिमार्फत स्थानीय स्रोत साधन तथा सीप र प्रविधिको प्रयोग गरी आन्तरिक स्रोतबाट भक्तपुरका विकास निर्माणका कामहरूलाई उपभोक्ता समितिमार्फत पुनःनिर्माण गर्दै आएको उहाँले बताउनुभयो ।
विकास निर्माणमा विदेशीको मुख ताक्नु आफ्नो स्वाभिमान बन्धकी राख्नुसरह भएको बताउँदै उहाँले भन्नुभयो, “हामी विदेशीसँग मागेर बनाएका सम्पदाहरूबाट खुसी हुनुभन्दा आफ्नै पौरखमा जीर्णोद्धार र पुनःनिर्माण भएको सम्पदाहरूप्रति गर्व गर्छौँ ।”
भूकम्पपछि नेपाल सरकार र जर्मनी सरकारबीच भक्तपुरको सम्पदा पुनःनिर्माणको लागि दिएको रु. १ अर्ब २० करोड (१ करोड युरो)सहयोग सम्झौता अस्वीकार गरेको प्रसङ्ग जोड्दै उहाँले जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीतिअनुरूप सम्पदाहरूलाई पुनःजीवन दिने काम भएको बताउनुभयो ।
भक्तपुरलाई स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने काममा जोड दिंदै आएको बताउँदै उहाँले गरिबीका कारण कोही विद्यार्थी पढाइबाट वञ्चित हुन नदिन शैक्षिक ऋण र छात्रवृत्ति वितरणको कार्यक्रमलाई व्यापकता दिएको बताउनुभयो । नगरको सुन्दरता बढाउन भक्तपुर नपाले नगरको मुख्य सडकहरूमा ढुङ्गा छाप्ने, हरियाली प्रवद्र्धन गर्न वृक्षरोपणलगायतका गतिविधिमा जोड दिँदै आएको बताउँदै उहाँले भक्तपुर नपाले समाजवादी देशहरूको अनुकरण गर्दै समाजवादउन्मुख व्यवस्थाअनुरूप काम गर्दै आइरहेको बताउनुभयो ।
त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर नपाले जनताको आवश्यकताअनुरूप २०७४ सालको घोषणापत्रअनुरूप विकास निर्माणको साथै जनताको इमानदारीपूर्वक सेवा गर्ने प्रमुख उद्देश्य भएको बताउनुभयो । भक्तपुर नपाले समाजवादउन्मुख काम गर्दै आइरहेको उहाँले बताउनुभयो ।
हिमालय टीभीको ‘समय सन्दर्भ’ कार्यक्रमका प्रस्तोता भूपाल लुइँटेलसँगको कुराकानीमा उहाँले नपाले रु. ५ लाखसम्म शैक्षिक ऋण, बर्सेनि ३ करोडभन्दा बढी छात्रवृत्ति वितरण गर्दै आइरहेको चर्चा गर्दै स्थानीय पाठ्यक्रममार्फत नयाँ पुस्तालाई भक्तपुरको इतिहास, भूगोल, कला, संस्कृति, सम्पदा संरक्षण, मौलिक सीप, विशिष्ट व्यक्तित्वहरूको जीवनीबारे अध्ययन अध्यापन गराउँदै आइरहेको बताउनुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन गर्न भक्तपुर नपाले आवश्यक पूर्वाधारहरूको तयारीमा जोड दिँदै आइरहेको बताउँदै उहाँले भक्तपुरका सम्पदाहरू जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्पmत पारदर्शी ढङ्गले गुणस्तरीय काम गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले नगरको मौलिक स्वरूप बचाइराख्न परम्परागत शैलीमा घर बनाउने घर धनीहरूलाई मोहडामा लाग्ने काठ, इँटा र झिँगटीको लागि हुने खर्चको ३५ प्रतिशत अनुदान प्रोत्साहनस्वरूप प्रदान गर्दै आएको उल्लेख गर्दै नपाले युवाहरूलाई सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउनेतर्फ निरन्तर जोड दिँदै आएको बताउनुभयो ।
नगरवासीहरूको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न घरदैलो नर्सिङ सेवा सुरु गर्दै वडा–वडामा निःशुल्क व्यायामशाला स्थापना गरेको बताउँदै उहाँले भक्तपुर नपा भ्रष्टाचारशून्य भएकैले यहाँ धेरै विकास निर्माणको काम सम्भव भएको बताउनुभयो ।
Leave a Reply