भर्खरै :

देशको सार्वभौमिकता जोगाउन नेमकिपा सङ्घर्षरत

भक्तपुर, ३ वैशाख । नेपाल मजदुर किसान पार्टी, भनपा वडा नं. २ ब्यासी एकाइ समितिको आयोजनामा शनिबार नेमकिपाका केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज गोसाईको आतिथ्यमा स्थानीय वडावासीहरूको भेला सम्पन्न भयो ।
भेलामा उहाँले स्थानीय तहको निर्वाचन एमसीसीको जनमत हेर्ने माध्यम हो, नेमकिपाको अरू कुनै स्वार्थ छैन, निःस्वार्थरूपले देश जनताको सेवा गर्ने हो भन्नुभयो । देशको सार्वभौमिकता जोगाउन र असमान सन्धि सम्झौता खारेज गराउनको लागि नेमकिपा लागिपरेको चर्चा गर्दै उहाँले कार्यकर्ताहरू जनताको घर दैलोमा पुगेर सुसूचित गर्नु आवश्यक छ भन्नुभयो ।
स्थानीय गणेशप्रसाद सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा भक्तपुर नगर समिति सदस्य नारायणप्रसाद त्वानाबासु, भक्तपुर नपा २ नं वडाका वडा अध्यक्ष हरिप्रसाद बासुकला, प्राध्यापक विश्वमोहन जोशी, राजकुमार लघु र अजेन्द्रकुमार लघुले पनि स्थानीय निर्वाचनमा नेमकिपाका उम्मेदवारहरूलाई विजयी गराउनुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
सो भेलाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेमकिपाका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले निर्वाचित गराउन गणेशप्रसाद सुवालको अध्यक्षतामा ८६ सदस्यीय निर्वाचन परिचालन समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *