भर्खरै :

ऐतिहासिक पुरातात्विक जगन्नाथ क्षेत्र उत्खनन प्रतिवेदन भनपालाई हस्तान्तरण

भक्तपुर, ५ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भनपाद्वारा गठित जगन्नाथ क्षेत्र उत्खनन कार्यदलका संयोजक पुरूषोत्तमलोचन श्रेष्ठले ऐतिहासिक पुरातात्विक जगन्नाथ क्षेत्र उत्खननसम्बन्धी अध्ययन प्रतिवेदन भनपालाई एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको स्थानीय तह चुनावको घोषणापत्रमा जगन्नाथ क्षेत्र उत्खननबारे उल्लेख भएको जानकारी दिँदै सम्पदा संरक्षणको लागि नगरपालिकाले गरिरहेको कार्य देशभरीकै स्थानीय तहहरूका लागि अनुकरणीय रहेको जानकारी दिनुभयो ।
उहाँले विभिन्न नगरपालिकाबाट अवलोकन भ्रमणको क्रममा भक्तपुर आउने जनप्रतिनिधिहरूले भनपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा गरिरहेको कार्यलाई अनुकरणीय रहेको र आ–आप्mनो स्थानीय तहमा लागु गर्ने विचार व्यक्त गरेको स्मरण गर्दै भनपा देशभरकै स्थानीय तहहरूका लागि नमुनाको रूपमा अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।
नेमकिपाका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा लिखित ‘१०० वर्षपछिको भक्तपुर’ पुस्तकमा गरिएको परिकल्पनाअनुरूप भक्तपुर नगरपालिकाले पुराना शैलीका घर निर्माण गर्न नगरवासीहरूलाई जोड दिइरहेको बताउनुभयो ।
कार्यक्रममा संस्कृतिविद् प्रा. डा. पुरूषोत्तमलोचन श्रेष्ठले भक्तपुरको ऐतिहासिक पुरातात्विक जगन्नाथ क्षेत्रको उत्खनन समितिको ५ महिनाको अथक प्रयासबाट प्रतिवेदनलाई मूर्त रूप दिन सफल भएको बताउँदै सो प्रतिवेदनले भक्तपुरको ऐतिहासिक ९९ चोकको उत्खननको लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *