भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, ५ वैशाख । सूर्यविनायक नगरपालिका वडा नं. ५ बस्ने वर्ष ७१ का दुर्गामान कसपाल भैरवको रथमा च्यापिँदा सोमबार निधन भएको छ । भैरवको रथ गःहिटीबाट वंशगोपालतिर लाने क्रममा नासमनामा जात्रा हेरिरहेका कसपाल रथले किचेर गम्भीर घाइते भएका थिए । घाइते कसपालको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार बिस्का जात्राको अन्तिम दिन हो । उक्त दिन गःहिटीमा रहेको भैरवको रथ तानी टौमढीको भैरव मन्दिरको प्राङ्गणमा पु¥याई बिसर्जन गर्ने प्रचलन छ । सोमबार बिहान तालाक्वमा रहेको हात नभएको लिङ्गो ढालिएको थियो ।
Leave a Reply