रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनका लागि राजनीतिक दलको प्रतिबद्धतालाई मध्यनजर गर्दै ६० बुँदे निर्देशन जारी गरेको छ । आयोगले हालै जारी गरेको निर्देशनमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देश गरिएको हो ।
राजनीतिक दलका नेताहरू आयोगको कार्यालयमा उपस्थित भई आयोगका पदाधिकारीसँगको छलफलपछि आचारसंहिता कार्यान्वयनको प्रतिबद्धता जनाउनुभएको थियो । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ जारी भएको हो ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दललाई दिएको छ । आयोगबाट गरिएको निर्देशनको पूर्णपाठ यसप्रकार छ ।
१. निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुनबमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पु¥याउने वा पु¥याउन लगाउने वा थुनछेक गर्ने वा गराउने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पु¥याउने, धाक धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुन्याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभलालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउनेजस्ता काम गरी प्रभावमा पार्न नहुने ।
२. निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदान अधिकार प्रयोग गर्न वा नगर्नका लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दान दातव्य र बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोज भतेरको आयोजना गर्न वा त्यस्तो प्रयोजनको लागि नगद वा जिन्सी लिन वा लिन मन्जुर गर्न र सार्वजनिक भोज भतेरमा सहभागी हुन नहुने ।
३. निर्वाचन प्रचार प्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पु¥याउने वा खलल पार्ने, जनतामा निहीत सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच पु¥याउने वा खलल पार्ने कुनै धर्म, जात जाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पु¥याउने वा हिंसात्मक कार्य गर्न दुरूत्साहन गर्ने वा भाषा, धर्म, समुदाय या क्षेत्रीयताको आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने कार्य गर्न गराउन नहुने
४. निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हनन गर्न वा गराउन वा कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने ।
५. निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख भए बमोजिम पचहत्तर ग्रामसम्मको कागजमा तीनसय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ्ग र मुद्रकको नामसहितको पर्चा वितरण गर्नबाहेक कुनै प्रकारको पोस्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले, छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन, कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक तथा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन, लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाका लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउन्ड सिस्टमको प्रयोग गर्न वा गराउन नहुने ।
६. मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने ।
७. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारी साधन प्रयोग गर्न वा गराउन कुनै सवारी साधनको प्रयोग गरी ¥याली गर्न वा गराउन नहुने ।
८. निर्वाचन प्रचार प्रसारको सिलसिलामा सरकारी कर्मचारी वा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन नहुने ।
९. निर्वाचन प्रचार प्रसारमा प्रचलित सङ्घीय कानुनविपरीत हुनेगरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी सङ्घ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने ।
१०. उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न नहुने ।
११. पच्चीस हजार रूपियाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट प्राप्त गर्न नहुने ।
१२. आयोगले खर्चको बिल भर्पाइ तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सकल बिल भर्पाइ तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने ।
१३. निर्वाचन प्रचारप्रसारमा खर्च गर्दा आफ्नो निर्वाचन प्रतिनिधिमार्फत मात्र खर्च गर्ने र आयोगले तोकेको निर्वाचन खर्चको हदभन्दा बढी खर्च गर्न वा गराउन नहुने ।
१४. निर्वाचन प्रचारप्रसार अभियानमा प्रचलित सङ्घीय कानुन वा निर्वाचन आचारसंहिताले निषेध गरेको काम कारबाही गर्न वा गराउन कुनै प्रकारले आर्थिक सहयोग लिन वा काम कारबाहीको लागि खर्च गर्न वा गराउन नहुने ।
१५. निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३० (तीस) दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउने ।
१६. जुलुस वा आमसभा वा प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा बोक्न नहुने ।
१७. जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने ।
१८. दलको झन्डा वा दल वा उम्मेदवारको चुनाव चिह्नको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने ।
१९. कुनै राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाताहरू ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नहुने ।
२०. राजनीतिक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य राजनीतिक दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने ।
२१. उम्मेदवारी दिँदा झूटा विवरण वा कागजात संलग्न गरी मनोनयन पत्र पेश गर्न वा गर्न लगाउन नहुने ।
२२. निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमले रोकावट वा हस्तक्षेप गर्न वा गराउन नहुने ।
२३. मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, बिगार्न वा खरिद गर्न, मतदान अधिकृतको स्वीकृतिविना निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र मतपेटिका वा अन्य सामग्री निर्वाचनमा प्रयोग हुन नदिन मतदान केन्द्रबाट बाहिर वा अन्यत्र कतै लैजान नहुने ।
२४. निर्वाचनमा संलग्न कर्मचारीले टाँसेको वा टाँस्न लगाएको निर्वाचनसम्बन्धी कुनै विवरण, सूचना, सूची वा अन्य कुनै कागजातमा कुनै व्यहोरा थप्न, केरमेट गर्न, सच्याउन, हटाउन वा त्यस्तो कागजात च्यात्न वा कुनै किसिमले बिगार्न, नोक्सान गर्न वा नष्ट गर्न वा त्यस्तो कार्य गर्न लगाउन नहुने ।
२५. मतपत्र नष्ट गर्न, मतपत्रमा लागेको निर्वाचन अधिकृत वा मतदान अधिकृतको सही वा छाप वा मतपत्रमा अङ्कित कुनै चिह्न वा सङकेत मेट्न, केर्न, सच्याउन, कीर्ते गर्न, बिगार्न वा नष्ट गर्न वा अन्य कुनै किसिमले मतपत्रमा नोक्सान पु¥याउन वा दुरूपयोग गर्न वा गराउन नहुने ।
२६. नक्कली मतपत्र तयार गर्न वा त्यस्तो मतपत्र ओसारपसार गर्न वा मतपत्र खरिद बिक्री गर्न नहुने ।
२७. कसैलाई नगद, जिन्सि, सेवा दिई वा दिन मज्जुर गरी वा कुनै किसिमको लोभ देखाइ वा कुनै किसिमको डर, त्रास, धाक वा धम्की दिन वा कुनै किसिमको बल प्रयोग गरी वा नगरी गैरकानुनी तवरले मतदान गर्नका लागि कसैबाट मतपत्र प्राप्त गर्न वा गराउन नहुने ।
२८. प्रचलित सङ्घीय कानुनबमोजिम मत दिन पाउने अधिकार बिना कुनै निर्वाचनमा मतदान गर्ने, अर्को मतदाताको मतपत्र बुझिलिने वा अर्काको नामबाट मतदान गर्न वा एउटै निर्वाचनका लागि एकभन्दा बढी मतदान गर्न, मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत गर्ने स्थलमा मत सङ्केत नगरी त्यसभन्दा बाहिर गई मत सङ्केत गर्न वा मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न मतपत्रबाहेक अन्य कुनै वस्तु मतपेटिकाभित्र खसाल्न वा राख्न प्रचलित सङ्घीय कानुन वा आयोगले तोकेको प्रक्रिया उल्लङघन गर्न र मतदाताले मतदान गरी मतपेटिकाभित्र खसालेको मतपत्र बिगार्न वा नष्ट गर्न वा मतपत्र बिगार्न वा नष्ट गराउने कुनै वस्तु वा पदार्थ मतपेटिकाभित्र खसाल्न वा राख्न नहुने आदि विषयमा मतदातालाई सूचित गर्ने र यस्तो कार्य कहीँ कतैबाट हुन नदिने ।
२९. मतदातालाई मतदानस्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन नहुने ।
३०. मतदानको दिन मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने ।
३१. उम्मेद्वार वा निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि वा आयोगबाट अनुमति प्राप्त व्यक्तिबाहेक अन्य कुनै पनि व्यक्ति मतगणना स्थलमा प्रवेश गर्न र मतपत्रमा मतदाताले सङ्केत गरेको मत वा तत् सम्बन्धमा आफूलाई जानकारी रहेको वा हुन आएको अन्य कुनै कुरा कसैलाई भन्न, लेख्न, प्रकट गर्न वा प्रकाश गर्न नहुने ।
३२. निर्वाचनको मतगणना भइरहेको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचनसम्बन्धी अन्य कुनै पनि कागजपत्र बल प्रयोग गरी वा नगरी खोस्न, लुट्न, बिगार्न वा कुनै किसिमले नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमतिविना मतगणना स्थलबाट अन्यत्र लैजान नहुने ।
३३. मतदान केन्द्र वा मतगणनास्थल र त्यसको वरिपरि कुनै प्रकारको विस्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल या त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँडन प्रदर्शन गर्न वा प्रयोग गर्न गराउन नहुने ।
३४. मतदान हुने दिनमा मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा हुनेगरी मतदान केन्द्र रहेको घर, भवन वा ठाउँ र मतदानलाई असर पर्नेगरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा साउन्ड सिस्टम वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न वा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत बा होहल्ला गर्न वा गराउन वा त्यस्तो कुनै काम गरी शान्ति भङ्ग गर्न वा गराउन या भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन नहुने ।
३५. जुलुस, आमसभा, कोणसभा बैठक एवम् भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने ।
३६. स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा बैठक एवम् भेला गर्न नहुने ।
३७. जुलुस, आमसभा, कोणसभा बैठक एवम् भेला गर्नुअघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानबारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने ।
३८. कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पु¥याउन नहुने ।
३९. एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार या भ्रातृ सङ्गठनले एकै समयमा एउटै स्थान या मार्गमा जुलुस, आमसभा, कोणसभा बैठक वा भेला गर्न नहुने ।
४०. प्रचलित कानुन वा स्थानीय प्रशासनले निषेध गरेको सामग्री लिई जुलुस, आमसभा, कोणसभा बैठक या भेलामा प्रदर्शन वा प्रयोग गर्न नहुने ।
४१. घरधनीको अनुमति नलिई निजी घर जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेद् वारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने ।
४२. विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने ।
४३. निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने ।
४४. उम्मेदवारको कार्यालयमा तुनको कपडामा बनाइएको ३ह३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्नबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन, श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने ।
४५. कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा झन्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने ।
४६. अनलाइन वेब पेज, टीभी स्क्रोलिङ, सपिङ् मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको उम्मेदवारको बारेमा कुनै प्रचार प्रसार गर्न गराउन नहुने ।
४७. कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचार प्रसार गराउन नहुने ।
४८. ज्येष्ठ नागरिक, महिला, यौनिक तथा अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउनसक्ने प्रकारले कुनै किसिमका प्रचारप्रसार गर्न गराउन नहुने ।
४९. कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन तथा कुनै साम्प्रदायिक विद्वेश फैलाउने गरी प्रचार प्रसार गर्न नहुने ।
५०. निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुईवटा दुई वा तीनपाङग्रे वा चारपाङग्रे तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोगबाहेक अन्य सवारी साधन र घोडा प्रयोग गर्न नहुने ।
५१. सवारी साधनको प्रयोग गर्नुअघि राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले त्यस्तो सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र नलिई प्रयोग गर्न नहुने ।
५२. राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढिमा ७ह७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा भन्दा बढी प्रचार सामग्री छपाउन नहुने ।
५३. स्थानीय तह सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो या एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा चौबीस घण्टामा बढीमा दुई पटक र एक पटकमा बढीमा एक मिनेटबाहेक प्रसारण गराउन नहुने ।
५४. मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री हटाउनुपर्ने ।
५५. मौन अवधिमा कुनै विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
५६. मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने ।
५७. मतदानको दिन मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा ब्याच लगाउन वा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने ।
५८. निर्वाचन अधिकृतले अनुमति दिएको साधनबाहेक अन्य कुनै सवारी किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने ।
५९. उम्मेदवार निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि, मतगणना प्रतिनिधि वा अन्य कुनै व्यक्तिले मतपत्रमा मतदाताले सङ्केत गरेको मतमा तत् सम्बन्धमा आफूलाई जानकारी रहेको वा हुन आएको अन्य कुनै कुरा कसैलाई भन्न, लेख्न, प्रकट गर्न वा प्रकाश गर्न नहुने ।
६०. आचारसंहिताविपरीत हुनेगरी कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सङ्घ, संस्था, व्यक्ति या निकायले प्रयोजन गरी या नगरी कुनै आमसञ्चार माध्यम वा सामाजिक सञ्जाल वा यस्तै माध्यमको प्रयोग गरी कुनै लेख, रचना, अन्तर्वार्ता, जीवनी, सन्देश, सूचना, विज्ञप्ति वा यस्तै प्रकृतिका सामग्री छाप्न, छपाउन या प्रकाशन प्रशारण र वितरण गर्न गराउन नहुने ।
उपरोक्त बमोजिमका प्रचलित निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था र निर्वाचन आचारसंहिता २०७८ को कार्यान्वयनमा सहयोग, सहजीकरण र समन्वयका लागि देहायबमोजिम गर्ने गराउने ।
(क) राजनीतिक दलहरूबाट आफ्ना सभा, सम्मेलन अधिवेशन, बैठक, भेला, आमसभा वा यस्तै प्रकृतिका कार्यक्रम सञ्चालन गर्दा राखिएका दलको झन्डा, चिह्न वा अन्य प्रचारप्रसार सामग्री निर्वाचन आचारसंहिताविपरीत हुने कुनै कार्यहरू भइरहेको वा हुने भए निर्वाचन आचारसंहिता लागू भएको १२ घण्टाभित्र अनिवार्य हटाउने र स्थगन गर्ने ।
(ख) निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र निर्वाचन आचारसंहिता, २०७८ का व्यवस्थासमेतको आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दिएको आदेश कार्यान्वयनका लागि आफ्ना मातहत समिति, भ्रातृ सङ्गठनहरू र उम्मेदवारलाई निर्देशन दिने ।
(ग) निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि गठित विभिन्न समितिमा अनिवार्य प्रतिनिधित्व गर्ने साथै निर्वाचन व्यवस्थापनको सिलसिलामा हुने सर्वदलीय वा सर्वपक्षीय बैठकमा आमन्त्रण गरिएको बखत सहभागी हुने ।
(घ) निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्था एवम् निर्वाचन आचारसंहिता २०७८ को कहीँ कतैबाट उल्लङ्घन गरेको पाइएमा लिखित या मौखिक वा सामाजिक सञ्जाल या विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालय वा स्थानीय प्रशासन वा निर्वाचन आयोगमा उजुरी वा सूचना दिई निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सहयोग र सहजीकरण गर्ने ।
(ङ) राजनीतिक दलहरूले आफ्नो प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिता २०७८ एवम् प्रचलित निर्वाचन कानुनमा हरेक नागरिक तथा मतदाताले पालना गर्नुपर्ने भनी उल्लेख भएका विषयबारे जानकारी गराई जनस्तरबाटै स्वच्छ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनको वातावरण तयार गर्न सहयोग गर्ने ।
–निर्वाचन आयोगको बुलेटिनबाट
Leave a Reply