“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”
- श्रावण २, २०८३
भक्तपुर, १४ वैशाख । नेपाल मजदुर किसान पार्टी मध्यपुर थिमि नगर समितिको आयोजनामा मङ्गलबार मध्यपुरमा कार्यकर्ता भेला भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले पुँजीवादी पार्टीहरूबीचको गठबन्धनले स्पष्ट दिशा निर्देश गर्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचनलाई राजनीतिक विचारको प्रतिस्पर्धा, घोषणापत्रकोे लडाइँ हुनुपर्नेमा धन र डनको प्रतिस्पर्धा भएको छ । यो खतराको सङ्केत हो ।”
स्थानीय निर्वाचनलाई जनतासँग नजिक हुने र जनताको सेवा गर्ने अवसरको रूपमा लिनुपर्ने केन्द्रीय सदस्य प्रजापतिले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भनपाले पार्टी नीति र निर्देशनमा रहेर शिक्षा, स्वास्थ्य र सम्पदा पुनःनिर्माणजस्ता कार्यहरू गरी ‘सय वर्षपछिको भक्तपुर’ को आधार तयार गरिरहेको छ ।”
“नेमकिपाले वैज्ञानिक समाजवादलाई विश्वास गर्छ र त्यसको लागि उपयुक्त वातावरण तयार नभएसम्म पुँजीवादी निर्वाचनलाई उपयोग गर्छ”, केन्द्रीय सदस्य प्रजापतिले स्पष्ट पार्नुभयो ।
नेमकिपाको तर्फबाट मध्यपुर नगर वडा नं. ८ का वडाध्यक्ष उम्मेदवार रमेश थापा श्रेष्ठले २०७४ सालको स्थानीय निकायको निर्वाचनअन्तर्गत मध्यपुर नगरपालिकामा एमालेसँग पार्टी निर्देशनविपरीत गठबन्धन गर्नु आफ्नो तर्फबाट भूल भएको भनी आत्मालोचना गर्नुभयो ।
उहाँले भन्नुभयो, “पार्टी नीतिविपरीत सम्झौता गरेको हुँदा आत्माआलोचना गरी नैतिक जिम्मेवारी लिएर मैले पार्टी जिल्ला अध्यक्षबाट राजीनामा गरेको थिएँ ।”
नेमकिपाको तर्फबाट मथिनपा वडा नं. ९ का वडा अध्यक्ष उम्मेदवार केदार खड्काले २०७४ सालको निर्वाचनमा मध्यपुरमा पार्टी नीतिविपरीत गठबन्धनको सहमतिमा आफूले हस्ताक्षर गरेको भन्दै आत्मालोचना गर्नुभयो ।
मथिनपाका प्रमुख पदका उम्मेदवार आशाहरि प्रजापतिले नेमकिपाका कार्यकर्ताहरूले अझ बढी सचेत र सजग भई वर्गीय एवम् सैद्धान्तिक सङ्घर्ष अगाडि बढाउनेछन् भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष रमेश वैद्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपाको तर्फबाट मध्यपुर नगरपालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम भएको थियो ।
Leave a Reply