विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
चुनावको माहोल छ । विभिन्न पार्टीले आ–आफ्नो घोषणापत्र पनि जारी गर्दै छन् । यही सन्दर्भमा एकजना साथीले भने, “मैले त चुनावी घोषणापत्र नपढ्ने घोषणा गरेँ ।” थोरै भए पनि राजनीतिमा चासो राख्ने साथीले यस्तो भन्दा अनौठो मानेर सोधेँ, किन ? उनले जवाफ दिए, “सिनेमाको संवादजस्तै जबरजस्त देखाउनैको लागि बनाएको अव्यवहारिक गफ किन पढ्ने ? राजनीतिक पार्टीले घोषणापत्रमा लेखिएको प्रतिबद्धता पूरा गरेको भए पो पढौँजस्तो लाग्छ ।” यो संवादबाट प्रस्ट हुन्छ आम जनतामा घोषणापत्रमाथि कुनै भरोसा रहेन । हुन पनि घोषणापत्र पढ्दा नेपालका ठूला दल भनाउँदाहरू वैचारिकरूपमा कति टाट पल्टिसकेका र व्यवहारिकरूपमा कति ढटुवा भएको स्पष्ट हुन्छ । कुनै दलले प्रजातान्त्रिक समाजवादको नारा दिएर जनतामाथि कुठाराघात गरिरहेको छ भने कुनै दलले कम्युनिस्ट पार्टीको नाममा भ्रष्ट, गुण्डा र भूमाफिया ठेकेदारहरूको सहयोगमा टिकिरहेको छ । राजनीतिकरूपमा बेइमानीको चरमचुलीमा पुगेका ओली झूटा दाबी र कुतर्क गर्न कहिल्यै थाक्दैनन् । अर्कोतिर कथित कम्युनिस्टसँगै गठबन्धन गरेका काङ्ग्रेस पार्टी वैचारिकरूपमा पतन भइसकेको छ ।
सबै नेताहरू देश बर्बाद भएको स्वीकार्छन् तर देशलाई धोखा दिने ‘म’ होइन भन्छन् । यिनीहरूले शरम बेचेर खाइसकेका छन् । अब यिनीहरूले घोषणापत्रबारे बोल्नुको के नै तुक छ र ? घोषणापत्रमा लेखिएको बुँदामाथि घोत्लिनुको कुनै अर्थ छैन । विश्वमा कुनै यस्तो मुलुक होला जहाँका राजनीतिक पार्टीका घोषणापत्र यतिसम्म बकमफुसे गफले भरिएको होस् । ओलीले प्रधानमन्त्री पदभार सम्हालेपछि अन्नपूर्ण टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका प्रतिबद्धता के कति पूरा भए ? त्यो सबै गफैमात्र साबित भएन र ? कथित राजनेता केपी ओलीले प्रधानमन्त्री भएपछि अन्नपूर्ण टेलिभिजनलाई दिएको अन्तर्वार्ता भनेर अहिले फेसबुकमा एउटा भिडियो शेयर गरिएको छ । अहिले फेरि सोही टेलिभिजनले सोही भिडियो उहाँलाई देखाएर प्रश्न गरेमा कस्तो प्रतिक्रिया दिनुहोला ? जिम्मेवारीबोध भएको भए त यस्तो आश्वासन पूरा नहुँदा तुरुन्तै आत्माआलोचना गर्नुपर्ने होइन र ? अझै उल्टै नयाँ नयाँ आश्वासनले भरिएको जनता झुक्याउने झूटका पुलिन्दा घोषणा पत्रमा उल्लेख गरिएका छन् । हिम्मत भए पुरानो घोषणापत्रका वाचा कति पूरा भए त्यो पनि उल्लेख गनुपर्र्छ ।
कोरोना कालमा कयौँ मान्छै भोकभोकै मरे भने कतिले आत्महत्या समेत गरे । त्यतिबेला ओच्छ्यानमै खाना ल्याइदिने भनेर चुनावी घोषणा गर्ने ओलीले के गरे ? महामारीको भुमरीमा निस्सासिएको जनतालाई केही नगर्नेले अहिले चुनावको सङ्घारमा अनेक वाचा गर्दा पत्याउने जनता पनि गाई प्राणीझैँ सोझो रहेछन् । मूल कुरा चुनाव भनेको जनताले नेतालाई उनकै हैसियत देखाउने समय हो ।
भनाइ र गराइमा कति बेमेल हुँदोरहेछ भने घोषणापत्रमा कृषि गर्न चाहनेलाई जग्गा उपलब्ध गराउने उल्लेख छ तर पर्ती जग्गा र खोलासमेत मिचेर जग्गा प्लटिङ गर्ने भूमिफियालाई आफ्नो आसेपासे बनाएर चुनाव खर्च उठाउनेले कृषिको लागि जग्गा कहाँबाट ल्याउने ? सरकारी जग्गा खोजी खोजी राजनीतिक पार्टीका भूमाफियाले बेचेर खाइसके । अब यिनीहरूलाई नै कृषिको विकास गर्ने जिम्मा दिने भनेको दूधको रखवालीको जिम्मा बिरालोलाई दिनुजस्तै हुन्छ । महिलामाथि यौन शोषणको आरोपितलाई पनि उम्मेदवार बनाइएको छ भने सुनको सिक्री चोरेको सीसीटीभीको फुटेज प्रमाण भएको व्यक्ति पनि उम्मेदवार बनाइएको छ । यसबाट पुष्टि हुन्छ ‘काग कराइ रहन्छ पिना सुकिरहन्छ’ भनेजस्तै जनता जतिसुकै गुनासो गरून् राजनीतिक पार्टी आफ्नै स्वार्थसिद्ध हुने भए जस्तोसुकै काम गर्न पछि पर्नेछैन ।
सामाजिक कल्याणको नाममा आश्वासन बाँड्ने राजनीतिक पार्टीका घोषणा पत्रबीच होडबाजी नै चलेको छ । उत्पादन सिन्को नगर्ने तर वितरणको नाममा ठूलाठूला आश्वासन बाँड्दै हिँड्ने अहिलेको राजनीतिक पार्टीको गलत कार्य भएको छ । अब हुँदा हुँदा गृहिणीलाई भत्ता दिने रे ¤ जनतालाई दिन सके त राम्रै हो । तर, घाँटी हेरी हाड निल्नुको भनाइलाई पनि त बिर्सनु भएन नि ¤ हालैमात्र श्रीलङ्का सरकार असफल भएको कुरा हरेक नेपालीको मुख मुखमा झुन्डिएको छ । कसरी श्रीलङ्का सरकारले आफ्नो खर्च धान्न सकेन ? यसको मूल कारण भनेको सरकारलाई चाहिने खर्च उठाउने माध्यम करको दर घटाउनु र चुनाव जित्नको लागि वाचा गरिएको सामाजिक कल्याणमा खर्च बढाउनु हो । यसरी नै नेपालमा पनि चुनावको समयमा जनतालाई आफ्नो पक्षमा पार्ने कसरतमा आफ्नो ज्यानले धान्नै नसक्ने वाचा बन्धनमा बाँधियो भने असफल राष्ट्रमा परिणत हुन समय लाग्दैन भन्ने वास्तविकता सबै पार्टीले बुझून् ।
अर्थशास्त्रको सिद्धान्तअनुसार बिक्रेताले आफ्नो सामान बिक्री गर्दा उपभोक्तालाई उक्त सामानको गुण तथा विशेषताबारे प्रस्ट भन्नुपर्छ । अनि उपभोक्तालाई चित्त बुझेमात्र खरिद गर्छन् । यदि उल्लेख भएको गुण वा विशेषता वस्तुमा भएन भने उपभोक्तालाई झुक्याएको ठहरिएर बिक्रेता सजायको भागिदारी हुनेछ । यस अर्थमा नेमकिपाका उम्मेदवारहरूले उपभोक्तारूपी मतदातालाई आफ्नो वस्तुरूपी नीति घोषणा पत्रमार्फत प्रस्ट पारेका छन् । राजनीतिक पार्टीका यस्ता झुटा आश्वासनले भरिएको उरन्ठेउलो घोषणापत्रको बीचमा मरूभूमिमा पानी भेट्टाएसरि नेपाल मजदुर किसान पार्टीले विश्वासिलो घोषणापत्र बाहिर ल्याएको छ । आदर्श फलाक्नु, ढोङ्गी भएर भोटको लागि जस्तोसुकै वाचा गरेर जनता रिझाउने नाममा आफ्नो हैसियत नभएको केही कुरा पनि घोषणापत्रमा उल्लेख गरेन । अघिल्लो चुनावमा उल्लेखित सबै वाचा पूरा गरिसकेको अवस्थामा आगामी समयमा पनि यसपालिको घोषणापत्रले मूर्त रूप लिने विश्वास गर्न सकिन्छ । त्यसैले त्यो साथीलाई अनुरोध गर्छु, ‘गाँसेगुसे सबै एकैनासे’ को पारामा सबै पार्टीको घोषणापत्रलाई एकै नजरमा हेर्नु उचित भएन । बरू एक पटक नेमकिपाको घोषणापत्र पनि पढ्नु होला र यसभन्दा अगाडिका घोषणापत्रमा उल्लेख भएअनुसारका कार्य भए नभएको पनि हेर्नुहोला ।
Leave a Reply