अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
स्थानीय निर्वाचनको दिन अब धेरै बाँकी छैन । निर्वाचनमा भाग लिएका सबै दलहरू चुनावी चिह्न बोकेर चुनावी मैदानमा उत्रिसकेका छन् । उम्मेदवारहरू पनि आफूलाई जिताउन आग्रह गर्दै जनताको घरदैलोमा गइरहेका छन् । दलहरूले जुलुस र आमसभा गरी चुनाव प्रचारको कामलाई अरू तीव्रता दिनेछन् । त्यतिबेला ती पार्टीहरूले जनतालाई लोभ्याउन र आकर्षण गर्न विभिन्न विकासका फोस्रा आश्वासनहरू बाँड्नेछन् ।
देश विकास र जनताको सुख र समृद्धिको लागि चुनाव आवश्यक छ । देश विकास र जनताकोे सुख समृद्धिको काम गर्नु भनेको चुनौतीपूर्ण काम हो । यो सजिलो छैन । यसको लागि योग्य मानिसको जरूरत पर्दछ । योग्य मानिसको छनोट गर्नकै लागि चुनावको आवश्यकता पर्दछ । यसको अन्य विकल्प छैन । त्यसकारणले पनि असल र चरित्रका मान्छेलाई छनोट गर्नुपर्छ ।
स्थानीय चुनाव स्थानीय जनताले भोग्नुपरेका विभिन्न समस्याहरू समाधान गर्न र आवश्यक सेवा सुविधा उपलब्ध गराउनुका साथै विकास निर्माणका कार्यहरू गर्न संविधानमै उल्लेख गरिएको छ । यसैको लागि चुनावको व्यवस्था गरिएको हो । सिंहदरबारलाई गाउँ–गाउँ पु¥याउ भनेर केन्द्रिकृत अधिकार स्थानीय निकायका पालिकाहरूलाई दिइएको छ । यस अधिकारले कतिपय प्रदेश सांसद, पूर्वसांसद र पूर्ववरिष्ठ मान्छेहरू पनि मेयर पदका लागि उठेका छन् र प्रतिस्पर्धा गर्दै छन् भने कतै पूर्वजनप्रतिनिधिहरू फेरि उम्मेदवार बनेका छन् ।
पार्टीले उम्मेदवार नबनाएर कोही नेता तथा कार्यकर्ताहरू बागी उठेका छन् । चुनावमा राम्रो नियत भएको होस् वा नराम्रो जस्तोसुकै भए पनि चुनावमा उठ्न पाउने अधिकार सबैको छ । तर, हिजो आज स्थानीय निकायमा हुने गरेको आर्थिक चलखेल र भ्रष्टाचारको कुरा धेरै सुन्नमा आएको छँदा आर्थिक चलखेल गर्न सकिने भएकोले होला मुख्य–मुख्य पदमा आकाङ्क्षीहरू धेरै बढेको देख्छु । कहीँ कहीँ त ठूला पार्टीहरूमा स्थानीय निकायले समस्या सुल्झाउन नसकेर जिल्ला र प्रदेशले निर्णय गर्नुपरेको सुनेको छु ।
यसपालिको चुनावमा जसरी भए पनि जित्नुपर्ने मानसिकताले कतिपय पार्टीहरू सिद्धान्तविपरीतका पार्टीहरूसँग गठबन्धन गर्न पनि पछाडि परेनन् । हिजो प्रतिक्रियावादी भनेर तथानाम गाली गरेकाहरूसँग पनि ठूला पार्टी भनाउँदाहरू घाँटी जोड्न लजाएनन् । नेता तथा कार्यकर्ताहरू आफ्नो पार्टीबाट उम्मेदवारी नपाएपछि रातारात दल बदली अर्को पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् त कति बागी उम्मेदवार बनेका छन् । जित्नको लागि एक पार्टीका उम्मेदवारले अर्को पार्टीको चुनाव चिह्न लिएर उठेको पनि देख्न पाएँ । यो राजनीतिक विकृति हो । यस्तो गतिविधि धेरैजसो ठूला पार्टीमै भएको पाएको छु ।
चुनाव धेरै खर्चिलो भयो भन्ने गरेको सुन्नमा आएको छ । खर्चिलो किन नहुनु नि ¤ चुनावमा पैसा नबगाउने पार्टीहरूले त्यति धेरै चुनाव जित्न सक्ने अवस्था नै छैन । जति जति चुनावको दिन नजिकिँदै जान्छ, भोजभतेर गर्ने, खसी काट्ने, प्रचारपछि बियर लडाउने काम हुन्छ । सायद अहिले पनि कति ठाउँमा भोजभतेर भइसक्यो होला । कार्यकर्ताहरू बियर खाएर झुम्दै होलान् । कति उम्मेदवारले आफू जित्न सारी, कुर्ता तथा टि सर्ट थानका थान अर्डर गरिसके होलान् । पैसाले भोट नकिन्ने हो भने यसपालिको चुनाव तिनीहरूको लागि धेरै महँगो पर्न सक्छ । गर्न नसक्ने आश्वासन दिएर जनतालाई झुक्याउनेतर्फ हामी सचेत हुनुपर्छ । अब आउने चुनावमा साँच्चै देश र जनताको लागि काम गर्ने योग्य उम्मेदवारलाई छान्नुपर्छ ।
Leave a Reply