भक्तपुर–साँखु सडक निर्मँणमा किन ढिलाइ ?
- कार्तिक १८, २०८३
२०७२ वैशाख १२ गते गएको भूकम्पको कारण आजसम्म पनि काठमाडौं उपत्यकाका धेरै मठ मन्दिर, पाटीपौवा, विद्यालयलगायतका सार्वजनिक सम्पत्तिहरू अस्तव्यस्त भइरहेका छन् । त्यसमध्ये भक्तपुर जिल्लाका केही प्राकृतिक सम्पदाहरूको निर्माण भइसकेका छन् भने केही सम्पदाहरूको निर्माणले गति लिइरहका छन् । भक्तपुरको दरवार क्षेत्रमा भइरहेको निर्माणको गति जो कसैले पनि हेर्न र अनुभव गर्नसक्ने कुरा हो । उपत्यकाका तीन पूरानो सहरहरूमा भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण र पुनः निर्माणमा देखाएको यस किसिमको तदारुकता निश्चय नै प्रसंशनीय छ, यसमा कुनै द्विविधा राख्नुहुँदैन ।
भक्तपुर नगरपालिकाभित्र पर्ने दरवार क्षेत्रभित्र केही सार्वजनिक कार्यालयहरू पनि छन् र जसलाई भूकम्पले क्षति पु¥याएको जो कसैले देख्न सकिन्छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति हाल जिल्ला समन्वय समितिलगायत शारदा माध्यमिक विद्यालयलगायतका केही विद्यालयहरू पनि सोही क्षेत्रमा पर्दछ । ती विद्यालयहरू भूकम्पको कारण क्षति भएको पीडा सहँदै विभिन्न गैरसरकारी एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको आर्थिक सहयोगमा निर्माण भएको अस्थायी टहरामा सञ्चालन भइरहेका छन् । कतिपय कक्षाहरू पनि सोही टहरामा सञ्चालन भइरहेका छन् भने भवनलाई सामान्य मर्मत एवम् टालटुल गरी केही कोठाहरू सञ्चालन गर्नुपर्ने बाध्यताका बीच दिन, महिना र वर्ष पार गर्दै छन् ।
ती विद्यालयहरू स्मारक क्षेत्रमा मात्र परेको होइन बरु भक्तपुरका ९९ चोकभित्रै परेको कारण स्थानान्तरण गर्नुपर्ने विभिन्न समाचारमाध्यमहरूमा आएका समाचारहरूको कारण हाल जटिल अवस्था भोग्दै दैनिक पठन पाठनको सृङ्खलालाई अगाडि बढाइरहेका छन् । भौतिक संरचनामा आएको परिवर्तनले नयाँ भर्ना हुन आएका र आउने चाहना राख्ने विद्यार्थीहरू फर्केको तीतो अनुभव हामीसँग छ । भूकम्प गएको २ वर्ष नाघिसकेको छ, यसबीचमा र हालसम्म पनि क्षतिग्रस्त विद्यालयका भौतिक संरचनाहरूको अवलोकनपश्चात् केही गैरसरकारी र केही अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ÷संस्थाहरू भवन निर्माण पुरानै शैलीमा निर्माण गर्ने उद्धेश्यले विद्यालयहरूमा आउने गरेको पाइन्छ तर स्थानीय तहले यस विषयमा कुनै ठोस निर्णय तयार गरी नसकेको हुँदा विद्यार्थीहरूका लागि प्रशस्त कक्षा कोठाको अभाव त छँदैछ, प्रशासन र प्रयोगात्मक कक्षाहरू कक्षा कोठाको अभावमा प्रभावित भइरहेका छन् । यसले विद्यार्थीहरूको भविष्यमा नकारात्मक असर पर्ने निश्चित देखिन्छ ।
अतः विद्यालय क्षेत्र स्थानीय तहको मातहतमा आइसकेको अहिलेको परिस्थिति र स्थानीय तहको निर्वाचन भएर केही महिना भइसकेको वर्तमान स्थितिमा शिक्षाको उज्यालो छर्ने ती विद्यालयहरू र ज्ञानको ज्योति फैलाई समाजमा सकारात्मक परिवर्तन ल्याउने विद्यार्थीहरूको भविष्यका लागि सम्बन्धित निकायले यथाशीघ्र पहल गरी भवन निर्माणको लागि स्वीकृति प्रदान गर्ने वा स्थानान्तरणको लागि आवश्यक बन्दोबस्त गर्ने हो ? गम्भीरताका साथ निर्णय गरी यथाशीघ्र निर्णय दिनु विद्यालय र विद्यार्थीहरूको हितमा हुने कुरामा कुनै शङ्का छैन । भनिन्छ, ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर हो । यतातिर सम्बन्धित निकायको तुरुन्त ध्यान जाओस् ।
–एक शिक्षक, भक्तपुर
Leave a Reply