भक्तपुर र अन्य जिल्लामा अध्ययन गर्दाको आर्थिक, सामाजिक, शैक्षिक र समयको तुलना गर्नु आवश्यक छ
- जेष्ठ १४, २०८३
भक्तपुर ,२४ वैशाख । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर निर्वाचन परिचालन समितिको आयोजनामा व्यासीमा चुनावी सभा भयो ।
उक्त सभामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले यो चुनावमा नेमकिपाले इमानदारीपूर्वक देश र जनताको सेवा गरी आमूल परिवर्तनको लागि परिस्थिति तयार गरिरहेको कुरा प्रस्ट्याउनुभयो । उहाँले भन्नुभयो, “चुनाव भनेको सिद्धान्तको लडाइँ हो । घोषणापत्रको लडाइँ हो । यो चुनाव पनि एक प्रकारको वर्गसङ्घर्ष हो । एमसीसी पास भएपछि देशमा एमसीसी समर्थक राष्ट्रघातीहरू एकातिर र एमसीसीको विरोध गर्ने देशभक्तहरू अर्कोतिर रहेका छन् । अहिलेको चुनाव देशभक्त र राष्ट्रघातीबीचको लडाइँ हो ।”
भक्तपुर नगरपालिकामा नेमकिपाबाट मेयर पदका उम्मेदवार सुनिल प्रजापतिले भक्तपुर नगरलाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्र तथा सम्पदा संरक्षित सहरको रूपमा विकास गर्न प्रयत्न गरिरहेको चर्चा गर्नुभयो ।
उहाँले भक्तपुर नगर नमुना नगरको रूपमा विकास भएकोले विभिन्न जिल्ला र नगरका जनप्रतिनिधिहरू अवलोकन भ्रमण गर्न आउने क्रममा भक्तपुरमा झैँ ख्वप मोडेल विकास गर्ने चाहना लिएर गएको बताउनुभयो । उहाँले भक्तपुर नपाले जनताको हितको लागि र व्यवस्थित आवास क्षेत्र बन्दोबस्तको लागि देको, मिवा, इतापाखे एकीकरण आयोजना सञ्चालन गरेको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “कुनै पनि मान्छे स्वतन्त्र हुनैसक्दैन । विभिन्न पार्टीको उक्साहटमा नपाद्वारा सञ्चालित व्यवस्थित आवासको विरोध गर्नेहरू प्रतिगामी हुन् ।”
नेमकिपाबाट उपमेयर पदका उम्मेदवार रजनी जोशीले ख्वप मोडेलबारे चर्चा गर्दै ख्वप विश्वविद्यालय स्थापना गर्न सरकारले अनुमति दिएको भए मेडिकल कलेज स्थापना हुने बताउनुभयो ।
नेमकिपा २ वडा निर्वाचन परिचालन समितिका संयोजक रवीन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाबाट २ नं वडाका लागि अध्यक्ष पदका प्रत्यासी हरिप्रसाद बासुकला, बालमुकुन्द बासुकला, लक्ष्मीभक्त लासिवा, वडा सदस्यका उम्मेदवारहरू श्यामसुन्दर मातां, मन्जुमैँया लाखा, न्हुछेराम कोजू र नगर निर्वाचन परिचालन समितिका ज्ञानसागर प्रजापतिलगायतले नेमकिपाका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताउनुभयो ।
कार्यक्रमको बीच बीचमा जन सांस्कृतिक कलाकार विनोद विक, व्यासी सांस्कृतिक समूहका कलाकारहरू सुन्दर ब्यान्जू, सुन्दरीमैँया गोरा, चण्डेश्वरी याकामीको टोली, राधेश्याम बासुकलाको टोली र भोलाछेँ दाफा भजन समूहका कलाकारहरू केपी थुसा र पुनम दुवालको टोलीले नेमकिपालाई जिताउन जनपक्षीय गीत प्रस्तुत गरेको थियो ।
Leave a Reply