कैलालीमा पार्टी कार्यकर्ता भेला
- आश्विन १५, २०८३
सरकारमा गएका नेता र मन्त्रीहरू व्यक्तिगत ‘जस’ लिन वा आफ्ना केही व्यापारीलाई खुशी पार्न देशलाई ठूलो घाटा वा क्षति पुग्ने काम गर्न पनि पछि पर्दैनन् भन्नेबारे खुलासा भइरहेको छ । ‘भत्ता बढाउने प्रतिष्पर्धा गरिएकोमा पूर्वअर्थमन्त्रीहरू चिन्तित’ शीर्षकको समाचारले धेरै विषयका कुरा खुल्दै गएका छन् (राजधानी, १७ वैशाख २०७९) ।
भनिन्छ, चालु आर्थिक वर्षमा वैदेशिक मुद्रामा करिब २ खर्ब २८ अर्ब रुपियाँ सञ्चिति घटिसकेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चितिमा १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।
सरकार आयातमा थप कडा नीति ल्याउन चाहन्छ । व्यापारीहरूमा सम्भावित सरकारी नीति चुहिँदा २ अर्ब रुपियाँ बराबरको रक्सी आयात भइरहेको जानकारी प्राप्त भएको बताइन्छ । सरकारकै मानिसहरू सबै गोप्य कुरा व्यापारीहरूलाई थाहा दिन्छन् । नाफाको निम्ति व्यापारीहरू ‘फासीमा लट्किन पनि तयार हुने’ भनाइ छ । तरङ्ग यस्तो विषयमा देशको जिम्मा लिने शासक दलकै नेता र मन्त्रीहरूले गुह्य कुरा खोलेपछि व्यक्तिगतरूपले तिनीहरूलाई केही लाभ त होला तर त्यसबाट देश र जनताको निम्ति ठूलो वैगुण हुनेमा कुनै शङ्का छैन । जानकारहरूले त्यस्ता नेता र कर्मचारीहरूको बदमासी सार्वजनिक गर्नु देश र जनताको हितमा हुनेछ ।
बजेट आउनुभन्दा पहिले नै मदिरा र सूर्तिजन्य वस्तुमा कर बढ्ने गाइँगुइँ सुनेपछि व्यापारीहरूले २ अर्ब बराबरको मदिरा आयात गर्दै गरेको सूचना बाहिरिएको छ । यसबाट थाहा हुन्छ– पुँजीपति वर्ग र व्यापारीहरूलाई मातृभूमि के हो भन्ने थाहा हुन्न बरु कहाँबाट के कति बढी नाफा बटुल्न सकिन्छ, त्यसैमा तिनीहरूको दृष्टि रहन्छ ।
‘अर्थतन्त्रमा समस्या’ भएपनि ‘आर्थिक वृद्धि ५.८४ प्रतिशत हुने’ अनुमान हो वा यथार्थङ्ग छलफलकै विषय हो ।
निर्वाचनमा एक दृष्टि
स्थानीय निर्वाचनको प्रचारमा जनताको ध्यान बिस्तारै आकर्षित हुँदै छ । सबैतिर रक्सीको गन्ध बढ्दै गएको छङ्ग कतै गाली गलौज त कतै लेनदेन सुरु भएको छ ! वादप्रतिवाद पनि चर्किँदै छ । ‘राजधानी’ ले १९ वैशाख २०७९ को अङ्कमा लेख्योङ्ग ‘उत्तेजित आरोप ः शून्य संवेदना’ ।
१९ वैशाख २०७९ को ‘अन्नपूर्ण पोष्ट’ ले अघिल्लो पानामै लेख्यो, ‘वडाध्यक्षमा पनि पन्छाइए महिला’ । तर, महिला होस् वा पुरुष तुलनात्मकरूपले आफूलाई प्रतिस्पर्धी नबनाएसम्म अरूको भरमा वा दयामायामा बस्दा जहिल्यै पनि आफ्नो अध्ययन र लडाकुपनमा निखार आउँदैन । मेहनत नगरे कुनै पनि क्षेत्रमा प्रतिस्पर्धामा अगाडि बढ्न गा¥हो हुन्छ । तर, घरमै बसेर अध्ययन र अनुसन्धान गर्नु भनेको भिन्न विषय हो । मेहनतङ्ग निरन्तरता र प्रतिस्पर्धी भावना महत्वपूर्ण छ नै । नत्र काँधमा बोकेको सिकारी कुकुरले सिकार समात्न सक्दैन भन्ने उखान चरितार्थ हुन्छ ।
यसैबारे ‘नागरिक’ ले ‘विचार’ स्तम्भमा लेख्यो, ‘महिला प्रतिनिधित्व घट्नु चिन्ताजनक’ (१९ वैशाख २०७९) ।
शासक दल र त्यसका नेताहरूलाई प्रचार माध्यममा आलोचना नगरिएको होइन तर सत्ताको मात चढेको बेला आलोचनाको के वास्ता !? तर, निर्वाचन आयोगमाथि पनि जनताको निरन्तर दबाब हुने नै गर्छ ।
‘आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दललाई सचेत गराउँदै आयोग’ शीर्षकले स्थितिलाई स्पष्ट गर्ने काम हुनु भने नराम्रो होइन (नेपाल समाचारपत्र–१६ वैशाख २०७९) ।
तरङ्ग सा¥है बिझ्ने विषय भनेको राजनैतिक दलका नेताहरू र उम्मेदवारहरूले जनतालाई अनेक आश्वासन र सहुलियतबारे धेरै कुरा भनेका छन् । तलब बढाउनेङ्ग बिजुली बत्तीको सहुलियत, रोजगारी आदि आदि । देश र जनताप्रति हरेक नागरिक र मतदाताको पनि कर्तव्य हुन्छ भन्नेबारे तथा देशको स्वतन्त्रता एवम् सार्वभौमिकता साथै कामदार वर्गको हक र हितको निम्ति गर्नुपर्ने सङ्घर्षको विषयबारे भने ती प्रतिस्पर्धीहरू मौन रहेको देखियो ।
Leave a Reply