निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
मतदाताले मत सङ्केत गर्दा विचार पु¥याएर मतदान गर्नुपर्छ अन्यथा मत बदर हुन्छ । मतपत्र बदर हुने अवस्थाः
– सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
– औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरिएको,
– मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,
– उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको,
– उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको,
– कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको,
– निर्वाचित गर्नुपर्ने सङ्ख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत सङ्केत गरिएको,
– मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
– आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
– मतपेटिकाभन्दा बाहिर राखिएको,
– जाली मतपत्र ।
निर्वाचनको सन्दर्भमा मतदाताले देहायका कर्तव्य पूरा गर्नुपर्छ
– मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने ।
– निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पु¥याउने ।
– मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला वा हुलदङ्गामा नलाग्ने ।
– मतदानको दिन कुनै दल वा उम्मेदवारको नाम निर्वाचन चिह्न वा सङ्केत भएको पहिरन, परिचयपत्र र ब्याच नलगाउने ।
– मतदानको दिन सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य नगर्ने तर शारीरिकरूपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन प्रयोग गर्न सकिने ।
– आचारसंहिता उल्लङ्घन भएको देखिएमा निर्वाचन आयोग, निर्वाचन अधिकृत वा निर्वाचनमा खटिएका कर्मचारीलाई जानकारी गराउनुपर्नेछ ।
– कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन । एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन ।
– कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन । यदि गरेमा कानुनबमोजिम कारबाही हुनेछ ।
निर्वाचनको सन्दर्भमा सामाजिकसञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा :
– शीर्षककै आधारमा वा मन परेकै आधारमा लाइक, सेयर र कमेन्ट नगरौँ,
– सूचनाको विश्वसनीयता जाँच गरौँ,
– निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झूटा साइट र एकाउन्ट सञ्चालन नगरौँ,
– निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) दिनेजस्ता कार्य नगरौँ,
– कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट नगरौँ,
– कसैको चरित्र हत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण नगरौँ ।
Leave a Reply