हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
कोलम्बो, ३० वैशाख (सिन्ह्वा) । श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त हुनुभएको छ । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गर्नुभएको हो ।
उहाँ श्रीलङ्काको पूर्व प्रधानमन्त्री रहिसक्नुभएको छ । विक्रमासिंघे श्रीलङ्कामा पटक–पटक प्रधानमन्त्री भइसक्नुभएको छ । उहाँले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिलाई बिहीबार नै शपथ गराउनुभएको बताइएको छ ।
हाल श्रीलङ्का चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । श्रीलङ्कामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिनुभएको थियो । राजापाक्छेको राजीनामा मागेर देशमा आन्दोलन पनि भएको थियो । त्यसपछि उहाँले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाउनुभएको थियो ।
आर्थिक सङ्कटका कारण हाल श्रीलङ्का खाद्यान्न, इन्धन र औषधिकोसमेत चर्को अभाव भएको छ । विविध कारणले देश आर्थिक सङ्कटमा फसेको छ । महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि यसलगत्तै राजधानी कोलम्बोमा दङ्गा फैलिएको थियो ।
यहाँ आन्दोलनका कारण हिंसामा परेर कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै दुई सत्न्दा बढी घाइते भएका छन् । नयाँ प्रधानमन्त्री विक्रमासिंघे यहाँको युनाइटेड नेशनल पार्टीका नेता हुनुहुन्छ ।
उहाँ यहाँ लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । विक्रमासिंघेलाई यहाँको अर्काे राजनीतिक परिवार राजापाक्षेहरूको निकट पनि मानिन्छ । त्यसैले पनि उहाँलाई प्रधानमन्त्रीका रूपमा चुनिएको विज्ञहरूको भनाइ छ रहेको छ ।
Leave a Reply