ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
काठमाडौँ, ३ वैशाख । स्थानीय तह निर्देशिका, २०७८ को निर्देशन ९६ मा ‘कसैले मतपत्रमा सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाए वा प्रदर्शन गरेमा त्यस्तो व्यक्तिलाई मतदान अधिकृतले पन्ध्र हजार रुपियाँसम्म जरिवाना गरी सो मतपत्रलाई छुट्टै खाममा राख्नुपर्ने’ व्यवस्था छ ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकाको वडा नं. १४ मा नेकाको वडाध्यक्षको चुनाव चिह्न रुखमा मत राखेर पट्याउने निहुँमा बाहिर सबैलाई देखाए । मतदान केन्द्रका कर्मचारीहरूले पनि मतपत्र पट्याउने निहुँमा प्रचण्डले रुख चिह्नमा छाप लगाएको हेरे । प्रचण्डले नेकाको रुख चिह्नमा छाप लगाएको विश्वास काङ्ग्रेसलाई दिलाउनकै निम्ति त्यस्तो गरेको खबर छ ।
जसपाका बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकाको उपप्रमुखमा एमालेको सूर्य चिह्नमा मत हालेको सार्वजनिकरूपमा देखाएका थिए । बाबुराम पनि सशस्त्र द्वन्द्वको बेला १० वर्ष माओवादीका नेता थिए । निर्वाचन आयोगले बाबुरामलाई स्पष्टिकरण लियो तर प्रचण्डसँग लिएन । केन्द्रमा नेका नेतृत्वको माओवादी, एकीकृत समाजवादीसमेतको गठबन्धन थियो भने एमाले नेतृत्वको राप्रपा नेपाल, परिवार दलको अर्को गठबन्धन गरिएको थियो । तर, कतिपय पालिका र वडामा नेका र एमालेको पनि गठबन्धन गरियो । अर्थात् दुवै गठबन्धन सिद्धान्तहीन र अनैतिक हुँदा ती पार्टीका मतदाताहरूको शिर निहुरेका थिए भने मतदान कठिन हुँदा धेरै मत बदर हुने अनुमान गरिएको छ । यसले मतगणनासमेत ढिलो हुने निश्चित छ ।
भरतपुरमा नेका–माओवादी गठबन्धनले अन्य दलको चुनाव चिह्न नभएको नमुना मतपत्र बनाएको तर प्रशासन मूकदर्शक भएको पनि जनगुनासो छ ।
काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिकामा मटपेटिका भाँचकुच गरिएको सामाजिक सञ्जालमा प्रकाशित भयो । मेलम्ची नपा–९ को स्वास्थ्य चौकीमा तनाव भएको, बानेश्वर संसद् भवननजिक बम विस्फोट भएको पनि खबर छ ।
सर्लाहीको कौडेना गाउँपालिकाको वडा नं. ६ मा झडप भयो भने सुनसरीमा प्रहरीको राइफल पड्किएको थियो । रौतहटको गढीमाई नपामा हिन्दू–मुस्लिम झडप भयो । एसका माधव नेपालविरुद्ध नारासमेत लगाइएको थियो ।
रामेछापको मन्थली १२ मा पनि झडप भयो । बाजुराको बुढीगङ्गामा पनि झडप भयो । सर्लाहीमा मतदान अधिकृतले मतदाताको इच्छाविपरीतको चुनाव चिह्नमा छाप हालेको र भक्तपुर नगरपालिकाको वडा नं. ३ को मेधा माविको केन्द्रमा पनि त्यस्तै हुँदा विवाद भएको थियो । यसले मतदानमा खटिएका अधिकांश कर्मचारीसमेत शासक दलकै समर्थक भएको पुष्टि भयो । पाँच वर्षअघि चाँगुनारायण नपाको मतगणनामा कर्मचारीले मादल चिह्नको मतपत्र गोडाले छोपेर धाँधली गरेका थिए ।
ओखलढुङ्गाको चम्पादेवीमा नेका र एमालेबीच झडप हुँदा ९ राउन्ड हवाई फायर भयो । काभ्रे पाँचखालको श्रीराम मावि मतदान केन्द्रमा मतपेटिका नै तोडफोड गरियो ।
गोरखाको बालकी मतदान केन्द्रमा माओवादी र काङ्ग्रेसबीच झडप भएको थियो । सिन्धुपाल्चोकमा मतदानको लागि लाइन बसेकाहरु ठेलामठेल हुँदा नेपाली सेनाले हतियार तेस्र्याएको समाचार छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पनि विवाद भएको थियो ।
अछामको ढवारी र तुर्माखाडमा पनि झडप भएको थियो । काभ्रेको तेमाल गाउँपालिकामा काङ्ग्रेस र एमालेबीच झडप भएको थियो । जुम्लाको गुठीचौर गाउँपालिकामा काङ्ग्रेस र एकीकृत समाजवादीबीच झडप भएको थियो भने मतदान अधिकृत घाइते भएका थिए । धनुषामा मतदान अधिकृतले आफै छाप लगाएको हुँदा निज प्रहरीको पक्राउमा परे । देशघाती एमसीसी सम्झौतामा हस्ताक्षर गरेका नेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध मतदाताले नारासमेत लगाएका थिए । प्रचण्ड र बाबुरामले मतदान सार्वजनिक गरेको तर निर्वाचन आयोग उनीहरु जनही पन्ध्र हजार जरिवाना गर्न डराइरहेको समाचार छ ।
Leave a Reply