भर्खरै :

कालीकोट र दैलेखमा नेमकिपाका उम्मेदवारहरू विजयी

कालीकोट, १ जेठ । कालीकोट जिल्ला शुभकालीका गाउँपालिका वडा नं ३ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेमकिपाको तर्फबाट उम्मेदवारी दिनुहुने प्रकाशबहादुर शाहीले ४५८ मत प्राप्त गर्नुभएको हो ।
निर्वाचित महिला सदस्यमा जयसरा रोक्कामगर, दलित महिला सदस्यमा तुलसी दमाइ र खुला सदस्यमा गोकर्ण तिरुवा विजयी हुनुभएको हो ।
वडाध्यक्ष निर्वाचित प्रकाशबहादुर शाहीको जन्म २०४२ मंसिर २१ गते कालीकोट भर्तामा भएको थियो । शाहीले नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट राजनीतिक गतिविधिको सुरुआत गर्नुभएको थियो । उहाँ पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुनुहुन्छ ।
वडाध्यक्ष शाहीका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका चित्रबहादुर शाहीले ३०६ मत प्राप्त गर्नुभएको छ भने एमालेका जगतबहादुर रोकायाले २४८ र एकीकृत समाजवादीका टीका धितालले १४८ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशबहादुर शाही


त्यस्तै दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ३ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट वडाध्यक्ष दिपबहादुुर शाहीसहित सम्पूर्ण सदस्य विजयी हुनुभएको छ ।
विजयी सदस्यहरूमा बासुदेव कँडेल, कल्पना कुमारी थापामगर, दानकला मिजार, रविलाल सुनार हुनुहुन्छ ।
विजयी वडाध्यक्ष शाहीले ४२८ मत प्राप्त गर्नुभएको छ भने नेकाले ३२५ र एमालेले १८० मत प्राप्त गरेका छन् ।
दीपबहादुर शाहीको जन्म २०२५ माघ १० गते चाविनपा ३ हाडाकोटमा भएको थियो । उहाँले शिक्षाशास्त्रमा स्नातक तहको अध्ययन पूरा गर्नुभएको छ । उहाँले नेक्राविसङ््घको सदस्य भएर आफ्नो राजनीतिक जीवन सुरु गर्नुभएको थियो । उहाँले नेपाल क्रान्तिकारी शिक्षक सङ्घको जिल्ला कोषाध्यक्ष, चाविनपा कार्यसमितिको अध्यक्ष भएर काम गर्नुभएको छ । हाल वडाध्यक्ष शाही पार्टी नगर समितिको सदस्य हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *