निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ३ जेठ । नेपाल मजदुर किसान पार्टी, नगर समिति भक्तपुरको आयोजनामा मङ्गलबार मतदाता तथा नगरवासीहरूमा धन्यवादज्ञापन ¥यालीको आयोजना ग¥यो ।
भक्तपुर नगरपालिकाको लागि नेमकिपाका उम्मेदवारहरूलाई विजय गराउन साथ र सहयोग गर्ने मतदाताहरूलाई धन्यवादज्ञापन गर्न सो ¥यालीको आयोजना गरिएको हो ।
गोल्मढीमा आयोजित सभामा नेमकिपा सचिव एवम् सांसद प्रेम सुवालले निर्वाचन घोषणापत्रको लडाइँ हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाका उम्मेदवारहरूको मादल चिह्नमा छाप राख्नु देशभक्त जनताको पक्ष लिनु हो, तीन प्रतिशतको मतसीमाविरुद्ध हो, पैसा र सामान बाँडेर मत लिने दलविरुद्ध हो, नेपाली भूमि मिचेको विरोधमा हो, नेपाली भूमि कालापानीमा रहेको सेना फिर्ता लानुपर्छ भन्ने पक्षको अभिव्यक्ति हो ।
उहाँले मादल चिह्नमा छाप राख्नु असमान सन्धिको विरोध गर्नु हो । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि हो, देश र जनताको हितमा हो भन्नुभयो ।
¥यालीको विभिन्न स्थानमा मन्तव्य दिँदै नेमकिपाका केन्द्रीय सदस्य एवम् निर्वाचित जनप्रतिनिधि सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले हरेक क्षेत्रमा उदाहरणीय काम गरेको उल्लेख गर्नुभयो ।
उहाँले पार्टीको घोषणापत्रलाई प्राथमिकताको आधारमा एक एक पाइला पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेमकिपा जिल्ला समिति भक्तपुरका अध्यक्ष सुरेन्द्रराज गोसाईले देशघाती एमसीसी सम्झौताविरुद्धको सङ्घर्ष जारी रहेको उल्लेख गर्दै निर्वाचन पनि एउटा वर्गसङ्घर्ष नै हो भन्नुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले स्थानीय तहमा रहेर नेमकिपाका जनप्रतिनिधिहरूल देश र जनताको इमानदारीपूर्वक सेवा तथा विकासमा टेवा पु¥याइरहेको बताउनुभयो ।
उपप्रमुखमा निर्वाचित रजनी जोशीले पार्टीको घोषणापत्रअनुसार काम गर्ने विश्वास व्यक्त गर्दै भनपाको विकासमा नगरवासीहरूको ठूलो सहयोग मिलेको विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै निर्वाचित वडाध्यक्षहरूले आ–आफ्नो वडामा घोषणापत्रलाई एक एक पाइला गरेर पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडाध्यक्षहरूमा वडा नं. १ का श्यामकृष्ण खत्री, वडा नं. २ का हरिप्रसाद बासुकला, वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजू, वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले जनतामाझ व्यक्त प्रतिबद्धतालाई इमानदारीपूर्वक सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गोल्मढीबाट सुरु भएको ¥याली नगर परिक्रमापछि सोही स्थानमा पुगेर समापन भएको थियो । सो जुलुसमा सहभागी हजारौँ नगरवासीहरू संयमित र अनुशासित थिए ।
जुलुसमा वृद्धवृद्धा तथा महिलाहरूको समेत व्यापक सहभागिता थियो । दर्जनौँ बाजागाजाको टोली रहेको सो ¥यालीलाई टोल टोल तथा विभिन्न चोक र स्थानहरूमा स्थानीय जनताले भव्य स्वागत गरेका थिए । निर्वाचित जनप्रतिनिधिहरूको स्वागतार्थ टोल टोलमा केराका बोट तथा स्वागतद्वार बन्दोबस्त गरिएको थियो ।
Leave a Reply