नगरकोटमा भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण
- श्रावण १५, २०८३
भक्तपुर, ७ जेठ । “चुनावमा गरिने पद र पैसाको दुरूपयोगले देशले सधैँ गलत परिणाम भोग्नुपर्ने भएकोले नेपाल मजदुर किसान पार्टीले यस्ता अनियमित, गैरकानुनी, गैरप्रजातान्त्रिक कामको सधैँ विरोध गर्ने गरेको छ ।”
उक्त भनाइ नेमकिपा, बोडे ८ वडा एकाइ समितिको आयोजनामा शनिबार सम्पन्न मतदाताहरूलाई धन्यवाद ज्ञापन सभामा नेमकिपाका जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले व्यक्त गर्नुभएको हो ।
उहाँले नेमकिपाले निर्वाचनमा प्राप्त गरेको मत देशभक्तिपूर्ण आन्दोलन, सत्य र निष्ठाको मत तथा एमसीसीविरोधी मत भएको धारणा राख्नुभयो ।
“नेमकिपाले चुनाव हारे पनि जिते पनि देश र जनताको पक्षमा नै निःस्वार्थपूर्वक काम गरिरहेको छ । शासक दलहरूले देश र जनताप्रति घात गरेकोले देश जर्जर अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो ।
नेपाल र चीनबीचको इतिहासभन्दा पुरानो सम्बन्धलाई साम्राज्यवादीहरूले बिगार्न चलखेल गरिरहेको प्रस्ट्याउँदै उहाँल विदेश चलखेल र देशको सार्वभौमिकता तथा स्वतन्त्रता रक्षाको लागि सजग हुनुपर्ने कुरामा जोड दिनुभयो ।
युक्रेन युद्धको कारण इन्धनको भाउ महँगो भएको र चुनावको कारणले किताब छाप्न नसकेको भन्ने सरकारको बहानाबाजी लाचारीको पराकाष्ठा भएको धारणा उहाँले व्यक्त गर्नुभयो ।
“अब वडा कार्यालयबाटै जनतालाई सजग र सचेत बनाई देशभक्तिपूर्ण भावना जगाउने कार्यक्रमहरू ल्याउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपाबाट मध्यपुर नगरपालिकाको वडा ८ मा निर्वाचित वडाध्यक्ष रमेश थापाश्रेष्ठले नेमकिपाको जित भनेको भूमिगत कालदेखि गरिआएको सङ्घर्ष र जनताले गरेको
अगाध मायाको परिणाम भएको बताउँदै पार्टीको सिद्धान्तअनुसार सेवामा लाग्ने वचनबद्धता व्यक्त गर्नुभयो ।
उहाँले राजनीतिमा असल र देशभक्तहरूले प्रवेश नगरे अपराधीहरूको अखडा हुने र गुन्डागर्दी तथा अपराधीहरूको केन्द्र बन्ने खतरा औँल्याउनुभयो ।
सबै स्थानीय तहले ‘ख्वप मोडेल’ लाई अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपा, मध्यपुर नगर समितिका उपाध्यक्ष वीरकृष्ण प्रजापतिले पुँजीपति दलहरूले साम, दाम, दण्ड र भेद अपनाई निर्वाचनलाई विकृत बनाएको बताउनुभयो ।
नेमकिपा, बोडे ८ वडा एकाइ समितिका अध्यक्ष रामसुन्दर थाको सभापतित्वमा सम्पन्न उक्त सभामा सजीव था र अम्बर दलीले पनि बोल्नुभएको थियो ।
Leave a Reply