भर्खरै :

एसियामा संरा अमेरिकी युद्धको पासो

संरा अमेरिका–आसियान विशेष सम्मेलन सम्पन्न भएको सातापछि संरा अमेरिकाका राष्ट्रपति जो बाइडेन एसिया भ्रमणमा निस्के । राष्ट्रपति भएपछि उनको यो पहिलो एसिया भ्रमण थियो । मे २० देखि २४ सम्म भएको भ्रमणको क्रममा उनी दक्षिण कोरिया र जापान पुगेका थिए । सो क्रममा उनले हिन्द–प्रशान्त आर्थिक ढाँचा (आइपीईएफ) सम्झौता गर्ने कार्यक्रम र दोस्रो सशरीर क्वाड शिखर सम्मेलनमा सहभागी बनेका थिए । उनको भाषण र परिणामको आधारमा लेखाजोखा गर्दा यो भ्रमणका तीन वटा रणनीतिक लक्ष्य रहेको देखियो ।
पहिलो, बाइडेनले संरा अमेरिकाकेन्द्रित एसिया–प्रशान्त मोर्चाबन्दीलाई बलियो बनाउने लक्ष्य राखेको र क्षेत्रीय मामिलामा संरा अमेरिकाको नियन्त्रण अझ बलियो बनाउन चाहेको देखिएको छ ।
दक्षिण कोरियाको सन्दर्भमा बाइडेन सरकारले हालै सम्पन्न राष्ट्रपति निर्वाचनलाई संरा अमेरिका–दक्षिण कोरिया एकतालाई बलियो बनाउने अवसरको रूपमा लिएको देखियो । त्यस्तै उसले दक्षिण कोरियालाई ठूला शक्तिसँग सन्तुलित सम्बन्धको कूटनीतिबाट अलग राख्ने वा भुलाउने प्रयास गरेको पनि देखिन्छ ।
जापानको सन्दर्भमा उसलाई संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य बनाउन बाइडेन सरकारले समर्थन गरेको छ । त्यस्तै जापानप्रति संरा अमेरिकी सुरक्षा प्रतिबद्धतालाई निरन्तरता दिने विश्वास दिलाएको छ । दुई देशबीचको रणनीतिक सम्बन्ध थप बलियो बनाउने मनसायले संरा अमेरिकाले यस्ता निर्णय गरेको हुनुपर्छ । संरा अमेरिका र जापानले अउकस र क्वाडजस्ता संरचनाको रणनीतिक महत्वलाई पनि थप जोड दिइएको छ ।
यसले संरा अमेरिकाले सहकार्यका आफ्ना ‘लघु संरचना’ लाई जोड्दै लान खोजिरहेको सङ्केत गरेको छ । मोर्चा र समग्र अवस्थाप्रति आफ्नो पूर्ण नियन्त्रण बनाउने उद्देश्यले वाशिङ्टन नै यो मोर्चाको मूल केन्द्रमा बसेको छ ।
दोस्रो, ताइवानको प्रश्न उछालेर संरा अमेरिकाले रुस–युक्रेन द्वन्द्वको कारण आफूमाथि परेको रणनीतिक दबाब अब चीनको काँधमा सार्ने प्रयास गरिरहेको छ । पश्चिमा विश्वको लागि यतिबेलाको सबभन्दा तड्कारो सुरक्षा मुद्दा भनेको रुस र युक्रेनबीचको द्वन्द्व हो । तर, बाइडेन सरकारले भने अझै चीनलाई नै आफ्नो प्रमुख रणनीतिक प्रतिस्पर्धी मान्न छोडेको छैन । रुसको कारण उसले आफ्नो हिन्द–प्रशान्त रणनीतिको कार्यान्वयनको गतिलाई धिमा बनाउने छैन न त उसले चीनमाथि घेराबन्दी र दमनलाई नै कमजोर बनाउनेछ । एसिया फेरि पनि संरा अमेरिकाको सबभन्दा ठूलो भूरणनीतिक चासोको विषय हो ।

बाइडेन सरकारले चीनविरुद्ध प्राविधिक नाकाबन्दी लगाउन ‘सानो क्षेत्रमा बलियो तारबार’ को नीति प्रयोग गर्न खोजेको हो । विश्वभर प्राविधिक वस्तुको उत्पादन र वितरणमा आफ्नो प्रभुत्वको मोर्चाबन्दी गर्न ऊ कुनै कसर बाँकी राख्न चाहँदैन । त्यस्तो मोर्चाबन्दीलाई बलियो बनाएर र आइपीइएफ अघि सारेर संरा अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा प्राविधिक वस्तुको उत्पादन र वितरणलाई आफ्नो नियन्त्रणमा गतिशील बनाउने आशा पालेको छ । यसो गरेर उसले विद्युत्तीय अर्थतन्त्रमा क्षेत्रीय प्रविधि र व्यापारमा आफ्नो प्रभुत्व हासिल गर्न चाहन्छ ।

तेस्रो, ‘सानो क्षेत्रमा ठूलो तारबार’ लगाउने नीतिअन्तर्गत आइपीइएफमार्फत संरा अमेरिकाले औद्योगिक आपूर्ति प्रणालीमा आफ्नो हात बलियो बनाउन प्रमुख प्रविधिमा एकाधिकार जमाउन खोजेको छ । दक्षिण कोरिया पुगेलगत्तै बाइडेन सामसुङको चिप कारखानामा गए । चिप उत्पादन र अन्य आपूर्ति प्रणालीमा सहकार्य गर्ने बलियो इच्छाशक्ति देखाउन उनी सामसुङको कारखानामा पुगेका थिए । उनी एसियामा यस्ता विद्युत्तीय वस्तुको उत्पादन र आपूर्तिमा आफ्नो एकाधिकार र नियन्त्रण बलियो बनाउन चाहन्छन् । आइपीईएफले संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिलाई आर्थिक लाभमात्र दिने छैन, बरु यसले एसिया प्रशान्त क्षेत्रमा आफ्नै प्रभुत्वशाली व्यापार प्रणाली पुनः बनाउने उसको मनसाय उजागर गरेको छ ।
बाइडेन सरकारले चीनविरुद्ध प्राविधिक नाकाबन्दी लगाउन ‘सानो क्षेत्रमा बलियो तारबार’ को नीति प्रयोग गर्न खोजेको हो । विश्वभर प्राविधिक वस्तुको उत्पादन र वितरणमा आफ्नो प्रभुत्वको मोर्चाबन्दी गर्न ऊ कुनै कसर बाँकी राख्न चाहँदैन । त्यस्तो मोर्चाबन्दीलाई बलियो बनाएर र आइपीइएफ अघि सारेर संरा अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा प्राविधिक वस्तुको उत्पादन र वितरणलाई आफ्नो नियन्त्रणमा गतिशील बनाउने आशा पालेको छ । यसो गरेर उसले विद्युत्तीय अर्थतन्त्रमा क्षेत्रीय प्रविधि र व्यापारमा आफ्नो प्रभुत्व हासिल गर्न चाहन्छ ।
संरा अमेरिकाको लक्ष्य भनेको एसिया–प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्नु र अझ बलियो बनाउनु मात्र होइन बरु यो क्षेत्रमा ‘नयाँ शीतयुद्ध’ को जालो थप्नु हो । संरा अमेरिकाको नीति प्रमुख शक्तिबीचको प्रतिस्पर्धामा आधारित भएकोले स्वभावतः उसले एसियाली देशलाई कुनै न कुनै एउटा पक्षको पछि लाग्नुपर्ने अवस्था सिर्जना गर्छ । फलतः यो क्षेत्रको सहकार्यमा चिरा पारिरहेको छ । एसिया–प्रशान्तमा संरा अमेरिकी मोर्चा ‘शीतयुद्धकालीन विरासत’ हो । यो क्षेत्रमा शीतयुद्धताका नसुल्झिएका सुरक्षा समस्याका शृङ्खलालाई अहिले प्रमुख शक्तिबीच नवीकृत तनावको रूपमा अहिले तेर्साइएको छ । ‘चीनको खतरा’ लाई उछालेर र मोर्चाबन्दीलाई उछालेर संरा अमेरिकाले नयाँ शीतयुद्ध थाल्न सक्छ र मोर्चागत द्वन्द्वमा एसियालाई फसाउन सक्छ ।
रुस–युक्रेन द्वन्द्वको कारण संरा अमेरिकाले रणनीतिकरूपमा युरोपलाई आफ्नो वशमा पारिसकेको छ । युरेसियामा अहिले शीतयुद्धको फलामे पर्खाल भत्किँदै छ । रुसविरुद्ध थप नाकाबन्दी लगाउन संरा अमेरिका एसियामा द्वन्द्वात्मक मोर्चाबन्दी गर्न खोजिरहेको छ । यो एसिया प्रशान्त क्षेत्रको लागि पक्कै पनि खतरनाक सङ्केत हो । क्षेत्रीय ‘स्वतन्त्रता र खुलापन’ प्रबद्र्धन गर्न आइपीइएफले विज्ञान र प्रविधिमा एकाधिकार बनाउन आफ्ना साझेदारहरूलाई आफूतिर तान्ने र एसियामा संरा अमेरिका नेतृत्वको असमावेशी समानान्तर आर्थिक प्रणाली बनाउने लक्ष्य राखेको छ । त्यसले नयाँ शीतयुद्धतिर धकेल्ने सम्भावना बढ्छ ।
एक्काइसौँ शताब्दी एसियाको शताब्दी हुने बताइन्छ । तथापि, एसियालाई नयाँ रणनीतिक चौबाटोमा पु¥याएर संरा अमेरिकाले नयाँ शीतयुद्धको जालोमा फसाउन खोजिरहेको छ । यो जालमा फसाएपछि एक्काइसौँ शताब्दीका सुरुका दुई दशकमा एसियामा देखिएको दीर्घकालीन समृद्धि र स्थायित्वको सम्भावनालाई कमजोर बनाउनेछ । बरु एसिया प्रमुख शक्ति राष्ट्रबीच लडाइँको मोर्चा र रणभूमि बनिरहेको छ । शीतयुद्धदेखि नै बाँकी रहेका सुरक्षा समस्या नै युद्धको नयाँ विस्फोटक बनेको छ । यो जालोबाट कसरी जोगिने र ‘एसियाली शताब्दी’ लाई कसरी ‘एसियाको वियोग’ मा नबदल्ने ? सुरक्षाको नयाँ अवधारणा शीतयुद्धकालीन चिन्तनभन्दा अलग हुनुपर्छ र नयाँ सुरक्षा अभ्यास शून्य उपलब्धिको खेल हुनुहुँदैन । यो नै एसिया प्रशान्त क्षेत्रका सबै देशको लागि परीक्षा हो ।
(लेखक चिनियाँ समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानअन्तर्गत अमेरिका अध्ययन संस्थाका सहायक अध्येता हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *