भर्खरै :

व्यक्तिवाद समाजवादको विपरीत विचार

ठूला भनिएका कम्युनिस्ट पार्टीका नेताहरू आफूलाई माक्र्सवादी–लेनिनवादी ठान्छन्, आफ्नो दलको पथ प्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद दाबी गर्छन् । तर, व्यवहारतः ती नेताहरूमा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको कुनै गन्ध देखिँदैन । माक्र्सवाद–लेनिनवादलाई मार्ग निर्देशक मान्नुको अर्थ त्यसलाई व्यवहारमा लागु गर्नु हो या लागु गर्न लागिपर्नु हो, सिद्धान्तलाई व्यवहारसित मिलाउनु हो । कति नेताहरू माक्र्सवाद–लेनिनवादसम्बन्धी ग्रन्थहरू अध्ययन गर्छन्, उनीहरूका मार्ग निर्देशक भनाइहरू कण्ठ गर्छन् । अनि आफूलाई माक्र्स र लेनिनभन्दा ठूला ठान्छन् । तर, तिनै नेताहरू सिद्धान्त र दर्शनलाई व्यवहारमा ल्याउँदैनन् । अझ, त्यस सिद्धान्त र दर्शनविपरीत काम गर्छन् । तिनीहरू माक्र्सवादी–लेनिनवादी भावना प्राप्त गर्न खोज्दैनन् । तिनीहरू आफ्नो ज्ञानको प्रदर्शन गरी विद्वताको परिचय दिन चाहन्छन्, क्रान्तिकारी काममा लागु गर्न चाहँदैनन् । यो व्यक्तिवादको रोग हो ।
व्यक्तिवाद समाजवादको विपरीत विचार हो । सच्चा कम्युनिस्ट नेताहरूले यसलाई आत्मसात गर्दैनन् । तर, व्यक्तिवादविरुद्धको सङ्घर्ष गर्नुको अर्थ व्यक्तिको हितमाथि कुल्चनु होइन । व्यक्तिको हित सामूहिक हितको विपरीत नभएमा त्यसले नोक्सानी गर्नेछैन । तर, हामीले यो कुरा भुल्नु हुँदैन कि समाजवादी व्यवस्थाअन्तर्गत प्रत्येक व्यक्तिले आफ्नो निजी जीवनमा सुधार ल्याउन र आफ्नो व्यक्तिको विकास गर्न सम्भव छ । शोषक वर्गले चलाएको समाजमा सोही वर्गका केही समुदाय या मानिसहरूको व्यक्तिगत स्वार्थ पूरा हुन्छ । त्यो समाजमा श्रमजीवी जनताको हितलाई पैतलामुनि कुल्चिन्छ । समाजवादी व्यवस्थामा श्रमजीवी जनता मालिक हुन्छ । त्यो समाजमा व्यक्तिको हित समूहको हितभित्र रहन्छ या समुदायको हित पूरा भएपछि व्यक्तिको हित पनि पूरा गर्न सकिन्छ ।
साम्राज्यवादी देशहरू समुदाय, समाजभन्दा नितान्त व्यक्तिगत स्वार्थ पूरा गर्न लाग्छन्, लागिरहेका छन् । उनीहरू आफ्नो दर्शन र विचारभन्दा फरक समुदायका व्यक्ति, दल र देशका शासकहरूलाई बाँकी राख्दैनन् । साम्राज्यवादी अमेरिकाले संसारको दर्जनौँ मुलुकमा आक्रमण ग¥यो, ध्वस्त पा¥यो । अरू देशमा आक्रमण गर्ने, ध्वस्त पार्ने, नाकाबन्दी गर्ने, देश–देश र देशका जनताबीच लडाएर आतङ्क मच्चाउने र हतियार व्यापार गर्ने देश वास्तवमै आतङ्ककारी देश हो । आतङ्ककारी देशलाई संयुक्त राष्ट्र सङ्घले ठाउँमा ल्याउनुपर्ने हो । अमेरिकाकै कारण रुसले युक्रेनमा आक्रमण गर्नु परेको हो । यही कारण आज संसारका स्वाधीन र सार्वभौम मुलुकहरू साम्राज्यवादी देश अमेरिकाको विरोध गर्दै छन्, अमेरिका एक्लिँदै छ ।
यसरी नै साम्राज्यवादी देश अमेरिकाको जीवनभर लड्ने एक क्रान्तिकारी हुन्– भियतनामका राष्ट्रपति होचि मिन्ह । उनी राष्ट्रिय स्वतन्त्रता अभियानका अदम्य साहसका सफल योद्धा थिए । उनको सम्पूर्ण जीवन साम्राज्यवादको विरुद्ध क्रान्तिकारी सङ्घर्षमा बित्यो । अमेरिकाले भियतनाम युद्धमा दुई सय अर्ब डलर खर्च गरेको थियो । अमेरिकाले भियतनाममा ६७ टन बम बर्सायो । हो, भियतनाम युद्धमा अमेरिकी साम्राज्यवादी सेना ७५ हजारभन्दा बढी मरे । अमेरिकाले भियतनाम युद्धमा ८ हजार हवाईजहाज र ४ हजार हेलिकप्टर गुमाउनुप¥यो । अमेरिकी साम्राज्यवादले भियतनामी जनताको क्रान्तिकारी युद्ध दबाउन अणुबमबाहेक अरू सबै प्रकारका घातक बम तथा हतियारहरू प्रयोग ग¥यो । तर, पनि त्यस युद्धमा अमेरिका हा¥यो र भियतनामी जनता जिते । संसारका दर्जनौँ मुलुकमा साम्राज्यवादी देश अमेरिकाले अहिले पनि हैकम लाड्दै छ । अतः साम्राज्यवादविरुद्ध लड्न सङ्घर्ष जारी राख्नुपर्छ, साम्राज्यवादविरुद्ध लड्न स्वाधीन र सार्वभौम देश र देशका जनता एकजुट भइरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published.