“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडौँ, १९ जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति काठमाडौँले शुक्रबार रासायनिक मल समयमै व्यवस्थाको माग गर्दै जुलुस तथा सभाको आयोजना गर्ने भएको छ । रोपाइँको समयमा पनि देशभर रासायनिक मलको हाहाकार भएपछि सङ्घले राजधानी काठमाडौँको रत्नपार्कबाट जुलुस सुरु गर्ने कार्यक्रम तय गरेको हो ।
रत्नपार्कबाट सुरु हुने जुलुस बागबजार, पुतली सडक, प्रदर्शनीमार्ग, सहिद गेट, न्युरोड, इन्द्रचोक, भेडासिं, असन हुँदै भोटाहिटी पुगेर सभामा परिणत हुनेछ । जुलुस दिनको ३ बजे सुरु हुनेछ ।
उक्त जुलुसमा सहभागी हुन सङ्घले किसान, मजदुर, युवा, विद्यार्थी, शिक्षक, कर्मचारी, महिला तथा सर्वसाधारण जनताको उपस्थितिको लागि आग्रह गरेको छ ।
कृषिप्रधान देशमा प्रत्येक वर्ष मलको हाहाकार हुन्छ । प्रत्येक वर्ष हुने मलको हाहाकार रोक्न सरकार किन समयमै पहल गर्दैन ? स्वदेशमै मल कारखाना पनि नखोल्ने र मल पनि समयमा नल्याउने कस्तो सरकार ¤ खेतीपातीको लागि रासायनिक मल आवश्यक हुन्छ भन्ने कुरा के कृषिमन्त्रीलाई थाहा नभएको हो ? सत्तासीन दलका नेता र मन्त्रीहरूलाई थाहा नभएको हो ? सरकारले समयमै टेन्डर गरेर रासायनिक मलको व्यवस्था गर्नुपर्दैन ?
प्रत्येक वर्ष मलको हाहाकार भएको देखेरै नेपाल क्रान्तिकारी किसान सङ्घले रासायनिक मल कारखाना खोल्न समय–समयमा सरकारको ध्यानाकर्षण गर्दै आएको हो । तीन–चार दशकदेखि उठाउँदै आएको सो सङ्घको मागलाई आजको दिनसम्म कुनै पनि सरकारले ध्यान दिएको छैन । सत्तासीन दलका नेता र मन्त्रीहरूले कहिलेकाहीँ मल कारखाना खोल्ने आश्वासन बाँडे पनि व्यवहारमा लागु गरिरहेका छैनन् । मलको यही समस्याबारे सरकारको ध्यानाकर्षण गर्न नेक्राकिसङ्घले रत्नपार्कमा भेला भएर जुलुस प्रदर्शन तथा सभा गर्न लागेको हो ।
Leave a Reply