नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
काठमाडौँ, २० जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्मासँग रोपाइँ सुरू भइसकेको तर किसानलाई मल उपलब्ध नभएको बारे प्रश्न गर्नुभयो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री शर्मासँग प्रश्न सोध्नेक्रममा सांसद सुवालले शैक्षिक सत्र सुरू भएको तर जिल्ला–जिल्लामा पाठ्यपुस्तक नपुगेको बारे पनि प्रश्न गर्नुभयो ।
बजेट निर्माणको क्रममा अर्थमन्त्री शर्माले नेपाल मजदुर किसान पार्टीसँग सुझाव नलिएको र अन्य राजनीतिक दलसँग सुझाव लिएको बारे सूचना सार्वजनिक नभएको उल्लेख गर्दै सांसद सुवालले बजेटको सिद्धान्त र प्राथमिकता एवं नीति तथा कायक्रमको छलफलमा राखेको सुझावलाई बजेटमा समावेश नगरिएको बारे जिज्ञासा राख्नुभयो ।
सांसद सुवालले अर्थमन्त्रीसँग बजेटमा विदेशी नागरिकलाई अपार्टमेन्ट बिक्री गर्ने व्यवस्था एक एक पाइला गरी देश बिक्री गर्ने किन होइन भनी प्रश्न गर्नुभयो ।
यसअघि अर्थमन्त्री शर्माले प्रतिनिधिसभामा बजेट निर्माणको सिलसिलामा सबै राजनीतिक दलहरूसँग सुझाव मागेको झूटा कुरा बोल्नुभएको थियो ।
अर्थमन्त्री शर्माले ‘रासायनिक मल आउने क्रममा छ, बाटोमा आउँदै छ, यो साँचो कुरा हो’ आदि बोल्नुभएको थियो ।
अर्थमन्त्री शर्माले सांसद सुवालले उठाउनुभएको अन्य प्रश्नको जवाफ दिने साहस गर्नुभएन । अर्थमन्त्रीले कर्णालीका मानिसको औसत आयु ६७.३७ वर्ष र सुदूरपश्चिमका मानिसको औसत आयु ६६ वर्ष भएको हुँदा ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ६८ वर्षमा ल्याएको उल्लेख गर्नुभयो ।
बैठकको सुरूमा मूल्यवृद्धिको विरोधमा जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको थियो ।
सो छलफलमा सांसद सुवालले बहुदलयता ३२ वर्षमा पालैपालो सरकारमा गएका राजनीतिक पार्टीहरू नेका, एमाले, माओवादीले मूल्य नियन्त्रण गर्न नसकेको र महँगी अकासिएको उल्लेख गर्नुभयो ।
तत्काल मूल्यवृद्धि घटाएर जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा लगाइएको सरकारी कर छुट हुनुपर्ने, भारतसँग पारवहन अधिकार लिन अन्तर्राष्ट्रिय अदालतमा उजुरी दिनुपर्ने, भारतसँगको कोसी, गण्डक, महाकाली, कर्णाली, अरूणलगायत सम्झौता खारेज गरी राज्यको बजेट जलविद्युत् उत्पादनमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले भारतीय एकाधिकार पुँजीले नेपालीलाई सजिलै बाँच्न नदिने, यसैकारण गत फागुनमा भएको दुई सरकारबीच भएको सम्झौताअनुसार भारत सरकारले रासायनिक मल नपठाएको उल्लेख गर्नुभयो ।
रोपाइँको लागि रासायनिक मल अभाव भइसक्दा समेत देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकारले आफ्नो उपस्थिति देखाउन नसकेको, अमेरिकी साम्राज्यवादले ल्याएको रूस–युक्रेन द्वन्द्वमा पञ्चशीलको सिद्धान्त र असंलग्नताविपरीत संयुक्त राष्ट्रसङ्घमा रूसको विपक्षमा मत दिएर अमेरिकी साम्राज्यवादलाई खुसी तुल्याएको उल्लेख गर्दै सांसद सुवालले रूसले भारतलाई अन्तर्राष्ट्रिय बजारको मूल्यको एकतिहाइमा पेट्रोलियम पदार्थ आपूर्ति गरेको तर्फ देउवा सरकार सचेत नभएको बताउनुभयो ।
सांसद सुवालले आत्मनिर्भर अर्थतन्त्रको लागि पाँचदलीय गठबन्धन सरकारले भूगोल र जनसङ्ख्यामा नेपालसँग मिल्दो देशहरू क्युवा र प्रजग कोरियाबाट सिक्नुपर्ने उल्लेख गर्दै पेट्रोलियम पदार्थ खरिद, रासायनिक मल र चिनी खरिद, वाइडबडी खरिद, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, ललिता निवासको सरकारी जग्गा, छाया कम्प्लेक्स व्यक्तिको नाममा दर्ता, द्रुतमार्ग निर्माण, धमिजा काण्ड, एलसी काण्डलगायतको कमिसनबारे संसदीय छानबिन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले यौन हिंसाविरूद्ध विधेयक र फौजदारी कसुर विधेयकमा विरोधको सूचना पेश गर्दै यससम्बन्धी गम्भीर कसुर गरेकालाई अपराध हेरी ज्यान सजायसमेत गर्न सविधान संशोधन गर्न सरकार र संसद्को ध्यानाकर्षण गराउनुभयो ।
उहाँले यस्ता अपराधलाई दुरूत्साहन गर्न सजायसम्बन्धी विषय विद्यालय र कलेजको पाठ्यपुस्तकमा समावेश गर्नुपर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा विनियोजित विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पेश गरियो ।
दोस्रो बैठकमा विनियोजन विधेयकको सैद्धान्तिक छलफल सम्पन्न भयो ।
Leave a Reply