नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
इन्डोनेसियाको बाङडुङ र क्युवाको हवाना भूगोलले टाढा छन् । यी दुई सहरबीच १७ हजार किलोमिटरको दूरी छ । तैपनि, दक्षिण गोलाद्र्धका धेरै जनताको कल्पनामा यी सहर वैचारिक हिसाबले नजिक छन् ।
तेस्रो विश्व अभियान भर्खर स्वतन्त्र भएका राज्यहरू र राष्ट्रिय मुक्तिको सङ्घर्षमा लागेका देशहरूबीचको निरन्तरको सहकार्यबाट जन्मेको थियो । यसले आज पनि शान्ति र तटस्थताको लागि हुने आन्दोलनहरूको इतिहासलाई परिभाषित गर्न छोडेको छैन ।
१९५५ अप्रिल १८ मा बाङडुङ सम्मेलन सुरु हुँदा फिडेल क्यास्त्रो राजनीतिक कैदी हुनुहुन्थ्यो । उहाँलाई हवानाभन्दा दक्षिणमा पर्ने पाइन्स टापुमामा कैद गरिएको थियो । ठीक दुई वर्षअघि मोनकाडा छाउनीमाथि सङ्गठितरूपमा आक्रमण गरेको कसुरमा उहाँलाई १५ वर्ष काराबासको सजाय दिइएको थियो । उक्त आक्रमण असफल भएको थियो ।
काराबासका ती दिनहरूमा युवा फिडेलले गहिरो अध्ययन गर्नुभयो । सार्वभौमिकता र स्वतन्त्रतासम्बन्धी आफ्नो विचारहरूलाई उहाँले खार्नुभयो । तिनताका साम्राज्यवादले संसारभरि कसरी आफ्नो दबदबालाई निरन्तरता दिने भनी नयाँ शैलीको विकास गर्दै थियो । शीतयुद्धको त्यो परिवेशमा फिडेलले आफ्ना विचारलाई कसरी परिभाषित गर्ने भन्ने विषयमा ठोस धारणा बनाउनुभयो । कैदमा फिडेल र उहाँका साथीहरूले क्युवाको लागि नयाँ बाटो कोर्नुभयो । राष्ट्रिय स्वाधीनताको आफ्नो उद्देश्य तेस्रो विश्वका जनताको असंलग्न आन्दोलन सुदृढ पार्ने व्यापक अभियानसँग गाँसिएको कुरा उहाँहरूले स्पष्ट बुझ्नुभएको थियो ।
बाङडुङ सम्मेलनबाट तेस्रो विश्वका नेताहरूले तत्कालीन विश्व व्यवस्थाको पुनः संरचना गर्न एउटा विश्वव्यापी सङ्घर्ष छोडे । सम्मेलनले समाजवादी देशहरू र तेस्रो विश्वका देशहरू एकै ठाउँ ल्याएको थियो । उपनिवेशवादबाट मुक्तिको प्रक्रियालाई सबल तुल्याउने सङ्घर्षमा ती देशहरूबीच बढ्दो एकता देखियो । बाङडुङ सम्मेलनमा एसिया र अफ्रिकाका स्वतन्त्र सरकारहरूले साम्राज्यवाद र उपनिवेशवादविरोधी सङ्घर्षलाई ब्युँताउनुपर्ने टडकारो आवश्यकता देखे । उनीहरूले आफ्ना जनताको हित र आकाङ्क्षा सुदृढ पार्ने र एकता कसिलो बनाउनुपर्ने आवश्यकता महसुस गरे ।
ल्याटिन अमेरिकाका बहुसङ्ख्यक सरकारहरू आफ्ना जनताको साझा हित र आकाङ्क्षाविरुद्ध गए । अझ उनीहरूले ‘अमेरिकी राज्यहरूको सङ्गठन’ (ओएएस) का मुकुण्डो भिरेर अमेरिकी साम्राज्यवादसामु घुँडा टेके । त्यो सङ्गठनले संरा अमेरिकाको ‘उपनिवेशहरूको मन्त्रालय’ को रूपमा काम गर्न थालिसकेको थियो ।
(ओएएसलाई फिडेलले पछि ‘उपनिवेशहरूको मन्त्रालय’ भन्नुभएको थियो ।)
सन् १९५९ मा क्युवाली क्रान्ति भयो । त्यो क्रान्ति एउटा मोड थियो । अमेरिकासँगको सम्बन्धमा ल्याटिन अमेरिका पछि फर्किन नपर्ने भयो । अमेरिकाले उक्त क्रान्तिकारी प्रक्रियालाई मान्यता नदिने निर्णय ग¥यो । सन् १९६१ सम्ममा त्यस क्षेत्रमा क्युवा अमेरिकी आक्रमणको तारो बन्यो । त्यसपछि लगाइएको नाकाबन्दी आज ६ दशक पार गर्दा पनि जारी छ । इतिहासमा पहिलोचोटि गुरिल्ला युद्धले क्रान्ति सम्पन्न गरेर अमेरिका साम्राज्यवादलाई आफ्नो नाकैमुनि चुनौती दिइयो । क्रान्तिले सामाजिक र आर्थिक संरचनामा दीर्घकालीन रूपान्तरण ल्यायो । यी परिवर्तनहरू अमेरिकाका नवउपनिवेशवादी स्वार्थहरूसँग बाझिए ।
लगत्तै क्युवा तटस्थ आन्दोलन
(नाम) मा गाँसिने एकमात्र ल्याटिन अमेरिकी देश बन्यो । यो आन्दोलन १९६१ मा युगोस्लाभियाबाट उदाएको थियो । फिडेल र क्युवाली क्रान्तिले अन्तर्राष्ट्रिय ऐक्यबद्धतामा रणनीतिक भूमिका खेल्न थाले । यो ऐक्यबद्धताले तेस्रो विश्वका जनताका साम्राज्यवाद र उपनिवेशवादविरोधी मुक्ति सङ्घर्षहरूलाई एकढिक्का पारेको थियो । क्युवाली क्रान्ति आफ्नो भाग्य ल्याटिन अमेरिका, एसिया र अफ्रिकी जनताको भाग्यसँग जोडिएको छ भन्नेमा सचेत थियो । सन् १९६२ मा फिडेलले भन्नुभएकै थियो, “ल्याटिन अमेरिकाको इतिहासबिना क्युवाको इतिहास के नै हो र ? एसिया, अफ्रिका र ओसिनियाको इतिहासबिना ल्याटिन अमेरिकाको इतिहास नै के हो र ? अनि समस्त विश्वमा साम्राज्यवादको असाध्यै कठोर र क्रूर शोषणको इतिहासबिना यी सम्पूर्ण जनताको इतिहास नै के हो र ?”
सन् १९६१ मा क्युवा असंलग्न आन्दोलनमा जोडियो । त्यसबेला उसको विदेश नीति रणनीतिकरूपमा परिभाषित गर्नुपर्ने चरणमा थियो । तेस्रो विश्वप्रतिको क्युवाको प्रतिबद्धता उसको अन्तर्राष्ट्रिय रणनीतिको मियो बन्यो । नाम वा असंलग्न आन्दोलन वा तीन महादेशीय सम्मेलन होस् अथवा एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताको ऐक्यबद्धता सङ्घ (ओएसपीएएएएल) होस्, ऊ यो प्रतिबद्धतामा अटल रह्यो ।
१९६६ जनवरीमा हवानामा ओएसपीएएएएलको प्रथम सम्मेलन भयो । त्यहाँ उपस्थित धेरै राष्ट्रिय स्वाधीनताका निम्ति लडिरहेका आन्दोलनकारी देशहरू असंलग्न आन्दोलनमा जोडिए र तेस्रो विश्व अभियान झाँगिदै गयो । सन् १९६१ मा समाजवादी युगोस्लाभियाको राजधानी बेलग्रेडमा ‘नाम’ को स्थापना भयो । त्यस बैठकका सहभागी क्युवाली राष्ट्रपति ओस्वाल्दो दोर्तिकोस तोर्रादोले भन्नुभयो, असंलग्नताको अर्थ “हामी प्रतिबद्ध देश होइनौँ भन्ने होइन । हामी आआफ्ना सिद्धान्तहरूप्रति प्रतिबद्ध छौँ । हामीमध्ये शान्तिप्रेमी जनता आफ्नो सार्वभौमिकताको लागि लड्छौँ, पूर्ण राष्ट्रिय विकास हासिल गर्न सङ्घर्ष गर्छौँ । हामी ती प्रगाढ आकाङ्क्षामा प्रतिबद्ध छौँ, ती सिद्धान्तहरूमा विश्वासघात नगर्ने कुरामा प्रतिबद्ध छौँ ।”
धेरैले क्युवालाई सोभियत सङ्घसँग ‘संलग्न’ रहेको भनी आलोचना गरेका थिए । राष्ट्रिय मुक्तिलाई समाजवादी आन्दोलनसँग जोडेको भनी गाली गरेका थिए । त्यसैले दोर्तिकोसले असंलग्नतालाई पुनः परिभाषित गर्नुभयो । उहाँले “सामान्य सूत्रभन्दा अघि बढेर ठोस समस्याहरूमा ध्यान दिनुपर्ने” समयको मागबारे बताउनुभयो । तेस्रो विश्वका सबैभन्दा प्रगतिशील शक्तिहरूसँगको सम्बन्ध जोडिरहेको सन्दर्भमा क्युवाली विदेश नीतिभित्र असंलग्नताको के अर्थ रहने भनी सजीव परिभाषा दिनु महत्वपूर्ण थियो ।
सन् १९७३ तिरबाट ‘नाम’ को चिन्तनबाट ‘तटस्थता’ को विचार त्यागिएको देखिन्छ । (आन्दोलनको थालनीदेखि नै यो विचार व्याप्त थियो ।) १९७३ यता विश्वका आर्थिक सम्बन्धहरूमा पनि ‘तटस्थता’ को विचार पहिलेभन्दा त्यागिँदै गएको छ । नयाँ विश्व अर्थव्यवस्थाको आवश्यकताको प्रतिरक्षा गरिँदै छ । सोभियत सङ्घको विघटनपछि र अमेरिका प्रभुत्वको तहमा उठेको स्थितिमा असंलग्न आन्दोलनले नयाँ यथार्थअनुसार चल्न सङ्घर्ष ग¥यो र अक्षुण्ण रह्यो ।
हालैका वर्षहरूमा ल्याटिन अमेरिकामा क्षेत्रीयतावादले पुनःजन्म पाएको छ । युरोप एक ढिक्का हुँदै गर्दा तटस्थता र असंलग्न आन्दोलनको महत्वबारे फेरि सोचविचार गरिँदै छ । विश्वभरका जनता अमेरिकाले अपनाउने दबाबपूर्ण दाउपेचबारे जानकार छन् । अमेरिकाले वासिङटनको आदेशसामु घुँडा नटेक्ने देशहरूलाई एक्ल्याउने प्रयास गर्दै आएको छ । २०२२ जून (६–१०) मा हुने ओएएस देशहरूको ‘अमेरिकीहरूको सम्मेलन’ को सिलसिलामा यो कुरा प्रस्ट भयो । लस एन्जलसमा हुने यो सम्मेलनमा क्युवा, निकारागुआ र भेनेजुयलालाई सहभागी हुनबाट वञ्चित गरे सम्मेलनलाई बहिष्कार गर्ने बोलिभिया र मेक्सिकोले चेतावनी दिएका छन् । सो सम्मेलनको विकल्पको रूपमा २०२२ जून ८–१० मा क्यालिफोर्नियाको लस एन्जलसमै ‘प्रजातन्त्रको निम्ति जनसम्मेलन’ आयोजना हुँदै छ । यसले बाङडुङ र हवानाको झन्डा माथि उठाउँछ, बहिष्कृतहरूका स्वरहरू एक ठाउँ ल्याउँछ ।
(लेखक सान्तोस ट्राइकन्टिनेन्टलका अनुसन्धाता हुन् । उनी प्रजातन्त्रका लागि जनसम्मेलनका एक संयोजक हुन् । उनले ‘भिभिरेमोस : भेनेजुयला भर्सेज हाइब्रिड वार’ र ‘कमरेड अफ द रिभोल्युसन :सिलेक्टेड स्पिचेज अफ फिडेल क्यास्ट्रो’ जस्ता पुस्तकको सहसम्पादन गरेका छन् ।)
Leave a Reply