बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
रोपाइँ सुरु भए पनि सरकारले बजारमा मल उपलब्ध गराउन सकेको छैन । किसानहरू मलको लागि यताउति धाउन थाले । हरेक वर्ष रोपाइँको बेला मल नपाउँदा किसान हैरान हुन्थे र पाए पनि चर्को मूल्यमा मल खरीद गर्न बाध्य हुन्थे । धानबालीको लागि मात्र नेपालमा सात लाख मेट्रिक टन युरिया मल आवश्यकता पर्दछ । हरेक वर्ष सरकारले वार्षिक तीन लाख मेट्रिक टनको हाराहारीमात्र आयात गर्ने गरेको देखिन्छ । यसले गर्दा बजारमा हरेक वर्ष मलको अभाव देखिएको हो । यसरी हरेक साल रोपाइँको बेला किसानहरूले मलको लागि हैरानी व्यहोर्न पर्दा पनि शासक दलहरूले त्यसको दीर्घकालीन समाधानको बाटो कहिल्यै पहिल्याउने काम गरेनन् । यसबाट शासक दलहरू किसानहरूको समस्याप्रति कति पनि गम्भीर नभएको प्रस्ट हुन्छ ।
किसानहरूको समस्या लिएर आन्दोलन गर्दै आएका कतिपय किसान नेताहरू धेरै पटक कृषिमन्त्री भए । कृषिमन्त्री किसानकै छोराहरू हुन्थे । त्यसबेला किसानहरू आफ्नो समस्या सुल्झिने आशा गर्दथे । तर, किसानहरूको समस्या समाधान गर्नेबारे कुनै पहल हुँदैन ।
बहुदलपछिको पहिलो संसद्मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालमै मल कारखाना नखोलेसम्म किसानहरूले सधैँ रासायनिक मलको समस्या भोग्नपर्ने हुँदा नेपालमै मल कारखाना खोल्नका लागि जोडदार माग गरेका थिए । त्यस विषयमा नेपाल मजदर किसान पार्टीका सांसदहरूले हरेक वर्ष रोपाइँ हुन अगाडि रासायनिक मलको लागि आवाज उठाउँदै आएको सर्वाविदित्तै छ । तर, त्यस आवाजको सुनुवाइ अहिलेसम्म भएको छैन ।
सरकारले यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिलाई आर्थिक वृद्धि र रोजगारीको विकास गर्ने लक्ष्य राखेको छ । कृषिलाई आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने उद्देश्य राखेको छ । तर, कृषिलाई नभई नहुने रासायनिक मल समयमै उपलब्ध गराउनेतर्फ सोचेको देखिएन । योजना र उद्देश्य जस्तोसुकै भए पनि किसानहरूको लागि मल आवश्यक हो । मलबिना कसरी उत्पादन वृद्धि हुन्छ ? कसरी आर्थिक वृद्धि र आयात प्रतिस्थापन हुन्छ ? हालसम्म बजारमा मल छैन । हरेक मलको गोदाम खाली छ । नियमित वर्षाले रोपाइँ हुन लागिसकेको छ । कति ठाउँमा रोपाइँ भइरहेको छ । मलबिनाको धानबाली के होला ? किसानहरूलाई त्यही चिन्ता छ । किसानहरूले मलको लागि आन्दोलन गरिसकेका छन् । तर, सरकार कानमा तेल हालेर बसेको छ । मल नपाएर किसानहरूले भन्न थालेका छन्, “सरकारको काम के ? मन्त्रीहरूको काम कुर्सीमा मात्र बस्नु हो ? के किसानहरू भोकै मरून् भन्न चाहेको हो ? कमिसनको चक्रले मल कारखाना खोल्न त बिर्से । के असारमा रोपाइँ लाग्छ, त्यसको लागि मलको व्यवस्था गर्नुपर्छ भन्ने पनि बिस्र्यो ? भन्नुस् सरकार ¤ कहिले आउँछ मल ?”
Leave a Reply