भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर ऐतिहासिक, सांस्कृतिक र प्राचीन नगर हो । पुरानो बस्तीको भक्तपुर नगर जीवित सङ्ग्रहालय हो । यो सभ्यताको पहिचान बोकेको नगर हो । यो सम्पदास्थलको सहर हो । यहाँ अझै पुराना पुराना नाचगान, बाजागाजाहरू छन् । जन्मदेखि मृत्यु हुँदा बखत प्रयोग गरिने सबै माटाका भाँडाकुँडाहरू यहाँ छन् । नाचगानमा लाउने पुराना पोशाक, नाचगानमा प्रयोग हुने मूर्ति, गहना पनि नाचगान टोलीसँग रहेको हुन्छ । त्यस्तै दैनिक जीवनमा प्रयोग हुने पित्तल, चाँडी, ढलोट, फलामका सामानहरू पनि स्थानीय जनतासँग छन् । माटा, छाला, चाँडी, पित्तल, ढलोट, काँसजस्ता पुराना मुद्राहरू पनि सङ्कलन गर्न सकिन्छ । पहिले ओखल र मुसल प्रयोग गरी चिउरा कुट्थे । चामल चुट्ने ढिकी पनि यहाँका पुरानै सामग्री हुन् । पहिले छुट्टै घरेलु तानमा कपडा बुन्थे । कपडा बुन्दा प्रयोग हुने सामान पनि नयाँ पुस्ताको लागि नौलो हुन्छ । यी सामानहरू संरक्षण गर्न नसके लोप हुन्छ, लोप हुन बेर लाग्दैन । यस्ता मौलिक सम्पदा, वस्तु या सामग्री संरक्षण गर्नको निम्ति सङ्ग्रहालयको खाँचो हुन्छ । हो, त्यो सङ्ग्रहालय जीवित सङ्ग्रहालय होला, त्यो सङ्ग्रहालय सांस्कृतिक सङ्ग्रहालय होला ।
भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा भक्तपुरको जनजीवन झल्किने सांस्कृतिक सङ्ग्रहालय स्थापना गर्ने कुरा उल्लेख छ, त्यसको लागि निर्माण कार्य अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । यो अरू कुनै नपामा नभएको छुट्टै महत्व र पहिचानको सङ्ग्रहालय हुनेछ । यो देशकै लागि नुमना सङ्ग्रहालय हुनेछ र यो स्वदेशी तथा विदेशीहरूको अर्को आकर्षण केन्द्र पनि हुनेछ । यो आय आर्जनको स्रोत पनि बन्ने छ ।
भक्तपुरमा चित्रकला सङ्ग्रहालय छ । धातुकला सङ्ग्रहालय छ । यी सङ्ग्रहालय पनि त्यत्तिकै महत्वपूर्ण छन् । यसरी नै अन्य सांस्कृतिक सङ्ग्रहालयको माग र आवश्यकता उहिल्यै भएको हो । भक्तपुर नगरपालिकाले खोल्न लागेको सांस्कृतिक सङ्ग्रहालय कस्तो हुन्छ, कहाँ खोल्छ, सङ्ग्रहालयमा के के रहन्छ ? यो जनचासोको विषय हो । सांस्कृतिक सङ्ग्रहालय खोलेमा यो नपाको अर्को उदाहरणीय, उत्कृष्ट र देशकै लागि नमुना हुनेछ ।
Leave a Reply