विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
यात्रामय जीवन ! यात्रैयात्रा जीवनभर नै यात्रा ! मानव चेत गतिविहीन बाँच्न सकोइन । जीवनका पलपल निश्चल रहन नसक्नु लीलामय जीवन लीला ! भ्रुण लीला प्रारम्भिक लीला ! भ्रुण जीवनको श्रीगणेश लीला भन्नु जीवनको प्रारम्भिक गति ! गति सलबलाइ ! अलमलाइ होइन ! साद्देश्य लक्ष्य बनाई गतिमान हुनु ! भ्रुणको लक्ष्य साकार हुनुु ! साकार हुनु – आकार लिनु ! आकार ग्रहण हुनु प्रकृतिकै शाश्वत नियमित लिला ! प्रकृति भूभौतिक अवस्थामा सार्थक विद्यमान अवस्था नकारेर नकारिन्न ! ऐच्छिक चाहनाभन्दा उत्सर्गमूलक ! नचाहँदा पनि प्राप्तिन्छ ! नियमित आकस्मिकता प्रकृतिको लीला ! दार्शनिक नेपाली नाटक शिरोमणि स्वर्गीय बालकृष्ण समका चैतन्य–बौद्धिक विज्ञान !
दार्शनिक – बौद्धिक – चैतन्य चोलाधारी वैज्ञानिकहरू आफ्ना कृतिमाथि बाँच्छन् युग युगान्तर । समाजसेवी मानव सेवा धर्म ठानी–मानी सार्थक मृत्युवरण गर्छन् । मृत्युवरणको रहस्य मृत्युलाई शरीरले ओढ्नु । शरीरले मृत्यु ओढ्नुको प्रतीकात्मक अर्थ कात्रोले शरीर छोप्नु, छोपिनु ! विश्वव्यापी मानव सभ्यतामूलक संस्कार बनेको छ । अस्पतालदेखि झोपडीव्यापी चलन हो, व्यवहार । यही सदाचार संस्कृति रहे, बनेकोले हो । अभ्यस्त छौँ सबै हामी । निर्विवाद सत्य !
जे होस्, हाम्रो मूल चर्चा शोभा – यात्रा– जीवनकै पूर्ण यात्रा ! शोभा जीवनधारी हामी जो कसैको नि नाम–संज्ञा हुनसक्छ । संज्ञा शब्द साझा सामाजिक निधि बन्छ । निधित शोभा ! शोभाको अर्थ–मर्मबोधि पुरुष नारी वर्गको समाजको मर्मबोधि अन्तर्य नै ! तिनै अन्तर्यले मर्म बोध गराउँदो हो, हुन्छ नै ! शोभाको शोभायात्रा सार्थक ! जीवनचर्याको लीलामय विसर्जन ! सांसारिकता ! सांसारिकता विश्वजन्य नियति ! नियति स्वाभाविक –शाश्वत सत्य ! विधिको विधान – प्रकृतिप्रदत्त । प्रकृतिप्रदत्त विधान नर–नारीहरूले रचेका होइनन् किमार्थ ! किमार्थ भन्नु कुनै पनि नभएर सिधै–सोझै प्राकृत देन ।
मानव निर्मित देन समुदाय, समाज, वर्ग विशेषकै छुट्टै हुन्छ । फरक यस निमित्त हुन्छ– अलगअलग परिवेशमा, फरकफरक प्राकृतिक पर्यावरणमा जीवनयापन, व्यतीत गरेका हुन्छन् । हुन्छौँ सत्य–तथ्यमा ! प्रकृति अलगअलग भौगोलिक अवस्थिति, उँचो भूसतह, मध्य पहाड, खोँच, बेँसीका अलग फरक तापक्रम शाश्वत सत्य–यथार्थ ! विश्व मान्यता रहेको यही नै !
यथार्थमा शोभा प्रधान भक्तपुरकी नारी पात्र रहेकी छन् । पात्र बन्न चरित्र निर्माण गर्नुपर्दो रहेछ । शोभाले सत्य–निष्ठावान चरित्र निर्माण गरिन् । केही सामाजिक, शैक्षिक, राजनैतिक जीवनपद्धति । पद्धतिले जीवनशैली ढाल्न रसायन तत्व आफसेआफ निर्माण गर्छ । बृहद् फराकिलो दाम्पत्य, पारिवारिक, समाज र दृढ सङ्कल्पित मनस्थितिले सुदृढ पार्न टेवा दिँदो हुन्छ । त्यसमाथि अझै–आफ्नै दाम्पत्य लीलामय जीवनशैली निर्माण भएर सुदृढीकरण भइसक्दा त राजमार्ग निर्माण भइसक्दो हुन्छ । आफ्नै अन्तस्करणको सचेत अभिव्यक्ति यो !
सचेत अभिव्यक्तिकर्ता, अलि भावुक हुन्छ । केही सिर्जनाशील बन्छ । सिर्जनाशीलता आयामिक पद्धति चहार्छ । अलिअलि कल्पना केही शब्द संयोजन अनि वाक्य विन्याश, शैली सिर्जनामा मन–चिन्तन खन्याउँछ । सिर्जनशील मन मस्तिष्क, शाश्वत चेतधारी बन्धुबान्धव, रसिलो वा नीलकण्ठ फुक्छन् । वार्तालाप गर्छन् !
आफ्नै पारामा शोभा – यात्रा – जीवनकै पूर्ण यात्रामाथि श्रद्धाञ्जली !
Leave a Reply