इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
- असार १४, २०८३
भक्तपुर, २२ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) की जीवन सङ्गिनी, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष एवं नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानको निधनमा बुधबार श्रद्धाञ्जली सभा भयो ।
नेक्रामसङ्घ प्रभात एकाइ समितिको आयोजनामा भएको उक्त सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले शोभा प्रधान देश र जनताको सेवा गर्ने इच्छाशक्ति भएकी क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो ।
विसं २०४५ सालको भक्तपुर काण्डमा महिलाहरूलाई जागरूक र सङ्गठित बनाउमा उहाँको योगदान रहेको केन्द्रीय सदस्य सैँजूले बताउनुभयो ।
किसान, मजदुर, शिक्षक र विद्यार्थीहरूको हकहितका लागि सडक आन्दोलनमा प्रधानको योगदान हामीमाझ सधैँ स्मरण भइरहने पनि सभासद् सैंजूले बताउनुभयो ।
नेक्रामसङ्घ भक्तपुर नगर समितिका सदस्य सुशीला कर्माचार्यले शोभा प्रधान देश र जनताको सेवामा लाग्नुपर्ने विचारका प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य रोशनमैँया सुवालले सरल र मिजासिलो व्यवहार भएकी शोभा प्रधान नेमकिपाको विभिन्न आन्दोलनमा सक्रिय भूमिका खेल्ने कुशल राजनीतिक महिला नेतृ हुनुहुन्थ्यो भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अर्का सदस्य गौतम लासिवाले शोभा प्रधानको योगदानको बारेमा चर्चा गर्दै मान्छे जन्मेपछि देश र जनताको निम्ति गरेको योगदान मृत्यु पछि पनि सम्झिरहने बताउनुभयो ।
सभामा विद्यालयका प्रअ बदनकेशरी प्रजापति, शिक्षिका सिर्जु शाही र आयोजक समितिका अध्यक्ष मीरा दुगुजूले शोभा प्रधानको व्यक्तित्वबारे बोल्नुभएको थियो ।
Leave a Reply