के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
भक्तपुर, २७ असार । बाग्मती सभ्यता संरक्षणको सम्बन्धमा सम्बन्धित सर्वोच्च अदालतमा विचाराधीन परमादेश मुद्दामा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिलगायत र काठमाडौँ उपत्यकाभित्रका सबै स्थानीय तहहरूलाई प्रतिवेदनसहित असार २७ गते उपस्थित हुन आदेश भएअनुसार भक्तपुर नपाले बाग्मती खोलामा मिसिने हनुमन्त्ते खोला र खासाङखुसुङ खोला सुधार, ढल निकासको पानी प्रशोधनपश्चात् खोलामा मिसाउन यस नगरपालिका र सम्बन्धित सरोकारवाला सङ्घ संस्थाबाट भइरहेको कार्य विवरण र यस नगरपालिकाबाट फोहरमैला व्यवस्थापनको लागि भइरहेको १७ बुँदे कार्यविवरणसहितको प्रतिवेदन सर्वोच्च अदालतमा प्रस्तुत गर्याे ।
जनहित संरक्षण मञ्च प्रो. पब्लिकको तर्फबाट अधिवक्ता प्रकाशमणि शर्मासमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सम्बन्धमा छलफलको लागि बोलाइएकोमा प्रमुख सुनिल प्रजापतिले काठमाडौँ उपत्यकामा बग्ने नदीहरू सफा गर्ने हो भने उपत्यकाका नगरपालिकाहरूको छुट्टाछुट्टै प्रयासले सम्भव नहुने हुँदा त्यसको लागि सङ्घीय सरकारले नदी सफाइको लागि अधिकार सम्पन्न समिति गठन गर्नुपर्छ भन्नुभयो । उहाँले बाग्मती नदी सुधारको नाउँमा उठाइएको अरबौँ बजेट सबै नगरपालिकाहरूलाई समानुपातिक वितरण गरी खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने र उक्त रकम बैङ्कमा राखेर नदी सफा नहुने बताउनुभयो ।
भक्तपुर नगरपालिका खोला सुधार र वातावरण सुधारको लागि अत्यन्त संवेदनशील भएर लागिरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले आगामी आ.व. २०७९÷८० को लागि खोला सुधार गर्न रू. १ करोड ९५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
उहाँले नगरवासीहरूलाई स्वस्थ राख्न जनचेतनामूलक कार्यक्रमहरू नियमितरूपमा गरिरहेको उल्लेख गर्दै आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्थानीय पाठ्यक्रममार्फत सरसफाइ र वातावरण सुधारको लागि सचेत पार्ने कार्य गरिरहेको स्पष्ट पार्नुभयो ।
बाग्मती सभ्यता संरक्षणमा रहेका सहायक नदी हनुमन्ते खोलाको दुवै किनारमा बाटो निर्माण नभएको तर हनुमन्ते खोलाअन्तर्गत राम मन्दिर (काउन्टर) देखि चुपिंघाटसम्म खोलाको किनारमा ५३.२ मिटर रिटेनिङ वाल लगाएको र हनुमानघाटदेखि छिपा ताँ (पुल) सम्म खोलाबाट ३११५.५० घनमिटर माटो पन्छाइसकेको तथा घर टहरा निर्माण नभएको र हनुमन्ते खोला किनारका ऐतिहासिक सम्पदाको संरक्षण गर्ने योजना रहेको छ, उहाँले भन्नुभयो ।
प्रमुख प्रजापतिले हनुमन्ते खोलाको अधिकांश स्थानको दुवै किनारमा पीआईडी, अनामनगरमार्फत ढल निकासको लागि पाइप बिछ्याउने कार्य भइरहेको, नगर क्षेत्रभित्र दैनिक नियमितरूपमा सरसफाइ कार्य तथा सोबाट आउने फोहरमैलालाई नियमितरूपमा व्यवस्थापन कार्य गर्दै आएको, नगरको पुरानो बस्तीमा दैनिक ६ वटा ट्राइसाइकलले र नयाँ बस्ती क्षेत्रमा ४ वटा सवारी साधनबाट घरदैलोबाटै कुहिने र नकुहिने फोहर अलगअलग छुट्याई ल्याएको फोहर सङ्कलन गरी व्यवस्थापन स्थलसम्म ढुवानी गर्ने कार्य नियमित भइरहेको, घरदैलोबाट सङ्कलन भएको कुहिने फोहरलाई कम्पोस्ट मल बनाउने र नकुहिने फोहरमा पुनः प्रयोगीय वस्तुहरू छुट्याउन लगाई बिक्री गर्ने कार्य भइआएको बताउनुभयो । उहाँले सार्वजनिक स्थलहरूमा फोहर नफाल्न र फालेमा नियमानुसार जरिवाना हुने व्यहोराका विभिन्न स्थानहरूमा बोर्डहरू राखी सुसूचित गरी आएको र कौसी खेतीसम्बन्धी तालिम सञ्चालन गरी घरबाट निस्कने फोहरलाई घरमै व्यवस्थापन गर्ने, न्यूनीकरण गर्ने साथै कुहिने फोहरलाई घरमै कम्पोस्ट विनमा मल बनाउने तालिम सञ्चालन भएको र सहुलियतमा कम्पोस्ट विन बिक्री वितरण गर्दै आएको, हरेक महिनाको १ र १५ गते पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत नगरका विभिन्न सम्पदा स्थललगायतका ठाउँमा सफाइ कार्यक्रम गर्दै आएको अदालतको इजलासमा प्रस्ट पार्नुभयो ।
उक्त प्रतिवेदनमा नगर क्षेत्रको सरसफाइ र वातावरण प्रदूषण नियन्त्रणका लागि भक्तपुर नगरपालिका क्षेत्रको सरसफाइसम्बन्धी ऐन, २०७६ र भक्तपुर नगरपालिका वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी ऐन, २०७७ पारित गरी उक्त ऐनहरूमा व्यवस्था भएको प्रावधानअनुसार नगर क्षेत्रको सरसफाइ तथा वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी कार्यहरू गर्दै आएको अवगत गराउनुभयो ।
भक्तपुर नगरपालिका क्षेत्रमा रहेको भक्तपुर औद्योगिक क्षेत्रमा ध्वनी, धुलो, रसायन, वातावरण र अन्य प्रदूषणमूलक उद्योग सञ्चालन गर्न प्रतिबन्ध लगाएको, साविक प्लास्टिक, रङ्ग, टेक्सटाइल उद्योगलाई क्रमशः हटाउँदै लगिने र स्थानीय श्रम र सीपमा आधारित हस्तकला र अन्य उद्योगलाई प्राथमिकता दिइने गरी भक्तपुर नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्डसम्बन्धी विनियम २०६० मा व्यवस्था रहेको र सोहीअनुसार गर्दै आएको बताउँदै भक्तपुर नगरपालिका क्षेत्रमा तोकिएको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा अस्पतालजन्य फोहर विसर्जन गर्न निषेध गर्ने प्रावधानसहित भक्तपुर नगरपालिका क्षेत्रको सरसफाइसम्बन्धी ऐन, २०७६ व्यवस्था भएको र सोहीअनुसार अस्पतालहरूलाई गराई आएको प्रस्ट पार्नुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, ललितपुर महानपाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, मध्यपुर नपाका प्रमुख सुरेन्द्र श्रेष्ठ, गोकर्णेश्वर नपाका प्रमुख दीपककुमार रिसालले हनुमन्त्ते खोला सरसफाइको विषयमा प्रगति प्रतिवेदन अदालतसमक्ष प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply