भर्खरै :

भक्तपुरका गणित शिक्षकहरूको अभिमुखीकरण

भक्तपुर, ३१ असार । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले शुक्रबार भक्तपुरका गणित शिक्षकको निम्ति अभिमुखीकरण कार्यक्रमको आयोजना ग¥यो ।
गणित विषयमा लागू भएको नयाँ पाठ्यक्रमअनुसार सही पठनपाठन कसरी गर्ने भन्ने सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।
कार्यक्रमको सुरुआतमा इसानका पूर्वअध्यक्ष एवम् सल्लाहका सरोजराज गोसाईले शिक्षालाई उत्पादनमुखी बनाउन शिक्षा व्यावहारिक तथा जीवनोपयोगी हुनुपर्ने धारणा राख्नुभयो । उहाँले गणित शिक्षण झन्झन् चुनौतीपूर्ण भएको भन्दै विद्यार्थीको दैनिक जीवनसँग गणित जोड्न सकिएको खण्डमा शिक्षण सरल बन्ने विचार राख्नुभयो ।
इसानका कोषाध्यक्ष उकेश कवांले शिक्षकले विद्यार्थीले देखेका एवम् अनुभव गरेको वस्तु वा वातावरणलाई जोडेर गणित शिक्षण गर्न सकिने बताउनुभयो ।
गणित विषयका विभिन्न तहका पाठ्यपुस्तक लेखक हुकुम दाहालले विद्यार्थीले गरेका प्रयोगात्मक कार्य÷परियोजना कार्यको मूल्याङ्कन गर्नका लागि रुब्रिक्स–श्रेणी मापनको विकास गरी प्रयोग गर्नुपर्ने नयाँ पाठ्यक्रममा उल्लेख भएको बताउनुभयो ।
कक्षा ६ र ७ मा ५० प्रतिशत अङ्क आन्तरिक मूल्याङ्कन तथा प्रयोगात्मक परीक्षा गर्नुपर्ने प्रावधान छ । नयाँ पाठ्यक्रमअनुसार प्रत्येक पाठमा कक्षा सहभागिता, गृहकार्य, परियोजना कार्य, प्रयोगात्मक कार्यको व्रmममा विद्यार्थीहरूले देखाएको सव्रिmयता, सिर्जनात्मकता, सिकाइ व्यवहार, कामको स्तर, प्रदर्शित व्यवहारकुशल सिपहरू पाठ्यव्रmममा निर्धारित सिकाइ उपलब्धिका आधारमा कुन स्तरको रहेको शिक्षकले व्यक्तिगतरूपमा अभिलेख राख्नुपर्नेछ ।
त्यस्तै पाठ वा एकाइ शिक्षणको व्रmममा गरिने लिखित कार्य तथा लिइने छोटो परीक्षा, त्रैमासिक परीक्षालाई पनि कक्षोन्नतिको आधार बनाउनुपर्नेछ । शिक्षण सिकाइकै व्रmममा सोधिने प्रश्नको जवाफ अभिलिखित गर्न सकिने प्रावधान पनि राखिएको छ ।
इसानका महासचिव पुरुषोत्तम ग्वाछाले नयाँ पाठ्यक्रमलाई व्यावहारिकरूपमा उपयोग गर्न अभिमुखीकरणको आयोजना गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *