विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
(आफ्नो कार्यकालको १८ औँ महिनामा राष्ट्रपति जो बाइडेनले मध्यपूर्वको भ्रमण गर्ने निधो गरे । तेलले उनलाई त्यता तानेको देखिन्छ । एक महिनादेखि उनले साउदी अरबलाई रिझाइरहेका थिए । किनभने, निर्वाचनको प्रचारका क्रममा आफूले साउदीहरूलाई ‘मूल्य चुकाउन लगाएर तिनको नीच हैसियत देखाइदिने’ बताएका थिए । त्यतिबेला उनले ‘साउदी अरबको वर्तमान सरकारसँग थोरै मात्र सामाजिक शाख छ’ भनेका थिए ।
प्रस्तुत छ बाइडेनको पछिल्लो मध्यपूर्व भ्रमणको सेरोफेरोमा रहेर मध्यपूर्वको राजनीतिका जानकार एवम् प्यालेस्टाइनी आन्दोलनका समर्थक विद्वान नोम चोम्स्कीसँगको कुराकानी । अन्तर्वार्ताकार सीजे पोलिक्रोनिउ राजनीतिक अर्थशास्त्री, अध्येता, लेखक र पत्रकार हुनुहुन्छ । – सम्पादक)
पोलिक्रोनिउ : संरा अमेरिकाको विदेशनीतिको सवालमा जो बाइडेन ट्रम्पभन्दा फरक देखिएनन् । बाइडेन सत्तामा आएको केही महिनापछि नै तपाइँले यो कुरा औँल्याउनुभएको थियो । पत्रकार जमाल खशोगीको हत्याबारे बोल्दै राष्ट्रपतिको उम्मेदवारीकै क्रममा बाइडेनले साउदी अरबलाई ‘नीच’ राज्य भनेका थिए । तर राष्ट्रपतिको रूपमा अहिले उनले त्यहाँका शासक र हत्यारा नेता मोहम्मद बिन सलमानलाई रिझाउन खोज्दै छन् । साउदी अरबको बाइडेनको भ्रमणको उद्देश्य के हो ?
चोम्स्की : ‘वासिङटनपोस्ट’ का पत्रकारको विभत्स हत्या गलत नै थियो । टाइम्स पत्रिकामा वर्ष पुरुष भनेर छनोटमा पर्दा सन् २०१८ मा ‘सत्यको अभिभावक’ भनेर जयजयकार गरिएका व्यक्तिको हत्या साँच्चिकै गलत थियो । त्यो हत्या असावधानीपूर्वक गरिएको थियो र राम्ररी लुकाइएको पनि थिएन ।
मानव अधिकार उल्लङ्घनमा जतिसुकै पर गए पनि र गइरहे पनि ‘साउदी अरब’ नामक जहानियाँ राजतन्त्रसँगको संरा अमेरिकाको सम्बन्ध सदा सुमधुर रहेको छ । दोस्रो विश्व युद्धताका ससानो युद्ध लडेर संरा अमेरिकाले बेलायतको हातबाट खोसेको यो उपहारको हकमा सुमधुर सम्बन्ध नौलो होइन । सन् १९४० को दशकमा यो उपहारबारे अमेरिकी विदेश मन्त्रालयले भनेको थियो, “यो सामरिक शक्तिको एउटा विस्मयकारी स्रोत हो । विश्व इतिहासमा महान् भौतिक उपहारमध्ये एक हो ।… विदेशी लगानीको क्षेत्रमा सम्भवतः विश्वकै सबैभन्दा धनी आर्थिक उपहार हो ।” अमेरिकी उच्च तहमा मध्यपूर्वलाई राष्ट्रपति आइजनहावरको भाषामा ‘सामरिकरूपमा विश्वकै सबैभन्दा महत्वपूर्ण क्षेत्र’ मानिएको थियो । गएका ८० वर्षमा यो मूल्याङ्कनमा अलिकति तलमाथि भए पनि सार उही रह्यो ।
यस्तो प्रभावशाली तहसम्म नउक्लेका देशहरूको हकमा पनि यो कुरा सत्य साबित भएको छ । आफूलाई सजिलो हुँदा संरा अमेरिकाले नियमितजसो आततायी शासकहरूलाई तिनको शासनको अन्तिम घडीसम्म बलियो साथ दिँदै आएको छ । जस्तो मार्कोस, दुभालियर, चाउचेस्को, सुहार्तो आदि । आदेश उल्लङ्घन गरेर (वा आदेश नबुझेर) कुवेतमाथि हमला नगर्दासम्म सद्दाम हुसेनजस्ता अन्य धेरै खलपात्रहरूलाई पनि संरा अमेरिकाले बलियो साथ दिएको थियो । निश्चय नै संरा अमेरिकाले आफ्ना साम्राज्यवादी पूर्खाहरूको बाटो पछ्याइरहेको छ । यसमा नौलो कुरा केही छैन । उसको परोपकारी अभीष्टको गफ पनि नयाँ होइन ।
अभीष्ट वास्तवमै परोपकारी भए पनि किसिन्जरको जस्तो मानवद्वेष (वा कथित ‘व्यवहारवाद’) राखेका अनेक खुला उदाहरणहरू छन् । रोबर्ट पास्टरले एउटा शिक्षाप्रद उदाहरण दिएका छन् । निकारागुवाको सोमोजा सरकारलाई अचाहेरै पनि कार्टरको मानवअधिकारवादी सरकारले किन समर्थन गर्नुपरेको थियो र त्यो असम्भव जस्तो देखिएपछि अमेरिकी तालिमप्राप्त नेसनल गार्ड मात्र भए पनि राख्नुपरेको थियो भनेर उनले व्याख्या गरेका छन् । जब कि त्यसले ‘शत्रु देशप्रति देखाइने क्रुरता’ देखाउँदै जनताको संहार गरेको थियो । त्यतिबेला झन्डै ४० हजार निकारागुवाली जनता मारिएका थिए ।
पास्टर जिम्मी कार्टरको सरकारले ल्याटिन अमेरिकामा गरेका गतिविधिका जानकार थिए र एक सक्कली उदारवादी विद्वान थिए । उनले अत्यन्त इमानदारीका साथ पश्चातापपूर्ण भनाई राखेका थिए । उनले हरेक घटनापछाडिका जायज कारणहरू पनि बताएका थिए । जस्तो उनले भनेका थिए, “संरा अमेरिकाले निकारागुवा र यस क्षेत्रका अन्य देशहरूमाथि नियन्त्रण गर्न चाहन्थेन । तर, यहाँको घटनाक्रम आफ्नो नियन्त्रणबाहिर गएको पनि देख्न चाहन्थेन । निकारागुवालीहरूले स्वतन्त्रतापूर्वक काम गरेको हेर्न चाहन्थ्यो । तर, त्यसो गर्दा अमेरिकी स्वार्थमा हानी नहोस् भन्ने उसको इच्छा थियो ।”
जसको अर्थ हुन्छ– मनैदेखि तिमी स्वतन्त्र भएको हेर्न चाहन्छौँ, तर स्वतन्त्र भएर तिमीले हामीले चाहेझैँ गर्नुपर्छ ।
साउदी अरबको कुरा पनि त्यही हो । तिनीहरू अलि नम्र भए हुन्थ्यो भन्ने हामीलाई लाग्छ, तर मुख्य कुरा सुरुमै हुन्छ ।
बाइडेनको भ्रमणमा पनि सुरुमा मोहम्मद बिन सलमानलाई उत्पादन बढाउनका लागि फेरि पनि दबाब दिइनेछ । अमेरिकामा ग्यासको अचाक्ली मूल्य कम गर्न सुरुमा यही नै कुरा उठाइने अनुमान गर्न सकिन्छ । अर्को तरिका पनि हुनसक्छ । जस्तो, नाफाको आहालमा डुबिरहेका जीवाष्म इन्धन उद्योगका मालिकहरूमाथि भसक्कै कर लगाउन सकिन्छ । त्यसबाट उठेको करलाई विगत ४० वर्षदेखि नवउदारवादी वर्गयुद्धले थिलथिलो परेका मानिसहरूलाई राहत दिन सकिन्छ । यी ४० वर्षमा झन्डै ५०० खर्ब डलर शीर्ष १ ! धनाढ्यहरूको खल्तीमा पुगेको छ । ‘राजनीतिकरूपमा यो असम्भव’ विकल्प हो ।
धनाढ्यहरूलाई राजनीतिकरूपमा असम्भव लाग्ने अर्को विकल्प पनि हुनसक्छ । जीवाष्म इन्धनजस्तो विषको आपूर्तिमा भारी कटौती गरेर सम्भावित महाविनाश टार्ने प्रयास गर्न सकिन्छ । आफ्ना सन्तान दरसन्तानको लागि एउटा गतिलो संसार छोडेर जान सकियोस् भनी इच्छा राख्नेहरूले मात्र यस्तो सोच्छन् भन्ने पनि छैन । खासमा समय छोटो छ ।
बाइडेनको मध्यपूर्व भ्रमणका अन्य आयाम पनि छन् । एउटा उद्देश्य ट्रम्पको भव्य भूराजनीतिक उपलब्धिलाई सुदृढ पार्नु हो । अब्राहम समझदारीलाई पक्को बनाउनु हो । यस समझदारीले मध्यपूर्वी उत्तर अफ्रिका (मिना) क्षेत्रका अति क्रुर र आपराधिक राज्यहरूसँग औपचारिक गठबन्धन बनाएर सम्बन्ध विस्तार गरेको थियो । शान्ति र समृद्धिमा ठूलो योगदान गरेको भनेर यस समझदारीको जयजयकार भएको थियो । जब कि यो समझदारीबाट सबैजना खुसी थिएनन् । उदाहरणको लागि अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै सहारा मरुभूमिका साह्रवी जातिका जनतालाई मोरक्कोका अधिनायकहरूको हातमा सुम्पेर मोरक्कोसँग समझदारी गरिएको थियो । यो अमेरिका र उसका साथीहरूले धेरै अघिदेखि रुचाउँदै आएको शैली पनि हो । ‘अन्तर्राष्ट्रिय विधि अनुसारको शासन व्यवस्था’ को नाममा यस्तो काम हुँदै आएको छ ।
साह्रवी प्यालेस्टाइनी र सिरियाका द्रज जातिको स्थितिमा पुगेका छन् । सुरक्षा परिषद्को बहुमतको धज्जी उडाउँदै इजरायलले ती जातिहरूको भूमि हत्याएको छ । अहिले यसलाई अमेरिकाले अनुमोदन गरिसक्यो । साह्रवीहरूले अरू ‘अनागरिकहरू’ सँग पनि काँधमा काँध मिलाउन सक्छन् । औपचारिकरूपमा नक्सामा नगाभिएका क्षेत्रमा समेत इजरायलले बर्बर र अवैधरूपमा प्यालेस्टाइनी ‘अनागरिकहरू’ लाई सास्ती दिएको छ ।
यही भाषामा नभने तापनि बाइडेनको भ्रमणका उपलब्धिहरूमध्ये यी कूटनीतिक विजयहरूको हर्षबढाइँ हुनेछ ।

पत्रकार खशोगीको हत्या आरोप लागेका साउदी राजकुमार मोहम्मद बिन सलमानसँग हात मिलाउँदै अमेरिकी राष्ट्रपति जो बाइडेन

Leave a Reply