भर्खरै :

सिटिइभिटीलाई केही सुझाव

दिन प्रतिदिन सिटिइभिटीको आफ्नै आन्तरिक कमजोरी र सरकारको उदासिनताको कारण त्यसको आकर्षण दिन दुगुना रात चगुना घट्दो क्रममा छ । समयमै परीक्षा नहुने र समयमै रिजल्ट नआउने त सिटिइभिटीकै विशेषता नै भयो अझै पनि सिटिइभिटीलाई सुधार गर्न तथा नयाँ भर्ना प्रक्रियालाई प्रभावकारी बनाउन सकिन्छ ।
१) प्रायःजसो सिटिइभिटीको प्रवेश परीक्षा सम्पूर्ण ‘प्लस टु’ का प्रवेश परीक्षापछि मात्रै हुन्छ । यसले सबै विद्यार्थी ‘प्लस टु’ मा गइ सकेपछि छानिएका केही मात्र सिटिइभिटी प्रवेश परीक्षामा सामेल हुने भए । अतः ‘प्लस टु’ भन्दा अगाडि वा त्योसँगै प्रवेश परीक्षा र त्यसको नतिजा गर्नु जरुरी छ । कर्मचारी अभाव भो भनेर अझै पनि ढिला गर्ने हो भने सिटिइभिटी का कलेजहरू सुक्नेबाहेक अरूको विकल्प देखिँदैन ।
२) अघिल्लो वर्ष मात्रै डिप्लोमाको पाठ्यक्रम परिमार्जन गरेको सुचना मात्रै आयो । त्यससँग सम्बन्धित कुनै कार्यशाला भएन । प्रश्नपत्र कस्तो प्रकारको आउने भनेर शिक्षकलाई नै जानकारी छैन भने विद्यार्थीहरू परीक्षामा रणभुल्ल पर्ने नै भए । युद्धमा पठाउन अनि हात हतियार नदिने कार्य पक्कै पनि आत्मघाती नै हुन्छ । यसले सिटिइभिटीको क्रेज घटाउँछ मात्रै, बढाउँदैन ।
३) अघिल्लोपल्ट दिएकोको परीक्षाको रिजल्ट नआउँदै विद्यार्थीहरूले कसरी त्यही विषयको फारम भर्छन् होला ? कसरी परीक्षाको तयारी गर्छन होला ? समयमै परीक्षाको रिजल्ट नआउनु नै सिटिइभिटीको सबैभन्दा ठुलो कमजोरी हो ।
४) सरकारले शिक्षा मन्त्रालय अन्र्तगतको ९–१२ लाई प्राथमिकता दिए जस्तै सिटिइभिटीलाई दिएको देखिँदैन । सायद सिटिइभिटी ज्यादै ज्याद«ो भएर पो हो कि ? नत्र त्यति धेरै पूर्वाधार भएको त्भ्ऋक् क्अजयय िहरू सिटिइभिटीकै आङ्गीक कलेजहरूमा प्राविधिक शिक्षकका कोटाहरू नपाउने तर ९–१२ भर्खर सञ्चालनमा आएका स्कुलहरूले पाउने कसरी हुन्छ ? यो भेदभाव हटाउनुपर्छ ।
५) प्रशिक्षकहरूको स्थायित्व नहुनु पनि सिटिइभिटी अन्तर्गतका प्राविधिक विद्यालयहरूको ठुलो समस्या भएको छ । प्रशिक्षकहरूले आफ्नो भविष्य सुरक्षित नदेखेपछि आफ्नै शैक्षिक र व्यक्तिगत उनयनको लागि शैक्षिक शत्रको बीचमै छोडेर जानु प्रशिक्षकको रहरभन्दा पनि बाध्यता हुने देखिन्छ । यसले त्भ्ऋक् कार्यक्रम सञ्चालित स्कुलहरूमा कोर्ष समयमै नसकिने र त्भ्ऋक् कार्यक्रमप्रति नै विद्यायल र समुदायमा वितृष्णा जगाएको छ ।
६) सिटिइभिटीका आफ्नै त्यति धैरै अवयवहरू हुँदा पनि यत्रो समयसम्म पनि रोजगार मेला ९व्इद्य ँबष्च० हरू गर्न सकेको छैन । सिटिइभिटी आफै आफ्ना उत्पादित जनशक्तिले काम गर्न सक्छन् भनेर विश्वास गरेको छैन भने अरू कसले विश्वास गर्छन् ?
७) प्रि–डिप्लोमा अन्तर्गतको ओजेटी ९इव्त्० र डिप्लोमा अन्र्तगतका प्रयोगात्मक परीक्षाको प्रभावकारिता बारे सिटिइभिटी अझै बेखबर छन् । नियमित निरीक्षण र बाहिरी निरिक्षकहरूको प्रभावकारी निरीक्षण हुन जरुरी छ ।
८) प्रयोगात्मक परीक्षाको बाहिरी निरिक्षकको लागि सिटिइभिटी सँग समन्वय हुनुपर्ने, गरेको देखिँदैन ।
९) शिक्षकहरूलाई पुनर्ताजगी तालिमहरू भएका छैनन् । अघिल्लो वर्षहरूमा हुने टेक्स स्कूलहरूको वार्षिक समीक्षा कार्यक्रम नभएको करिब ५ वर्ष भइसकेको छ । पहिला भएका समीक्षा कार्यक्रमहरूको समेत सही समीक्षा हुन सकेको छैन ।
१०) पहिला टेक्स स्कूलहरू डिप्लोमा सम्बन्धन दिने बेला वर्षमा ५ लाख अनुदान दिने सर्तमा छात्रवृतिका विद्यार्थी ४ जना बर्सेनी व्यहोर्ने सर्त थियो । त्यसको अर्काे साल नै त्यो वाचा बन्द गरियो । यसले पहिला नै सकसपूर्णरूपमा चलेका टेक्स स्कूलहरूलाई बढी प्रभावित प¥यो । अझै टेक्स स्कूलका शिक्षक कर्मचारी तलब तथा ल्याव चलाउन बर्सेनी २० लाख अनुदान दिइरहेकोमा घटाएर १० लाखमा झारे । त्यसैमा छात्रवृतिका विद्यार्थीहरूसँग लिएको केही रकममा (विद्यार्थीको निम्ति प्रयोग हुने) लिएकोमा सिटिइभिटीबाट धम्क्याउने कामसमेत भए ।
११) छोटो अवधिका तालिमहरू पहिला केही टेक्स स्कुलहरू पनि चलाउन दिए पनि कोभिड पछि हाल टेक्स स्कूलहरू त्यस्ता तालिमहरू चलाउन दिएको छैन । यस्ता तालिमहरूले समुदाय र स्कुललाई जोड्न पुलको रूपमा काम गरेको थियो । आजभोलि टेक्स स्कूलहरू अझै बढी एकलकाँते र सुनसान हुँदै गइरहेको छ ।
सिटिइभिटीलाई माध्यम स्तरको जनशक्ति उत्पादन गर्ने भरपर्दाे र अनुभवी संस्था भएर पनि नातावाद, कृपावाद र विभिन्न बेथितिले घरायसी हुने अवस्थामा छ । सिटिइभिटीलाई हामी सबै मिलेर बचाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *