भर्खरै :

रुख ढलेर बसलाई किच्दा, ३ जनाको मृत्यु

भक्तपुर, ८ साउन । वर्षाको बेला हुने क्षतिको आँकलन नगर्दा भक्तपुरमा तीन जनाको ज्यान गएको छ ।
काठमाडौँबाट भक्तपुर आइरहेको बा. २ ख ३५८४ नम्बरको मिनिबसमा सवार २ जना र भक्तपुरबाट काठमाडौँ गइरहेको बा ६१ प ३९७८ नम्बरको स्कुटरमा सवार १ जनाले अनाहकमा ज्यान गुमाए । आइतबार दिउँसो भक्तपुर च्वङपाखामा रहेको सल्लाको रुख बाटोमा ढल्दा ३ जनाको ज्यान गएको हो । स्कुटरमा सवार भक्तपुर गोल्मढी बस्ने वर्ष ५२ का कान्छा बखाद्यो र मिनिबसका यात्रुहरु भक्तपुर इताछेँ बस्ने वर्ष १८ का विशेष खर्बुजा, सिन्धुली घर भएका वर्ष ३० राजकुमार भुजेलको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मिनीबसमा सवार १४ जना घाइतेहरुको इवामुरा अस्पतालमा र मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये टाउकोमा चोट लागेका एकजनाबाहेक अन्य सामान्य रहेको अस्पतालले जनाएको छ । घाइतेहरू बसका चालक होमबहादुर मगर, सञ्चालक आकाश वाइबा, यात्रुहरू रितिक बासुकला, निशा लिगल, लक्ष्मीकुमार सुवाल, समिर आचार्य, सागर शर्मा, अप्सरा लिम्बु, सिम्रन लागे, निरबहादुर राई, कदमप्रसाद ह्योजू रहेका थिए ।
नेपाली सेनाको नियन्त्रणमा रहेको च्वङ्गापाखाको वनमा धेरै वर्ष अघिका रुख हरेक वर्ष ढले पनि कुनै सावधानी अपनाएको देखिएन । हिजोमात्र सोही ठाउँमा अर्काे रुख ढल्दा आवागमन आधा दिनसम्म अवरोध भएको थियो । हिजो कुनै मानवीय क्षति नभए पनि आज ठूलो दुर्घटना भएबाट पाठ सिक्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *