विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
समाजमा एक समूह स्वतन्त्रताको चरम आनन्द लिइरहेको बेला अर्को समूह भने न्यायिक निकायहरूमा न्याय खोज्दै हिँडिरहेका छन् । कसैको हत्या भएको छ, कसैको अंशबण्डा मिलिरहेको छैन । कसैको सम्बन्ध विच्छेद मिलाउनु छ त कसैको रकम नै खाइदिइएको अवस्था छ । समाजमा यावत यस्ता अनेकन घटनाहरू घटिरहेका छन् जसका लागि न्यायको ठूलै आवाज उठिरहेका छन् । अनि न्यायकै लागि विभिन्न अड्डा अदालत भौतारिरहेका छन् । कतिले न्याय पाएका छन भने कति त्यस्ता न्यायिक निकायहरूबाट नै अन्यायमा परेको दुखेसो गरिरहेका छन् । उनीहरूलाई न्यायको प्रक्रिया नै अन्याय बनेको छ ।
न्याय शब्दले घटनाको सत्यता एकिन गर्ने कुरालाई प्रतिनिधित्व गर्दछ । जसले अन्यायमा परेकालाई धेर–थोर वा पूर्ण राहत प्रदान गर्ने अनुमान गरिन्छ । न्यायिक निकायहरूबाट फैसला (व्गमनmभलत) भएपश्चात् व्यक्ति, समूह र संस्थालाई न्याय दिलाइएको अनुभूति गरिन्छ । तर, कतिपय न्यायिक फैसलाहरू न्याय नभई अन्याय पनि भएको उदाहरणहरू हाम्रो समाजमा प्रशस्त रहेका छन् । अझ नेपालको न्याय प्रणालीको प्रमुख स्रोत नै धर्म, संस्कृति र परम्परा भएको हुनाले न्यायको सुरुवात नै अन्यायबाट भएको प्रमाणहरू भेटाउन सकिन्छ । यहाँ केही त्यस्ता सन्दर्भहरू जोडिएका छन जसले नेपालको न्याय नै अन्यायबाट सुरुवात भएको प्रमाणित गर्दछ ।
पूर्वीय दर्शन नेपालको न्याय प्रणालीको प्रमुख स्रोत हो । विभिन्न समयको तत् तत् समयमा प्रचलनमा रहेका धर्मग्रन्थ, संस्कृति, सामाजिक मूल्य र मान्यताबाट हाम्रो न्यायप्रणाली खडा भएको छ । जसमा न्याय नै अन्यायको मूलश्रोत बनेर आएको छ । वेदमा लेखिएका कुराहरूलाई भगवानसँग गरिएको प्रत्यक्ष सम्वादको ग्रन्थ भनियो र त्यसको विरुद्धमा जानेहरू सजायको भागी हुने भनी उल्लेख गरियो । जसअनुसार मानवमा वर्णश्रेणी (ब्राम्हण, क्षत्री वैश्य र शुद्र) खडा गरि असमानताको दाग भिराइयो । वेदको व्याख्या आफ्नो अनुकुल बनाएर भगवानलाई पनि आफ्नै जातको बनाइयो । तल्लो वर्गलाई माथिल्लो वर्गमाथि आँखा उठाउने अधिकार समेत खोसियो, जसलाई न्यायकै नाम दिइयो । कालान्तरमा यसै अन्यायलाई न्याय बनाएर झन कठोर कानुनहरूको निर्माण गर्न थालियो । राजा जयस्थिति मल्लले लागु गरेको पहिलो कानुन ‘मानव न्यायशास्त्र’ अनुसार यदि माथिल्लो जातकी महिलासँग तल्लो जातको पुरुषले शारिरीक सम्पर्क गरेमा उसलाई कित मृत्युदण्ड दिने वा उसको लिङ्ग छेदन गरिदिने भनी न्यायको व्यवस्था गरिएको उदाहरण छ । तल्लो जातिले मन्दिरमा छिर्न नपाउने कुरा उल्लेख गरियो । जुन आफैमा अन्यायको उदाहरण हो । जङ्गबहादुर राणाको पालासम्म आइपुग्दा त जातभातको खाडल झन गहरो पारियो । उनले मुलुकी ऐनमै छुवाछुत र जातभातको विषयहरू उल्लेख गरेर न्याय सिद्धान्तलाई उपहास बनाए । जसको प्रतिबिम्ब र असर आजसम्म पनि हाम्रो समाजमा देख्न पाइन्छ । समाजमा कति जायज त कति नाजायज संस्कारहरू रहेका हुन्छन । तर, राज्यले नै त्यस्ता नाजायज कुराहरूलाई कानुनको नाममा लिपिबद्ध गरिदिएपश्चात् त्यस्ता नाजायज विषयहरूले वैधानिकता पाउँछ र यसले अन्यायलाई न्यायमा परिणत गर्छ, जो वास्तवमा न्याय हुदैन । जातभातको विषयमात्र नभइ सतिप्रथा, छउपडी प्रथा, जनताका छोराछोरीहरू र महिलाहरूले शिक्षा आर्जन गर्न नहुनेजस्ता कयन अन्यायका संस्कारहरूलाई हाम्रो समाजले न्यायको नाममा विकास गर्दै लगेको इतिहास हो । यी सब धर्मका आडमा गरिएका सामाजिक अन्यायहरूका ज्वलन्त उदाहरणहरू हुन् ।
समयानुक्रमअनुसार अन्यायका विरुद्ध आवाजहरू उठ्दै गए । जनताका चेतनास्तरको विकास हुँदै गए । लोकतान्त्रिक अभियानहरूको अगाडि बढ्दै गयो । क्रमशः राज्य पक्षबाट गरिएका अन्यायहरूको विरुद्ध आवाजहरू उठ्न थाले । प्रत्येक आवाज र आन्दोलनको प्रतिफल स्वरुप संविधानमा स्वतन्त्रता र समानताका बुँदाहरू अटाउदै गए । यति हुँदाहुँदै पनि हाम्रो समाजमा जातभात छुवाछुत प्रथालाई नमानेझैँ गर्ने तर त्यस्ता गतिविधिहरूलाई मौन समर्थन जनाउने, अनि वर्षौँदेखि जातीय विभेदले जरा गाडेको नदेखि मिलेर बसेको मात्र देख्ने र त्यसका विरुद्ध समानताको आवाज उठाउँदा समाज भाँडेको भन्ने जमात पनि ठूलै रहेको पाउँछाँै । साधारण भाषामा भन्नुपर्दा छुवाछुतको कुरा हटेको भाषण दिँदै हिँड्ने अनि तल्लो जातका मानिसलाई आफ्नो भान्छामा पस्न नदिने जमातको उपस्थिति पनि अहिलेसम्म रहेको छ हाम्रो समाजमा । कोही हेपिएर वा दबिएर बस्न बाध्य समाजलाई मिलेर बसेको भन्नु जायज हुँदैन जसले न्यायको उपहास भएको भान हुन्छ । हाम्रो राज्यमा समाजिक दृष्टिकोणबाट मात्र नभै आर्थिक र राजनैतिकरुपमा पनि न्यायलाई अन्यायमा पारिएको छ । नेपालमा भएको गरिबी, बेरोजगारी, अशिक्षा, भेदभावजस्ता यावत् समस्याहरू त्यही न्यायको नाममा गरिएका अन्यायका उपजहरू हुन् । कति कानुनको निर्माण तथा त्यसको व्याख्या राज्यका भ्रष्ट सम्भ्रान्तहरूको नाजायज स्वार्थको लागि भएको पाइन्छ । जसको फलस्वरुप सत्ता र शक्तिको लागि निर्दोषहरूलाई न्यायको नाममा बलिमा चढाइएका उदाहरणहरू छन् । आफू र आफ्नो पार्टी सत्तामा जसरी नि जानुपर्छ भन्ने भावनाले गर्दा नाजायज कुराहरूलाई पनि जायज देख्न थालिएको छ, बनाइन्छ । भ्रष्टाचारको आडमा नहुने कामलाई पनि हुने बनाइन्छ, गरिन्छ । दोषीहरू जेल हुनुपर्नेमा निर्दोषीहरू जेल बसेका समाचारहरू आइरहेका छन् । दोषीहरू सत्ताकै आडमा बाहिर निस्केका खबरहरू सुनिरहेका छौँ । राजनैतिक दलबाट न्यायाधीशहरू संरक्षित छन अनि संरक्षित न्यायाधीशबाटै पार्टीमा मनोमानी बढेको छ । यस्ता कयन उदाहरणहरू छन् जसले नेपालको न्याय प्रणालीमा विश्वास गर्न नसकिने परिस्थिति तयार भएका छ ।
माथिका सबै तथ्यहरूले नेपालको न्याय प्रणालीमाथि नै उदासिनता जगाउन सक्दछ तर सत्य यो पनि हो कि सुरुवाती देखिनै पश्चिमा न्याय सभ्यताभन्दा पूर्वीय न्याय सभ्यताहरू मानवीयताको पक्षमा थिए । ग्रीक र रोमन न्याय सभ्यताको जग त्यहाँका चर्च र राजाहरूको शक्ति अधिनमा राख्न दमनकारी संयन्त्रको न्याय व्यवस्थामा तयार परिएको थियो । आफू र राज्यको विपरीत जाने तथा आफूले मानेको धर्म र आदेशलाई नमान्नेहरूलाई ईश्वरीय आदेश भनेर दोषी ठहराइन्थ्यो र क्रुर हत्या गर्ने समेतको संस्कार तयार परिएको थियो, जसलाई न्यायकै नाम दिइएको थियो । यता यहुदी सभ्यताले गरेको क्रुरता त झन घिनलाग्दो रहेको छ । नाजीवादको आँडमा कयाँै मानिसको क्रुर हत्या गरियो, दोस्रो विश्वयुद्ध लडियो । पश्चिमाहरूमा मानिसलाई दास बनाउने, दासहरूलाई किनबेच गर्ने र मार्नेसम्मको छुट थियो । अहिले पनि संरा अमेरिकाजस्ता देशमा नश्लवादी चिन्तन भएका मानिसहरू रहेको र राज्यबाट नै विभेद भएको समाचारहरू सुन्दै आइरहेका छौँ ।
विकसित देश भनि चिनिएको अमेरिकामा पनि न्याय र स्वतन्त्रताको लागि आवाज उठेको सुनिन्छ । यसको तुलनामा विकोसोन्मुख देश भएको नाताले नेपालमा विकास भएको नव न्याय प्रणाली वास्तवमै प्रशंसनीय रहेको छ । हाल नेपालमा भएको न्याय प्रणालीको विकासले साच्चै नै मानवहितको लागि कोशेढुङ्गाको भूमिका निर्वाह गरेको छ । लोकतान्त्रिक मूल्य र मान्यतालाई कदर गर्दै न्यायोचित न्यायिक निकायहरूको व्यवस्था तथा कानुनको निर्माण नेपाल र नेपालीहरूको लागि ठूलो सफलता हो । यसले प्राचीन समयमा अन्धविश्वास र कुरितिहरूबाट विकास भएका न्यायका कानुनहरू अन्याय नै थिए भनी प्रमाणित गरिदिएको छ र सत्य र तथ्यलाई अगाडि लेराइदिएको छ । अब राज्यले भएको कानुनको उचित कार्यान्वयन गर्ने र जनताले आफ्नो कर्तव्य सही ढङ्गमा निभाउने हो भने नेपालको न्यायप्रणाली साच्चै नै विश्वमा उदाहरणीय हुनेछ । हाल न्यायको लागि उठिरहेको आवाजमा कमी ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
Leave a Reply