भर्खरै :

स्वाधीन र सार्वभौम देश नेपाल पराधीन बन्दै

स्वाधीन र सार्वभौम देश नेपाल पराधीन बनेको छ । साम्राज्यवादी देश संरा अमेरिका र विस्तारवादी देश भारतको दबाब र प्रभावमा नेपालका शासकहरू चलिरहेका छन् । पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दल नेकामात्र होइन आफूलाई कम्युनिस्ट भनिने ठूला दलहरू पनि भारतका एजेन्ट जस्तै देखिए । तिनै शक्ति राष्ट्रहरूको दबाबमा नेपाली शासक दलहरूले असमान सन्धि सम्झौता पारित गरे, देशघाती एमसीसी सम्झौता पारित गरे । यसरी नै अमेरिका र भारतको उठबसमा नेपाली शासकहरू लागे कुनै दिन देश छोड्नुपर्ने स्थिति आउँछ । अमेरिकी र भारतीय शासकहरूले नेपालमा मात्र होइन अन्य दर्जनौँ मुलुकमा आक्रमण गरिरहेका छन्, हस्तक्षेप गरिरहेका छन्, आन्तरिक द्वन्द्व चर्काएर फाइदा लिइरहेका छन् । तर, पनि नेपाली शासकहरू चेतिएका छैनन् ।
भारत नेपाल आफ्नो एकाधिकारमा राख्न चाहन्छ । भारतसँग बाहेक अरू कुनै देशमा नेपालले सामान नलेओस् भन्ने भारतको चाहना हो । नेपालमा भारतीय मारवाडीहरू पसेर नेपालका राष्ट्रिय पुँजीपति वर्गको व्यापार व्यवसायलाई ध्वस्त पार्ने काम गरिरहेका छन् । राष्ट्रिय पुँजीपतिहरू देशको लागि आवश्यक आधारभूत सामानहरू उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ । सत्तासीन दलका नेताहरू, ठुलठुला व्यापारी तथा धनाढ्यहरू विदेशी दलाल भएकै कारण देशको लागि आवश्यक कलकारखाना र उद्योगधन्दा खोलिएन । फलतः यहाँ विदेशी सामान ल्याउन बाध्य भयो । यसले देशको रकम विदेशियो र विदेशी व्यापारीहरूले फाइदा लिए ।
नेपाली जनतामा अमेरिकी सरकारविरोधी र भारतीय सरकारविरोधी भावना त्यसै भएको होइन । जहिलेसम्म अमेरिकी सरकार र भारतीय सरकारले नेपाल र नेपाली जनतामाथि दबाब दिइरहन्छन्, आफ्नो छत्रछायामा राख्ने प्रयास गरिरहन्छन् तहिलेसम्म देशभक्त नेपाली जनताले उनीहरूको विरोध गर्न छोड्ने छैनन् । भारतविना नेपालको जोहो चल्दैन भन्ने धारणा भारतीय शासक वर्गको छ । नेपालले अरू देशमा सम्बन्ध राखेन सामान आयात गरेको भारत मन पर्दैन । नेपाल भारतकै भरमा चलेकोले नेपालले पटकपटक अभाव व्यहोर्नुप¥यो । भारतले नाकाबन्दी गर्दा नेपालमा ग्यास र पेट्रोलियम पदार्थको हाहाकार भयो । नेपालले अरू देशसँग पनि सामान लिएको भए भारतले नाकाबन्दी गरे पनि फरक पर्दैनथ्यो । भारतीय शासकहरूले सरकारी उद्योग तथा कलकारखाना र संस्थानहरू डुबाउने खेल खेलिरहे । नेपाल सरकार यसमा फसिरह्यो । फलतः नेपाल परनिर्भर नै भइरह्यो । त्यही कारण नेमकिपाले भारतीय एकाधिकार पुँजी र साम्राज्यवादी देश अमेरिकाको विरोध गरिरहेको हो । नत्र, नेपाल जहिल्यै पछि परिरहनेछ । समृद्ध नेपाल र सुखी नेपाली नाममात्रको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *