भर्खरै :

पत्रपत्रिकाका टिप्पणीहरू शासकहरूका तस्बिर हुन्

पत्रपत्रिकाका टिप्पणीहरू शासकहरूका तस्बिर हुन्

काठमाडौँ, १९ साउन । गल्ती र बिरामहरू सबैका हुन्छन्, तर सच्याउनु आवश्यक छ । देश र जनताको हितमा सच्याउन नमान्नेहरू जिद्दी, पूर्वाग्रही र दुराग्रही सावित हुन्छन् ।
सदनमा बारम्बार खबरदारी गर्दा पनि सांसदहरू उपस्थित नहुँदा धेरै पटक सदन स्थगित गर्नुपर्ने स्थिति आउनु देशको निम्ति राम्रो लक्षण होइन भन्ने जनतामा बारम्बार चर्चा हुन्छ । संवेदनशील पक्षमा सचेत नागरिकहरू अनुमान गर्छन् – सम्भवतः सानो देशमा सदनहरू ठूला–ठूला भए । त्यसकारण, शासक दलहरू र त्यसका सांसदहरू २०१५ सालको पहिलो महानिर्वाचनमा जस्तै १०५ वटामात्रै निर्वाचन क्षेत्र भएका शासक दलहरूलाई सञ्चालन गर्न सजिलो हुने र धेरै पैसा खर्च गर्दै अनियमित ढङ्गले निर्वाचनमा जानु पर्दा सदनमा जान र ‘टाउको दुखाउन’ मन नपर्ने भएको हुनुपर्छ । सत्य यही हो भने निर्वाचन आयोगले यसबारे सोच्न जरुरी छ ।
९ साउन २०७९ को नयाँ पत्रिकाको शीर्षक यस्तो थियो– ‘दुई हजार भत्ता पक्का गरेर सांसद हिँडेपछि कोरम नपुगेर एकैदिन दुई पटक संसद् स्थगित ।’ यस्ता घटना त हरेक दिनजस्तै हुने गर्छ । गणपूरक सङ्ख्या नपुग्दा पुनः १५ मिनेट घण्टी बजाउनुपर्ने स्थिति राम्रो होइन । १८८ सांसदले हाजिर गरे पनि ६७ जनामात्रै उपस्थित हुँदा गणपूरक सङ्ख्या पुगेन । शासक दलका नेताहरूलाई पनि प्रजातन्त्र र गणतन्त्र नपचेकै हो कि भन्ने प्रश्न टड्कारोरूपमा उठेको छ – जनताको माझमा ।
मध्य राति बजेटमा जब ‘चुकुल’ लाग्यो भन्ने अन्नपूर्ण पोष्टको समाचारको मसी सुक्न नपाउँदै १६ साउन २०७९ को अन्नपूर्णकै अङ्कमा लेख्यो– ‘अपुरो छानबिनको भरमा फर्काइए शर्मा ।’
अन्नपूर्णको खोजमा लेखिएको छ, ‘सीसीटीभी फुटेज छैन भन्नु अक्षम्य’ (९ साउन २०७९) ।
‘सीसीटीभी फुटेज तीन महिनासम्म राखिने’ (नेपाल समाचारपत्र– १६ साउन २०७९) ।
‘नैतिकता हराएको राजनीति’ (नागरिक, १६ साउन २०७९) । ‘विकृतिका संवाहक’ नागरिकको सम्पादकीय ।

‘शर्मा पुनः अर्थ मन्त्रालय फर्किए’
‘अर्थ सचिव मरासिनी भने अनुपस्थित’ राजधानी १६ साउन २०७९ ।
सरकारको नेतृत्व गर्ने नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डतिर एक नैतिक झापट थियो, अर्थ सचिव मरासिनीको अनुपस्थित ।
वर्तमान सरकारको असक्षमता र अराजकतालाई औँल्याउँदै १६ साउनको नयाँ पत्रिकाले लेख्यो– ‘एक वर्षमा ११ औँ पटक मन्त्रिपरिषद् हेरफेर ।’

Leave a Reply

Your email address will not be published.