भर्खरै :

संयुक्त राज्य अमेरिका ताइवानलाई किन उस्काउँदै ?

संयुक्त राज्य अमेरिका ताइवानलाई किन उस्काउँदै ?

अमेरिकी द्वैध र पाखण्डी चरित्र
‘एक चीन नीति’ मा आफ्नो अडान कायम रहेको जनाउँदा जनाउँदै पनि संयुक्त राज्य अमेरिकाले मङ्गलबार २ अगस्तमा आफ्ना प्रतिनिधिसभाका सभामुख नान्सी पेलोसीलाई ताइवानको भूमिमा टेक्न लगाई सधैझँै संरा अमेरिकाले फेरि एकपल्ट आफ्नो पाखण्डी चरित्र छर्लङ्ग पा¥यो । मुखले एउटा भन्ने र कार्य उल्टो गर्ने नीति पाखण्डी नीति हो । चीन अमेरिकालाई उछिनेर पहिलो शक्ति बन्ने तथ्य–तथ्याङ्क संसारका धेरै अध्ययनले इङ्गित गरेपश्चात् अतालिएको संरा अमेरिकाले विगत केही वर्षदेखि चीनको खुट्टा तान्ने र घेर्ने नीति अपनाउँदै एसिया प्रशान्त र हिन्द महासागरका देशहरूलाई आउकस, आइपीएस, क्वाड, फाइब आइज्जस्ता विभिन्न नाउँमा मोर्चाबन्दी गर्दैे चीनलाई चारैतिर घेर्नु र युद्धको लागि उत्तेजित गर्ने कार्य निरन्तर गर्दै छ । अमेरिकालाई टक्कर दिनसक्ने एकमात्र अर्को महाशक्ति सोभियत सङ्घ सन् १९९० मा विघटन भएपश्चात कमजोर बनाइएको रुसी महासङ्घ भ्लादिमिर पुटिनको नेतृत्वपश्चात (सन् १९९९) विस्तारै तङ्ग्रिँदै गयो र युरोपीय देशहरूसँग उसले बढाउँदै गएको आर्थिक र व्यापारिक सम्बन्धमा भाँजो हाल्ने काम गर्दै युक्रेनलाई मोहडा बनाई युद्ध नै गराइछाड्यो । अर्को भाषामा संरा अमेरिकाले युक्रेनको काँधमा बन्दुक बिसाउँदै रुसमाथि हमला ग¥यो । यसरी युरोपमा रुसलाई युद्धमा फसाइसकेपछि संरा अमेरिकाले चीनलाई युद्धमा फसाउने र युक्रेनको बाटो बनाई नाटोलाई मस्कोमा हमला गराउने नियत लिएको देखिन्छ । यही नीतिअन्तर्गत नै पेलोसीलाई ताइवान भूमिमा उतारिएको हो । यस घटनाले चीनको सार्वभौमिकतामाथि अमेरिकाले खेलबाड गरी ताइवान मुद्दालाई अझ विवादित बनाउने दुष्प्र्यास अमेरिकाले गरेको छ । तर, ताइवानको विगतको वास्तविक इतिहासको बारेमा धेरैमा भ्रम छ । त्यही भ्रम चिर्न यो आलेखले थप सहयोग गर्नेछ ।

  • युरोपमा रुसलाई युद्धमा फसाइसकेपछि संरा अमेरिकाले चीनलाई युद्धमा फसाउने र युक्रेनको बाटो बनाई नाटोलाई मस्कोमा हमला गराउने नियत लिएको देखिन्छ । यही नीतिअन्तर्गत नै पेलोसीलाई ताइवान भूमिमा उतारिएको हो ।

  • सन् १९७१ जुलाईमा तात्कालीन अमेरिकी सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको चीनको गोप्य भ्रमणहरूको थालनी भयो । यही भ्रमण र चीन अमेरिका सम्बन्धमा नयाँ आयामको सुरुआत गर्ने सिलसिलामै सन् १९७१ अक्टोबरमा संयुक्त राष्ट्रसङ्घ साधारण सभाले जनगणतन्त्र चीनलाई संयुक्त राष्ट्रसङ्घको सदस्यता तथा सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा स्वीकार्दै ताइवानलाई निष्काशन गर्न अमेरिकाले सहमति जनायो । यसरी, दुई दशकपछि चीनले आफ्नो अधिकार प्राप्त गरिछाड्यो र अमेरिकाले आफ्नो हठ छाड्न बाध्य भयो ।

  • ताइवान जलडमरुको (ताइवान र मूलभूमि चीनबीचको समुद्री भाग) दुवैतर्फको भू–भाग एउटै चीन हो र ताइवान चीनकै एक अङ्ग हो । संयुक्त राज्य अमेरिकी सरकारले यसलाई कहिल्यै चुनौती दिनेछैन । ताइवानको शान्तिपूर्ण समस्या समाधान चिनियाँहरू आफैले गर्छन् भन्ने संरा अमेरिका पुनः विश्वास दिलाउँछ । यही उद्देश्यका लागि अमेरिकाले ताइवानमा रहेका आफ्ना सेना र सैन्य अखडालाई छिट्टै खालि गर्नेछ । उक्त क्षेत्रमा तनाव घट्दै गएअनुसार अमेरिकाले चरणबद्धरूपमा आफ्नो सैनिकको फिर्ती र सैन्य अखडा बन्द गर्दै लानेछ । (साभार : पेज २७१, ON China, Henry Kissinger)

 

हेनरी कसिङ्गर अध्यक्ष माओ त्सेतुङका साथ

चीनलाई लुट्ने पश्चिमा शक्तिविरुद्ध मोर्चाबन्दी
सन् १८४२ मा अफिम युद्धपछिको नानकिङको सन्धिपश्चात् चीनभित्र हुल्न सफल पश्चिमा साम्राज्यवादीहरूले करिब ८० वर्षसम्म चीनलाई लुट्ने र शोषण गर्ने कार्य गरे । सन् १९११ मा पुँजीवादी क्रान्तिमार्फत गणतन्त्र स्थापनापश्चात् पनि चिनियाँ जनताले त्राण पाएनन् । पहिलो विश्वयुद्धमा सम्बद्ध राष्ट्रहरू (बेलायत, फ्रान्स, रुस) लाई साथ दिएको चीनलाई युद्धको समाप्तिपछि पेरिसमा भएको भर्सिलिजको सम्झौताले झन् ठूलो आहत पु¥यायो । चीनको शाङतोङ प्रान्त विश्वयुद्ध पूर्व जर्मनीको कब्जामा थियो । सम्बद्ध राष्ट्रको जीतपछि यसलाई चीनलाई फर्काउनुको साटो भर्सिलिजको सम्झौताले जापानको जिम्मा लगाउने काम ग¥यो । स्मरण होस्, जापान पनि पहिलो विश्वयुद्धमा सम्बद्ध वा साम्राज्यवादी देशहरूको पक्षमा थियो । पश्चिमाहरूको यस्तो व्यवहारले चिनियाँ जनतालाई झन्झन् क्रुद्ध तुल्यायो ।
माओ त्सेतुङ, तुङ पिउलगायतका नेताहरूको अगुवाइमा जुलाई १ सन् १९२१ मा स्थापना गरिएको चिनियाँ कम्युनिस्ट पार्टीले (चिकपा) कोमिङताङ पार्टीसँग संयुक्त मोर्चा बनाई देशको उत्तरी भाग सँगै अन्य प्रान्तहरूमा रहेका साम्राज्यवादीहरूबाट पोषित युद्ध सरदारहरूसँग युद्ध गरी देशको एकीकरण गर्ने राष्ट्रिय अभियानले छोटो समयमै ती युद्ध सरदारहरूबाट चीनलाई मुक्त ग¥यो । इतिहासमा ‘उत्तरी अभियान युद्धले’ चिनिने यस युद्धले चिकपालाई नयाँ शक्तिको रूपमा स्थापित गर्दै लग्यो र यसले एकातिर कोमिङताङभित्रका दलाल पुँजीवादी र अन्य दक्षिणपन्थीहरू हच्किए भने अर्कोतिर आफ्ना स्वार्थपूर्ति गर्दै आएका युद्ध सरदारहरूको पतनबाट साम्राज्यवादीहरू तर्सिए । उनीहरूले चीनको भूमिमा अझै आफ्ना वर्चस्व कायम नै राख्न नयाँ एजेन्टको खोजी गर्न थाले ।

च्याङकाई सेकबाट घाट
आखिरमा पुँजीपति वर्ग र दक्षिणपन्थीको हिमायती कोमिङताङका सेनापति च्याङकाई सेकले त्यो स्वार्थ पूरा गरिदिए । साम्राज्यवाद र उनका भरौटे युद्ध सरदारहरूतिर सोझिएको बन्दुकलाई च्याङकाई सेक समूहले आफ्नै सहयात्री चिकपाका योद्धाहरूमाथि फर्काइ जघन्य विश्वासघात ग¥यो । उत्तरी अभियान युद्धले एउटा निर्णायक मोड लिने बेला अप्रिल १९२७ मा भएको यो घटना चिनियाँ क्रान्तिमा ठूलो दुर्भाग्य मानिन्छ । च्याङकाई सेकले गरेको त्यो व्यापक नरसंहारमा चिकपाले आफ्ना धेरै योद्धाहरू गुमायो । लाखौँ सङ्ख्यामा रहेका योद्धाहरू हजारौँमा झरे । यस्तो असह्य विपत्तिपछि पनि चिकपाको नेतृत्वमा गुरिला युद्ध र ‘अगाडि फड्को मार्न पछि हट्ने’ नयाँ रणनीति अपनाउँदै सहरमा शत्रुहरूको वर्चस्व हुँदा आफूलाई गाउँ क्षेत्रमा केन्द्रित गर्ने अभियानअनुसार १९३४ अक्टोबरमा विश्व सैनिक इतिहासमा प्रख्यात ‘लङमार्च’ लामो हिँडाइको अभियानलाई अगाडि बढाउँदै कोमिङताङको विरुद्धको लडाइँलाई तीव्र पार्दै लगियो । तर, जापानी साम्राज्यवादसँग लड्न चिकपा र कोमिताङ मिले र लडे । दोस्रो विश्वयुद्धको अन्ततिर अगस्ट १९४५ मा जापानको आत्मसमर्पण सँगसँगै चिनियाँ भूमिमा उसको अस्तित्व सकिन नपाउँदै संरा अमेरिकाले च्याङकाई सेकलाई फेरि आफ्नो बन्दुक क्रान्तिकारी सेना अर्थात् चिनियाँ कम्युनिस्टहरूतिर फर्काउन लगायो । जुलाई १९४६ मा च्याङकाई सेकको सेनाले चिनियाँ जनमुक्ति सेनामाथि आफ्नो पूरा तागतले आक्रमण ग¥यो । तर, यतिबेलासम्म चिकपाले आफ्नो योद्धाको सङ्ख्या १२ लाख र अन्य जनमिलिसिया २२ लाखसम्म पु¥याइसकेको थियो । आखिर तीन वर्षको लडाइँपछि पूर्णरूपमा अमेरिकी सहयोग पाएको लाखौँ लाख च्याङकाई सेकको सेनालाई जनमुक्ति सेनाले चिनियाँ मूल भूमिबाट खेदेरै छाड्यो । च्याङकाई सेक र उनका सेना चीनकै भूमि ताईवान टापुमा सिमित हुन पुग्यो । यता १ अक्टोबर १९४९ मा चिकपाले जनगणतन्त्र (Peoples’ Republic of China = PROC) घोषणा ग¥यो ।

ताइवान र अमेरिकी बेइमानी
पश्चिमा साम्राज्यवादीहरूलाई एकातिर सयौँ वर्षपछि विशाल चिनियाँ भूमि छोड्नुपर्ने पीडा अर्कोतिर पूरा एसिया प्रशान्त क्षेत्र कम्युनिस्ट विचारधारको प्रभावले छोप्ने डरको कारण विशाल मूलभूमि चीनलाई मान्यता नदिई क्षेत्रफलमा ताइवानभन्दा दुई सय सत्तरी गुणा विशाल र जनसङ्ख्यामा करिब ३० गुणा ठूलो चीनलाई एक सार्वभौम देशको मान्यता नदिई त्यसकै एक सानो अंश टापुमा सीमित भएको आफ्नो कठपुतली च्याङ्गकाइसेकको समूहलाई गणतन्त्र चीनको (Republic of China = ROC) मान्यता संरा अमेरिकाले दियो । दोस्रो विश्वयुद्धसम्ममा विश्वको राजनीतिमा एक नयाँ शक्ति भएर उदाएको अमेरिकाले आफ्नो शक्ति र पहँुचको भरमा ताइवानलाई संयुक्त राष्ट्रको सदस्यता दिलाई सिङ्गो चीनको प्रतिनिधि ताइवानलाई बनाएर विशाल चीनलाई हेप्ने र अपमान गर्ने काम गर्यो ।

भियतनाम युद्ध र अमेरिकाको बाध्यता
सम्भवतः दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो युद्ध भियतनाम युद्ध (१९६५ –१९७४) मानिन्छ । आफू युद्ध प्रविधिमा सर्वश्रेष्ठ रहेको घमण्डले मातेका अमेरिकाले कुनै पनि हालतमा युद्ध जित्न नसक्ने अवस्था पुग्दा, भियतनाम युद्ध जसरी पनि ओकल्नुपर्ने अवस्थामा पुग्यो । अमेरिकी जनताको विरोधले अमेरिकी सडक तातिँदै गयो र भियतनाम युद्ध अमेरिकालाई निल्नु न ओकल्नुभयो । परिस्थिति अमेरिकाको प्रतिकूल हँुदै थियो । तर, सुरक्षित अवतरणको कुनै बाटो अगाडि थिएन । भियतनाम युद्धलाई जसरी पनि रोक्ने नारा दिएर रिचार्ड निक्सन अमेरिकाको नयाँ राष्ट्रपति पदमा पुग्यो ।

अमेरिकी सभामुख न्यान्सी पेलोसी

ताइवान चीनकै आन्तरिक मामिला भएको अमेरिकी घोषणा
सन् १९६५ अक्टोबरमा पहिलो परमाणु बम परीक्षणमा चीन सफल भई परमाणु शक्ति सम्पन्न राष्ट्र बन्न सफल भयो । एसिया प्रशान्त क्षेत्रमा अमेरिका संलग्न रहेको हरेक युद्धमा चीनको उपस्थितिले अमेरिकालाई अप्ठेरो पर्दै गयो । कोरिया युद्धपछि विशेषतः भियतनाम युद्धमा अमेरिका नराम्ररी हार खाँदै जानुले चीनप्रति आफूले दुई दशकदेखि लिँदै आएको आक्रामक नीतिमा १८० डिग्रीको परिवर्तन ल्याई चीनसँग नयाँ सम्बन्ध स्थापित गर्न अमेरिका बाध्य भयो । अमेरिकाले चीनप्रति देखाएको त्यो फरक नीतिको पहिलो सङ्केत नै ताइवान मुद्दा थियो । दुई दशकसम्म विशाल चीनलाई विश्व राजनैतिक मञ्चबाट अलग्याउँदै चीनकै एउटा सानो टापु ताइवानका आफ्नो कठपुतली च्याङकाई सेक सरकारलाई संयुक्त राष्ट्र सङ्घको सदस्यता र अझ सुरक्षा परिषद्को स्थाई सदस्यता दिँदै आएको थियो । जनगणतन्त्र चीन नै यसको हकदार भएको धेरै देशको दबाबलाई अमेरिकाले भिटो लगाउँदै रोक्दै थियो । यही पृष्ठभूमिमा सन् १९७१ जुलाईमा तात्कालीन अमेरिकी सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको चीनको गोप्य भ्रमणहरूको थालनी भयो । यही भ्रमण र चीन अमेरिका सम्बन्धमा नयाँ आयामको सुरुआत गर्ने सिलसिलामै सन् १९७१ अक्टोबरमा संयुक्त राष्ट्रसङ्घ साधारण सभाले जनगणतन्त्र चीनलाई संयुक्त राष्ट्रसङ्घको सदस्यता तथा सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा स्वीकार्दै ताइवानलाई निष्काशन गर्न अमेरिकाले सहमति जनायो । यसरी, दुई दशकपछि चीनले आफ्नो अधिकार प्राप्त गरिछाड्यो र अमेरिकाले आफ्नो हठ छाड्न बाध्य भयो । चीन र अमेरिकाबीच नयाँ सम्बन्ध स्थापना गर्ने सिलसिलामै भएको अर्को एउटा नयाँ परिस्थिति ‘ब्रेक थ्रु’ दस्तावेज ‘साङ्घाई विज्ञप्ति’ (The Shanghai Communique) थियो । महिनौँको छलफलपछि मात्र यसले अन्तिम रूप लिएको थियो र यो सम्झौताको प्रमुख मुद्दा पनि ताइवान नै थियो । यस विज्ञप्तिमा संरा अमेरिका ताइवानको हकमा यस्तो घोषणा गर्न तयार भयो ।
ताइवान जलडमरुको (ताइवान र मूलभूमि चीनबीचको समुद्री भाग) दुवैतर्फको भू–भाग एउटै चीन हो र ताइवान चीनकै एक अङ्ग हो । संयुक्त राज्य अमेरिकी सरकारले यसलाई कहिल्यै चुनौती दिनेछैन । ताइवानको शान्तिपूर्ण समस्या समाधान चिनियाँहरू आफैले गर्छन् भन्ने संरा अमेरिका पुनः विश्वास दिलाउँछ । यही उद्देश्यका लागि अमेरिकाले ताइवानमा रहेका आफ्ना सेना र सैन्य अखडालाई छिट्टै खालि गर्नेछ । उक्त क्षेत्रमा तनाव घट्दै गएअनुसार अमेरिकाले चरणबद्धरूपमा आफ्नो सैनिकको फिर्ती र सैन्य अखडा बन्द गर्दै लानेछ । (साभार : पेज २७१, ON China, Henry Kissinger)
आज ताइवानको मुद्दालाई लिएर अमेरिकाले गरेको यस्तो लिखित वाचाको आधारमा ५० वर्षसम्म चीन शान्त कूटनीतिमै सीमित रह्यो । विश्वलाई आफूले दिएको वाचाअनुसार आफ्नै भूमि हङकङमा एक देश दुई नीतिलाई अनुसरण गर्दै छ । तर, अमेरिकाले आफ्नो वाचालाई बिर्सेर आर्थिक शक्तिको रूपमा उदाउँदै गरेको चीनको गतिलाई रोक्ने उद्देश्यको कारण ताइवानलाई उक्साउँदै, नयाँ नयाँ हतियार तैनाथ गर्दै एसिया प्रशान्त क्षेत्रमा फेरि युद्ध भड्काउने कार्य गर्दै आएको छ । तर, पञ्चशीलको सिद्धान्तमा अडिग नयाँ शक्तिको रूपमा उदाउँदै आफ्नो विकासले संसारका सबै देशले फाइदा होस् भन्ने अवधारणाका साथ अगाडि बढ्दै गरेको चीनले संयमित र शान्त कूटनीतिलाई नै अवलम्बन गर्दै आएको सर्वविदितै छ ।

Leave a Reply

Your email address will not be published.