भर्खरै :

इन्टरनेटबाट बालबालिकाहरूलाई जोगाऔँ

इन्टरनेटबाट बालबालिकाहरूलाई जोगाऔँ

समयसँगै अहिले इन्टरनेटले समाज र बालबालिकामा शारीरिक र मानसिकरूपमा असर पार्दै आएको छ । बालबालिकाको पढाइदेखि लिएर हरेक क्रियाकलापमा उनीहरूको स्वभावमा परिवर्तन आएको छ । धेरै इन्टरनेटको प्रयोग गरी सोको दुव्र्यवहारबाट उनीहरू छिनछिनमै रिसाउने, डिप्रेसन, टाउको दुख्ने, आँखा कमजोर हुनेजस्तो समस्या इन्टरनेटले बच्चाहरूमा ल्याएको पाइन्छ ।
अहिलेको समयमा बच्चा दुई वर्ष नपुग्दै खान खुवाउने बेला पनि मोबाइलमा कार्टुन देखाएर खाना खुवाउने गर्दछन्, जुन बानीले गर्दा उनीहरूलाई अहिलेदेखि नै इन्टरनेटको लगाव लागेको छ । यसबाट उनीहरूमाथि शारीरिक र मानसिकरूपमा असर गर्ने गर्छ । त्यही भएर बालबालिकाको आमाबुबाले आफ्नो छोराछोरीलाई त्यस्तो नराम्रो क्रियाकलापदेखि टाढा राख्नुमै उचित मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *