भर्खरै :

नेवाः खलको स्वागत

पोखरा, २२ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिमा लाग्नु चुनौतीपूर्ण भएको भन्दै टाढा जानु उचित नभएको बताउनुभएको छ ।

शनिबार नेवा खलः कास्कीको आयोजनामा नेवा छेँ पोखरामा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले व्यापक जनताको सेवा गर्ने लक्ष्यसहित राजनीतिक गतिविधिमा सामेल हुनुपर्ने धारणा राख्नुभयो ।
नेवा खलः कास्कीले पोखरामा मूर्त र अमूर्त सम्पदाको संरक्षण गरिरहेका गतिविधि सकारात्मक भएको भन्दै उहाँले नयाँ पुस्तालाई नेपाली कला, साहित्य र संस्कारबारे शिक्षित बनाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले संसारभरका उत्कृष्ट साहित्य नयाँ पुस्तालाई अध्ययन गराउन रचनात्मक गतिविधिमा जोड दिँदै भन्नुभयो, “जनस्तरको सांस्कृतिक सम्बन्धले जनताबीचको एकता बलियो हुनेछ ।”
कार्यक्रममा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे, उपाध्यक्ष तीर्थ श्रेष्ठलगायतका वक्ताहरूले बोल्नुभएको थियो ।
सो क्रममा अध्यक्ष बिजुक्छेँले नेवा छेँ मा निर्मार्णाधीन सांस्कृतिक सङ्ग्रहालयको अवलोकन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *