नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, २१ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भनपा ४ वडा एकाइ समिति तालाक्व, आस्था सामुदायिक अध्ययन केन्द्र र सत्सँग पुस्तकालयको संयुक्त आयोजनामा शनिबार विद्यार्थी भेला गरी मार्गनिर्देशन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालयको विधेयक पारित नगर्ने शासक दलहरू र प्रधानमन्त्री तथा मन्त्रीहरूमा राणा शासनको अवशेष देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्तासँग देशभित्र र बाहिर के भइरहेको भन्ने जानकारी हुनु जरूरी छ ।”
“प्रजग कोरियाले समाजलाई बुद्धिजीवीकरण गर्ने लक्ष्यसहित स्नातक तहसम्म निःशुल्क र अनिवार्य शिक्षा गरेको छ । नेपालमा कक्षा १० सम्म निःशुल्क र अनिवार्य भनियो तर, विद्यार्थीलाई कक्षा १ देखि नै विद्यालय छोडाइन्छ, सरकारमा गएकाहरू चासोसमेत राख्दैनन्”, सचिव सुवालले थप्नुभयो ।
जनताको सम्पत्ति जनताकै सेवामा उपयोग गर्नुपर्ने मान्यताका साथ सल्लाघारीस्थित भक्तपुरका जनताको जग्गा ख्वप विश्वविद्यालय सञ्चालनको लागि भनपालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता सचिव सुवालले औँल्याउनुभयो ।
“सत्तामा पुगेका पार्टीहरूमा देश र जनताको सेवा गर्ने भावनाको अभाव रहेको छ र तिनीहरूको ध्यान सत्ता टिकाउनमै केन्द्रित छ”, सचिव सुवालले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईंले विद्यार्थीले जुनसुकै विषय अध्ययन गरे पनि दक्षता हासिल गर्ने किसिमले अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यार्थीहरू व्यवहारिक र अध्ययनशील हुनुपर्नेमा जोड दिँदै उहाँले देश र जनताको सेवा गर्ने उद्देश्य सधैँ हुनुपर्नेमा जोड दिनुभयो ।
इन्जिनियर समाजका अध्यक्ष रवीन्द्र फोजू र शिक्षक विजयराम प्रजापतिले विद्यार्थीहरूले उच्च शिक्षा अध्ययन र आफ्नो जीवनको उद्देश्य छनोट गर्ने तरिकाबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा डा. किशोर हाकुदुवाल, अतुल प्रजापति, श्रीकृष्ण किसी, कमलराज गोसाई, जय प्रजापति, महेश्वर प्रजापति, न्युटन सुवाल, सुरेन्द्र सुजखू, सुमित बाला, न्हुज किजू, अर्वीन्द्र प्रजापति, विमलेन्द्र प्रजापति, पुष्पा प्रधान जोशी, सुनिल सुवाल, सञ्जीव प्रजापति, विकास तमखू, वीणा प्रजापति, रेडिसा जाकिबन्जारलगायतले आ–आफूले अध्ययन गरेको विषयमा मार्गनिर्देश गर्नुभएको थियो ।
चन्द्र प्रजापति र सशिन प्रजापतिले कार्यक्रमको उपादेयताबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply