कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
भक्तपुर, २४ साउन । सार्वजनिक मावि संयुक्त परीक्षा समितिको आयोजनामा कक्षा १, २ र ३ को प्रश्नपत्र निर्माण तथा निरन्तर मूल्याङ्कन विषयक तीनदिने कार्यशाला गोष्ठी मङ्गलबार सम्पन्न भयो ।
साउन २२, २३ र २४ गते भएको उक्त कार्यशाला गोष्ठीमा नारायण झा, राजेन्द्र श्रेष्ठ र रोशनराज तुईतुईले प्रशिक्षण गर्नुभएको थियो ।
आदर्श आजाद मावि भेलुखेलमा भएको कार्यशाला गोष्ठीको समापन कार्यक्रममा संयुक्त परीक्षा समितिका अध्यक्ष एवम् आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसीले कार्यशाला गोष्ठीले शिक्षकहरूमा भएको ज्ञान, सीप रक्षमतालाई पुनः स्मरण गर्ने बताउनुभयो । अब बनाउने प्रश्नपत्र पहिलेको भन्दा परिमार्जित र स्तरीय हुने आशा व्यक्त गर्दै उहाँले प्रशिक्षकहरू र सहभागीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षक नारायण झाले कार्यशालामा सिकेका कुरालाई घरमा पुनः अभ्यास गर्नुपर्ने र विद्यालयमा अरु शिक्षकहरूलाई बताउँदा र सिकाउँदा आफूलाई सदा याद भइरहने बताउनुभयो । शिक्षण कार्यमा दत्तचित्त भएर काम गर्दा आफ्नो इज्जत बढ्ने पनि उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिका परीक्षा समितिअन्तर्गतका ८ विद्यालयका २४ जना शिक्षकशिक्षिकाहरू सहभागी भएको उक्त गोष्ठीमा शिक्षिका सीता कार्की र लक्ष्मीनारायण दुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply