भर्खरै :

गाईजात्रामा सवारीसाधन पार्किङ तथा शान्ति सुरक्षा व्यवस्थित गर्न बैठक

गाईजात्रामा सवारीसाधन पार्किङ तथा शान्ति सुरक्षा व्यवस्थित गर्न बैठक

भक्तपुर, २५ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०७९ को जनैपूर्णिमा र गाईजात्रा पर्व शान्तिपूर्ण, मर्यादित र सुरक्षितरूपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा सवारीसाधन प्रवेश निषेध, सवारीसाधन पार्किङ र नगरको शान्ति सुरक्षा गर्ने विषयमा बुधबार बैठक बस्यो । जिल्ला प्रहरी कार्यालय, ट्राफिक र ख्वप मिनिबस सेवा समितिका प्रतिनिधिको सहभागितामा बसेको उक्त बैठकले नगरका विभिन्न वडाहरूमा पार्किङस्थलको व्यवस्था गर्ने निर्णय गरेको छ ।
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रा अवधिभर हुने भिड र सवारी पार्किङलाई सहज व्यवस्थापन गर्न सबैले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताउँदै देशभरका पर्यटकहरू भक्तपुरको गाईजात्रा हेर्न आउने हुँदा सबै नागरिकहरूले भव्य र सभ्य तरिकाले यो जात्रा मनाउनुपर्ने बताउनुभयो ।
उक्त बैठकले पंभो गणेश खँचा भनपा ७, पुलां वाचा भनपा ५/७, पसिखेल भनपा ७, ल्योसिंख्यो भ.न.पा ५, लामगःपोखरी परिसर भनपा ९, बेखाल भनपा १०, ख्वप कलेज भनपा ६, भनपा प्राङ्गण ब्यासी भनपा २, पद्म स्कूल (उत्तरतर्फको जग्गा) भनपा ३, सहिद स्मृति खेल मैदान (नःपुखु) वरिपरिको क्षेत्र भनपा २, मिनिबस पार्क भनपा १, राममन्दिर भनपा ४, बाराही पुलवरिपरि भनपा ३, बाराही पिठ भनपा ३, पाँचाख्यो भनपा ७, महेश्वरी खेलमैदान भनपा ७/८, तुमचो दुगुरे आवास क्षेत्र भनपा ९ र ब्रह्मायणी बसपार्क वरपर भनपा ८/९ च्याम्हासिंह गेटदेखि पसिखेल रोडको एक छेउ भनपा ८/९ मा पार्किङस्थलको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *