भर्खरै :

थाइवानको प्रश्न र नयाँ युगमा चीनको पुनःएकीकरण

थाइवानको प्रश्न र नयाँ युगमा चीनको पुनःएकीकरण

(जनवादी गणतन्त्र चीनको राज्य परिषद्को सूचना कार्यालय र राज्य परिषद्कै थाइवान मामिला कार्यालयले बुधबार ‘थाइवानको प्रश्न र नयाँ युगमा चीनको पुनःएकीकरण’ शीर्षकको श्वेतपत्र सार्वजनिक गरेको छ । संरा अमेरिकाको प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीले हालै चीनको अभिन्न अङ्ग थाइवानको भ्रमण गरेपछि चीन र संरा अमेरिकाबीच चर्केको विवादलाई थप गहनमा बुझ्न चीनको सरकारी निकायले जारी गरेको यो श्वेतपत्र पाठकको लागि जानकारीमूलक हुने आशासहित अङ्ग्रेजीबाट नेपालीभाषामा अनुवाद गरिएको छ ।)

भूमिका
थाइवान प्रश्नको समाधान र चीनको पूनःएकीकरणको पूर्णता चिनियाँ राष्ट्रका सबै छोराछोरीको साझा चाहना हो । चिनियाँ पुनः जागरणको लागि यो अपरिहार्य छ । यो चिनियाँ कम्युनिस्ट पार्टीको ऐतिहासिक लक्ष्य पनि हो । चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकार र चिनियाँ जनता यो लक्ष्य प्राप्तिको लागि दशकौँदेखि लागिपरेका छन् ।
चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनले नयाँ युगको आरम्भ ग¥यो । सी चिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सशक्त नेतृत्वमा चिकपा र चीन सरकारले थाइवानको मामिलामा नयाँ र खोजमूलक नीति अवलम्बन गरेको छ । ती नीतिअन्तर्गत चिनियाँ मूलभूमि र थाइवानबीचको सम्बन्ध (क्रस–स्टे«ट्स रिलेसन्स) को दिशा कोर्ने, थाइवान जलडमरुमा शान्ति र स्थायित्व कायम राख्ने र राष्ट्रिय पुनःएकीकरणतिर अघि बढ्ने प्रयास भइरहेका छन् । तथापि, हालैका वर्षमा थाइवानको प्रजातान्त्रिक प्रगतिशील पार्टी (डीपीपी) नेतृत्वको थाइवान सरकारले देश विभाजित गर्ने प्रयासलाई दोब्बर गुणाले बढाएको छ । केही बाह्य शक्तिले चीनलाई घेरा हाल्न थाइवानको दुरूपयोग गर्ने प्रयास गरिरहेका छन् । चिनियाँ राष्ट्रको पूर्ण पुनःएकीकरणलाई टाढा धकेल्न खोजिरहेका छन् । प्रकारान्तरले राष्ट्रिय पुनःजागरणको प्रक्रियालाई रोक्न खोजिएको छ ।
चिकपाले चिनियाँ जनतालाई सङ्गठित गरेर निर्धारित लक्ष्यअनुसार सबै हिसाबले मध्यम ढङ्गले समृद्ध समाज बनाउने पहिलो शताब्दी लक्ष्य र चीनलाई आधुनिक समाजवादी देश बनाउने दोस्रो शताब्दीतिरको नयाँ यात्रामा नेतृत्व गरेको छ ।
चिनियाँ राष्ट्रले शिर ठाडो पारेर उभिनेदेखि धनी र बलियो बन्ने ऐतिहासिक रूपान्तरण हासिल गरेको छ । चिनियाँ राष्ट्रिय पुनःजागरणलाई अदम्य शक्तिले डो¥याएको छ । यो नै पुनःएकीकरणको नयाँ आरम्भबिन्दु हो ।
चीन सरकारले यसअघि थाइवानको विषयमा दुई वटा श्वेतपत्र प्रकाशित गरिसकेको छ । सन् १९९३ को अगस्टमा थाइवानको प्रश्न र चीनको पुनःएकीकरण शीर्षकको श्वेतपत्र र अर्को सन् २००० को फेब्रुअरीमा एक चीन नीति र थाइवानको मुद्दा शीर्षकको अर्को श्वेतपत्र प्रकाशित गरिएको थियो । यी दुई श्वेतपत्रमा थाइवान प्रश्नको समाधानका आधारभूत सिद्धान्त र नीतिको विस्तृत र व्यवस्थित व्याख्या गरिएको छ । यो नयाँ श्वेतपत्र थाइवान चीनको हिस्सा भएकोमा जोड दिन, राष्ट्रिय पुनःएकीकरणप्रति चिकपा र चिनियाँ जनताको प्रतिबद्धता प्रदर्शन गर्न र नयाँ युगमा चिकपा र चीन सरकारका धारणा र नीतिबारे स्पष्ट गर्ने ध्येयले प्रकाशित गरिएको हो ।

थाइवान चीनको हिस्सा हो, यो अकाट्य सत्य हो
प्राचीनकालदेखि थाइवान चीनको हिस्सा हो । यो वाक्य ऐतिहासिक र शासकीय क्षेत्राधिकारको बलियो धरातलमा आधारित छ । पुरातात्विक खोज अनुसन्धानका नवीन नतिजाले थाइवान जलडमरुका दुई किनाराबीचको बलियो ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई पुष्टि गर्दै आएको छ । धेरै सङ्ख्यामा ऐतिहासिक तथ्याङ्क र अभिलेखहरूमा आदिकालमा चिनियाँ जनताले थाइवानको विकास गरेको उल्लेख छ ।
यसका धेरै अरू प्रमाणमध्ये तीन अधिराज्यकाल (थ्री किङडम पिरेड) मा ऊ नामको राज्यमा शेन यिङले २३० सालमा सङ्कलन गरेको अभिलेख सिबोर्ड जिओग्राफ्रिक ग्याजेटरमा सङ्कलित छ । सुई वंशको राजदरबारले त्यत्तिबेला ल्युकुई भनिने थाइवानमा तीन पटक सेना पठाएको थियो । सोङ र युआन वंशदेखि चीनको केन्द्रीय सरकार पेन्घु र थाइवानमाथि शासन गर्न सबै प्रशासनिक संरचना बनाइसकेको थियो ।
सन् १६२४ मा डच उपनिवेशवादीहरूले थाइवानमाथि हमला गरे र थाइवानको दक्षिणी भागमा कब्जा जमाए । सन् १६६२ मा जनरल चेङ छेङकोङलाई थाइवानमा सैनिक नेतृत्व गरेर डचहरूलाई धपाउन सफल भएकोमा राष्ट्रिय नायक घोषणा गरियो । समयान्तरमा थाइवानमा छिङ वंशले थप प्रशासनिक निकाय बनाउँदै गयो । सन् १६८४ मा फुजियान प्रान्तअन्तर्गत थाइवान प्रिफेक्चर बनाइयो । सन् १८८५ मा थाइवानको स्तरोन्नति गरियो । थाइवान चीनको बीसौँ प्रान्त बन्यो ।
सन् १८९४ मा जापानले चीनविरुद्ध हमला ग¥यो । सन् १८९५ को अप्रिलमा पराजित छिङ सरकारले जापानसमक्ष थाइवान र पेनघु टापु छोड्नुप¥यो । जापानी हमलाविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध (सन् १९३१–१९४५) को क्रममा चीनका कम्युनिस्टहरूले थाइवान चीनमा फर्काउन माग गरियो । अमेरिकी पत्रकार नेम वेल्ससँग सन् १९३७ को मे १५ मा कुराकानी गर्ने क्रममा माओ त्सेतुङले चीनको लक्ष्य युद्धमा अन्तिम विजय हासिल गर्नुभएको बताउनुभएको थियो । उत्तरपूर्वी चीनमा कब्जा गरिएको चिनियाँ भूमि, दक्षिणमा शिनहाई भञ्ज्याङसम्म र थाइवानलाई मुक्त गर्नु नै उहाँको अन्तिम विजयको अर्थ थियो ।
सन् १९४१ को डिसेम्बरमा चीन सरकारले जापानविरुद्ध युद्धको घोषणा ग¥यो । चीन र जापानबीच भएका सबै सन्धि, अभिसन्धि, सम्झौता र सहमति सबै तोडियो । थाइवान र पिनघु टापुहरू चीनको हुने घोषणा गरियो ।


सन् १९४३ को डिसेम्बर १ मा चीन, संरा अमेरिका र बेलायतले जारी गरेको कायरो घोषणामा उत्तरपूर्वी चीन, थाइवान र पेनघु टापुहरूलगायत चीनबाट जापानले खोसेका सबै भूभाग चीनलाई फर्काउनु नै तीन देशको अभिप्राय भएको उल्लेख छ ।
सन् १९४५ को जुलाई २६ मा चीन, संरा अमेरिका र बेलायतबीच पोस्टड्याम घोषणा भयो । समयान्तरमा त्यो घोषणालाई सोभियत सङ्घले पनि समर्थन ग¥यो । त्यसमा जोडका साथ भनिएको छ, “कायरो घोषणाअनुसार नै अघि बढ्नुपर्छ ।” त्यही वर्षको सेप्टेम्बरमा जापानले आत्मसमर्पण ग¥यो । जापानले पोस्टड्याम घोषणाका सबै बुँदा मान्ने वचन दियो । अक्टोबर २५ मा चीन सरकारले थाइवानमाथि आफ्नो सार्वभौमिकता पुनःस्थापना भएको घोषणा ग¥यो । चीनको थाइवान प्रान्तमा स्थापित एलाइड शक्तिको युद्धमोर्चामा जापानको आत्मसमर्पण घोषणा गर्ने समारोह ताइपेइमा भएको थियो । त्यसबेलादेखि चीनले थाइवानलाई कानुनी र व्यवहारतः अन्तर्राष्ट्रिय अनुमोदनसहित आफ्नो क्षेत्र मान्दै आएको छ ।
सन् १९४९ को अक्टोबर १ मा जनवादी गणतन्त्र चीनको स्थापना भयो । जनवादी गणतन्त्र चीन नै चिनियाँ गणतन्त्र (सन् १९१२–१९४९) को उत्तराधिकारी बन्यो । केन्द्रीय जनसरकार नै सिङ्गो चीनको एउटामात्र वैधानिक सरकार बन्यो । नयाँ सरकारले पहिलाको कोमिन्ताङ शासनलाई विस्थापित ग¥यो । त्यत्तिबेला अन्तर्राष्ट्रिय कानुनअन्तर्गत चीनको स्थानमा कुनै हेरफर भएन न त चीनको सार्वभौमिकता र अखण्ड भूभागमा कुनै परिवर्तन भयो । जनगणतन्त्र चीनको सरकारले चीनमा पूर्ण सार्वभौमिकता अभ्यास गर्नु स्वाभाविक थियो । चीनको सार्वभौमिकताअन्तर्गत थाइवान पनि पर्छ ।
सन् १९४० दशकको उत्तराद्र्धमा चीनमा भएको गृहयुद्ध र बाह्य शक्तिको हस्तक्षेपको कारण थाइवान जलडमरुका दुवैतिर लामो राजनीतिक द्वन्द्व चर्कियो । तर, चीनको सार्वभौमिकता र भौगोलिक अखण्डता विभाजन भएन र कहिल्यै पनि विभाजन हुनेछैन । चीनको हिस्साको रूपमा थाइवानको स्थान कहिल्यै परिवर्तन भएन र कहिल्यै पनि परिवर्तन हुन दिइनेछैन ।
सन् १९७१ को अक्टोबरमा भएको संयुक्त राष्ट्र सङ्घको २६ औँ महासभामा पारित निर्णय नं २७५८ मा ‘जनवादी गणतन्त्र चीनका सबै अधिकार पुनःस्थापना गर्ने र संयुक्त राष्ट्र सङ्घमा चीनको एकमात्र वैधानिक सरकारको रूपमा जनवादी गणतन्त्र चीनको सरकारलाई मान्यता दिने, संयुक्त राष्ट्र सङ्घ र यसका सबै सम्बन्धित निकायमा अवैधरूपमा बसेका च्याङ काई शेकका प्रतिनिधिलाई निलम्बन गर्ने’ उल्लेख छ । यो निर्णयले संयुक्त राष्ट्र सङ्घमा चीनको प्रतिनिधित्वको सधैँको लागि राजनीतिक, कानुनी र प्रक्रियागत मुद्दाको सम्मान ग¥यो । सो निर्णयले संयुक्त राष्ट्र सङ्घमा चीनको एउटैमात्र स्थान भएको र ‘दुई वटा चीन’ अथवा ‘एक चीन, एक थाइवान’ नभएको प्रस्ट पा¥यो ।
संयुक्त राष्ट्र सङ्घका विशेष नियोगहरूले पछि जनवादी गणतन्त्र चीनको वैधानिक स्थान र थाइवान प्रतिनिधिको निलम्बनको विषयमा थप निर्णय गरे । तीमध्ये सन् १९७२ को मे महिनामा २५ औँ विश्व स्वास्थ्य सभाले पारित गरेको निर्णय नं २५.१ पनि एउटा हो । संयुक्त राष्ट्र सङ्घको सचिवालयअन्तर्गत कानुनी मामिला कार्यालयको आधिकारिक धारणामा भनिएको छ, ‘संयुक्त राष्ट्र सङ्घले थाइवानलाई चीनको एउटा प्रान्त मान्छ, कुनै अलग मान्यता दिँदैन’ र ‘थाइपाई प्रशासनले कुनै पनि खालको सरकारी मान्यता पाउँदैन ।’ संयुक्त राष्ट्र सङ्घले थाइवानलाई ‘चीनको प्रान्त’ मान्दछ ।
निर्णय नं २७५८ अर्काे राजनीतिक दस्तावेज हो जसले एक चीन नीतिलाई मानेको छ । एक चीन सिद्धान्तको वैधानिकतामा प्रश्न गर्ने कुनै ठाउँ छैन । यसलाई संसारले मान्यता दिएको छ । थाइवानसँग संयुक्त राष्ट्र सङ्घ वा सार्वभौमिक देशले मात्र सदस्य पाउने कुनै पनि अन्तर्राष्ट्रिय सङ्गठनमा सामेल हुने कुनै आधार, कारण वा अधिकार छैन ।
हालैका वर्षमा केही सानो सङ्ख्याका देशहरूले संयुक्त राष्ट्र सङ्घको सो निर्णयले थाइवानको प्रतिनिधित्वको विषयलाई अन्तिमरूपमा समाधान नगरेको झूटा दाबी गर्दै जबरजस्ती थाइवानलाई उस्काइरहेको छ । त्यस्ता देशहरूमा सबभन्दा अग्रपङ्क्तिमा संरा अमेरिका छ । अवैध र असान्दर्भिक सान फ्रान्सिस्को सन्धिको ढ्वाङ फुक्दै र कायरो घोषणा, पोस्टड्याम घोषणालगायत अन्य अन्तर्राष्ट्रिय कानुनी दस्तावेजको खेदो खन्दै उनीहरूले थाइवानको अवस्थाबारे निर्णय गर्न अझै बाँकी रहेको झूट बोलिरहेका छन् । उनीहरू त्यसो भन्दै ‘संयुक्त राष्ट्र सङ्घको प्रणालीमा थाइवानको अर्थपूर्ण सहभागिता’ लाई समर्थन गरिरहेका छन् । उनीहरूले चीनको हिस्साको रूपमा थाइवानको अवस्थालाई खासमा परिवर्तन गर्न चाहेका छन् । राजनीतिक षड्यन्त्रको रूपमा ‘दुई चीन’ अथवा ‘एउटा चीन र एउटा थाइवान’ बनाउन चाहेका छन् । चीनमाथि घेरा लगाउन थाइवानलाई प्रयोग गर्न खोजिरहेका छन् । निर्णय नं २७५८ र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्ने यी कदम ती देशहरूले जनाएका राजनीतिक प्रतिबद्धताको गम्भीर उल्लङ्घन हो । यस्ता कामले चीनको सार्वभौमिकता र आत्मसम्मानमा गम्भीर आँच पु¥याएको छ । अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तको अपमानपूर्ण व्यवहार भएको छ । चीन सरकारले यस्ता गतिविधिको भत्र्सना गर्नुका साथै कडा विरोध गर्दछ ।
एक चीन नीतिको सिद्धान्त अन्तर्राष्ट्रिय समुदायको सर्वमान्य मत हो । यो अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मूल्यसहित दिगो मत हो । आजसम्म संरा अमेरिकासहित संसारका १८१ देशले जनवादी गणतन्त्र चीनसँग यही एक चीन नीतिको आधारमा कूटनीतिक सम्बन्ध विस्तार गरेका छन् । सन् १९७८ मा प्रकाशित कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धमा चीन–संरा अमेरिका संयुक्त वक्तव्यमा भनिएको छ, “संरा अमेरिकी सरकारले एउटामात्र चीन भएको र थाइवान चीनको हिस्सा भएको चीनको मतलाई स्वीकार्छ ।” वक्तव्यमा अगाडि भनिएको छ, “संरा अमेरिकाले जनवादी गणतन्त्र चीनको सरकारलाई नै चीनको एकमात्र वैधानिक सरकार मानेको छ । यस अवस्थामा संरा अमेरिकाका जनताले थाइवानका जनतासँग सांस्कृतिक, व्यापारिक र अन्य अनौपचारिक सम्बन्ध कायम राख्नेछ ।”
पाँचौँ राष्ट्रिय जनकाङ्ग्रेस (एनपीसी) को पाँचौँ अधिवेशनबाट सन् १९८२ को डिसेम्बरमा पारित जनवादी गणतन्त्र चीनको संविधानमा प्रस्ट शब्दमा भनिएको छ, “थाइवान जनवादी गणतन्त्र चीनको पवित्र भूमिको हिस्सा हो । थाइवानका हाम्रा देशवासीसहित सबै चिनियाँ जनताको लागि मातृभूमिलाई पुनःएकीकरण गर्ने महान् अभिभारा पूरा गर्ने अहम् कर्तव्य हो ।”
सन् २००५ को मार्चमा दसौँ एनपीसीको तेस्रो अधिवेशनबाट पारित विखण्डनविरोधी ऐनमा भनिएको छ, “संसारमा चीन भनेको एउटैमात्र छ । मूलभूमि र थाइवान दुवै एक चीनअन्तर्गत पर्छन् । चीनको सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै विभाजन हुन सक्दैन । चीनको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्नु थाइवानका देशवासीसहित सबै चिनियाँ जनताको साझा दायित्व हो । थाइवान चीनको हिस्सा हो । सरकारले कुनै पनि नाम वा कुनै पनि माध्यमबाट चीनबाट थाइवानलाई अलग बनाउन ‘थाइवान स्वाधीनता’ पक्षधर विभाजनकारी शक्तिलाई कदापि दिन सक्दैन ।
सन् २०१५ को जुलाईमा बाह्रौँ एनपीसीको स्थायी समितिको पन्ध्रौँ बैठकबाट पारित भएको राष्ट्रिय सुरक्षा कानुनमा भनिएको छ, “चीनको सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै उल्लङ्घन वा विभाजन हुनसक्दैन । राष्ट्रिय सार्वभौमिकता, एकता र भौगोलिक अखण्डताको रक्षा गर्नु हङकङ, मकाउ र थाइवानका देशवासीसहित सबै चिनियाँ नागरिकको साझा कर्तव्य हो ।”
हामी एउटा चीन हौँ र थाइवान चीनको भूभाग हो । इतिहास र कानुनले देखाएको यो निर्विवाद सत्य हो । थाइवान कहिल्यै पनि एउटा राज्य बनेन । चीनको हिस्साको रूपमा उसको स्थानमा कुनै परिवर्तन सम्भव छैन । यो सत्यलाई बङ्ग्याउने कुनै पनि प्रयास वा एक चीन सिद्धान्तमा विवाद वा अस्वीकार असफल हुने अवश्यम्भावी छ ।

चीनको पूर्ण पुनःएकीकरणको लागि चिनियाँ कम्युनिस्ट पार्टीको निरन्तरको प्रयास
चिकपा चिनियाँ जनताको भलाइ र चिनियाँ राष्ट्रको पुनःजागरणको काममा सधैँ समर्पित रहँदै आएको छ । सन् १९२१ मा चिकपाको स्थापना भयो । स्थापनाकालदेखि नै चिकपाले थाइवानलाई उपनिवेशवादी शासनबाट मुक्त गर्ने लक्ष्यमा आफूलाई समर्पित ग¥यो । थाइवानलाई बाँकी चीनसँग पुनः एकीकरण गरी थाइवानका देशवासीसँगै सिङ्गो राष्ट्रलाई मुक्त गर्नु नै चिकपाको लक्ष्य बन्यो । यो लक्ष्य हासिल गर्न चिकपाले कष्टसाध्य सङ्घर्ष ग¥यो ।
थाइवान प्रश्नको निराकरण र चीनको पूर्ण पुनःएकीकरणको ऐतिहासिक लक्ष्यप्रति चिकपा दृढ रह्यो । चिकपाको प्रतिबद्ध नेतृत्वमा थाइवान जलडमरुका दुवैतिरका जनताले सो क्षेत्रमा तनाव कम गर्न मिलेर काम गरे । शान्तिपूर्ण विकासको बाटोमा हिँडेर उनीहरूले जलडमरु वारपार सम्बन्ध सुधार्न महत्वपूर्ण उपलब्धि हासिल गरे ।
सन् १९४९ मा जनवादी गणतन्त्र स्थापना भयो । माओ त्सेतुङको नेतृत्वमा चीनका कम्युनिस्टहरूले थाइवान प्रश्नको शान्तिपूर्ण समाधानको लागि अत्यावश्यक निर्देशिका, अन्तरनिहीत सिद्धान्त र आधारभूत नीति प्रस्ताव गरे । थाइवानको मुक्तिको निम्ति चिकपा तयार भयो र सोअनुसार काम ग¥यो । मूलभूमि चीनमाथि हमला गर्ने थाइवानका शासकहरूको योजना विफल बनाए । अनि ‘दुई चीन’ र ‘एउटा चीन, एउटा थाइवान’ बनाउने योजनामा पानी खन्याइदियो । यसप्रकार जनवादी गणतन्त्र चीनले संयुक्त राष्ट्र सङ्घमा वैधानिक स्थान र अधिकार पुनःस्थापना ग¥यो । शान्तिपूर्ण पुनःएकीकरणको लागि बलियो आधार तयार गर्दै बहुमत देशको अनुमोदनमा एक चीन नीति अघि बढायो ।
थाइवान प्रश्नको शान्तिपूर्ण समाधानको लागि चिकपाको केन्द्रीय नेतृत्वले थाइवानका शासकहरूसँग उच्चस्तरको सम्पर्क स्थापना ग¥यो ।
जनवादी गणतन्त्र चीन र संरा अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनापछि सन् १९७८ मा चिकपाको एघारौँ केन्द्रीय समितिको तेस्रो विस्तारित बैठक बस्यो । बैठकपछि तेङ स्याओपिङको नेतृत्वमा चिनियाँ कम्युनिस्टहरूले देश र जनताको हितको लागि अपरिहार्य शान्तिपूर्ण पुनःएकीकरणको आधारभूत निर्देशिकाको व्याख्या गर्नुका साथै थाइवान प्रश्नको शान्तिपूर्ण समाधानको लागि सहमतिका आधार बनाए । चिकपाले एक देश दुई प्रणालीको सिर्जनात्मक र सहज अवधारणा अघि सा¥यो । हङकङ र मकाउका प्रश्न समाधानको निम्ति यो अवधारणा व्यवहारमा लागु ग¥यो । यो नीतिले ताइवान क्षेत्रमा सैनिक तनाव न्यून गर्न मद्दत ग¥यो । थाइवान र मूलभूमि चीनबीच सम्पर्क पुनःस्थापना भयो । जनस्तरमा सम्बन्ध विस्तार र सहकार्य विकास भयो । थाइवानसँग मूलभूमि चीनसँगको सम्बन्धमा नयाँ अध्याय सुरु भयो ।
चिकपाको तेह्रौँ केन्द्रीय समितिको सन् १९८९ मा बसेको चौथो विस्तारित बैठकपछि च्याङ चमिनको नेतृत्वमा चिनियाँ कम्युनिस्टहरूले थाइवानसँगको सम्बन्ध र चीनको शान्तिपूर्ण पुनःएकीकरणबारे आठबुँदे प्रस्ताव अघि सारे । चिकपाले थाइवानलाई सन् १९९२ को सहमतिमा ल्याउन सहजकर्ताको भूमिका खेल्यो । त्यो सहमतिमा एक चीन नीति समावेश छ । त्यसले थाइवानसँग मूलभूमि चीनको सरसल्लाह र वार्ताको लागि बाटो खोल्यो । फलतः थाइवान र मूलभूमि चीनको गैरसरकारी सङ्गठनका प्रमुखहरूबीच पहिलो वार्ता भयो । वार्तामा दुई पक्षबीच विभिन्न क्षेत्रमा सम्बन्ध र सहकार्य विस्तार गर्ने सहमति भयो । चिकपाले ली तेङ–हुईले नेतृत्व गरेको पृथकतावादी गतिविधि रोक्न दरिलो कदम चाल्यो । ‘थाइवानको स्वतन्त्रता’ खोज्ने पृथकतावादी शक्तिलाई नमीठो स्वाद चखायो । यसले हङकङ र मकाउ चीनलाई फर्काउने सहज अवस्था बन्यो र एक देश दुई प्रणालीको नीति कार्यान्वयनमा ल्यायो । थाइवानको प्रश्न समाधानको निम्ति त्यो नीतिले रचनात्मक प्रभाव पा¥यो ।
सन् २००२ मा चिकपाको १६ औँ महाधिवेशन भयो । हु चिन्ताओको नेतृत्वमा चिकपाले थाइवानसँगको सम्बन्धमा शान्तिपूर्ण विकासको महत्वमाथि जोड दियो । चिकपाले थाइवानमा पृथकतावादी गतिविधि रोक्न विखण्डनविरोधी कानुन अघि सा¥यो । सन् १९४५ यता ६ दशकमा पहिलो पटक चिकपा र कोमिन्ताङका नेताहरूबीच पहिलो पटक वार्ता त्यही बेला भयो । ‘स्वतन्त्रता’ को कानुनी आधारबारे चेन शुई–पाइनका अतिरञ्जनापूर्ण प्रयासलाई पराजित गरियो । चिकपाले संस्थागत सरसल्लाह र वार्ता प्रबद्र्धन गरेर थाइवानसँगको शान्तिपूर्ण सम्बन्ध विकासमा उल्लेखनीय परिवर्तन ल्याउन सफल भयो । चिकपाका प्रयासले ठोस परिणाम दियो । हुलाक, व्यापार र यातायातमा दुईतर्फी प्रत्यक्ष सम्बन्ध जोडियो । आर्थिक सहकार्य ढाँचा सहमतिमा हस्ताक्षर र कार्यान्वयन सहज भयो ।
सन् २०१२ मा चिकपाको अठारौँ महाधिवेशनपछि सी चिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिस्टहरूले परिवर्तित परिस्थितिलाई ध्यानमा राखी थाइवानसँगको सम्बन्धबारे व्यापक नीति लियो । यसले चीनको पुनःएकीकरणको सिद्धान्त र थाइवानबारे नीति र योजनालाई मूर्तता दियो । थाइवानसँगको सम्बन्धलाई सही दिशा दिन यसले काम ग¥यो । चिकपाले नयाँ युगमा थाइवान प्रश्न समाधान गर्न समग्र नीतिको विकास ग¥यो । अनि त्यसको निम्ति निर्देशिका र कार्ययोजना निधो ग¥यो ।
सन् २०१७ को अक्टोबरमा भएको चिकपाको उन्नाइसौँ महाधिवेशनमा चिकपाले एक देश दुई प्रणालीको आधारभूत नीतिलाई अघि बढाउनेमा पुनः जोड दियो । साथै, राष्ट्रिय पुनःएकीकरण प्रवद्र्धन गर्ने र चीनबाट कुनै पनि चिनियाँ भूभागलाई कुनै पनि बेला कुनै पनि ढङ्गले कोही पनि व्यक्ति, सङ्गठन र राजनीतिक दललाई अलग गर्न छुट नदिनेमा जोड दियो ।
सन् २०१९ को जनवरीमा चिकपा केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले थाइवानको देशवासीको नाममा सन्देश जारी भएको चालिसौँ वार्षिकीको अवसरमा आयोजित बैठकमा सम्बोधन गर्नुभयो । आफ्नो मन्तव्यमा सी चिनफिङले थाइवानसँगको शान्तिपूर्ण विकास अघि बढाउन तथा नयाँ युगमा चीनको शान्तिपूर्ण पुनःएकीकरण गर्ने प्रमुख नीति प्रस्ताव गर्नुभयो । प्रस्तावहरू यसप्रकार छन्ः पहिलो, चीनको पुनःजागरण र शान्तिपूर्ण पुनःएकीकरणको लागि मिलेर काम गर्ने, दोस्रो, थाइवान प्रश्नको समाधानको निम्ति दुई प्रणालीको समाधान खोज्ने र शान्तिपूर्ण पुनःएकीकरणको लागि रचनात्मक प्रयास गर्ने, तेस्रो, शान्तिपूर्ण पुनःएकीकरणका सम्भावनाको रक्षा गर्दै एक चीन नीतिमा प्रतिबद्ध रहने, चौथो, थाइवान जलडमरु क्षेत्रमा योजनाबद्ध विकास गर्ने र शान्तिपूर्ण पुनःएकीकरणको आधार बलियो बनाउने, पाँचौँ, मूलभूमि चीन र थाइवानका जनताको मन र मुटुको न्यानो सम्बन्धलाई अझ नजिक बनाउँदै शान्तिपूर्ण पुनःएकीकरणको संयुक्त प्रतिबद्धता बलियो बनाउने ।
चिकपा र चीन सरकारले त्यसै कारण थाइवानसँगको सम्बन्धको पथप्रदर्शन गर्न र चीनको शान्तिपूर्ण पुनःएकीकरण सफल बनाउन केही महत्वपूर्ण कदम चालेको छ ।

– चिकपा र चीन सरकारले सन् १९४९ देखि दुवै पक्षका नेताहरूबीच पहिलो बैठक र प्रत्यक्ष वार्ताको लागि सहजकर्ताको भूमिका खेल्दै आएको छ । यसले आपसी सम्बन्ध र अन्तरक्रियालाई नयाँ उचाइमा उठाएको छ । थाइवानसँगको सम्बन्धमा नयाँ अध्याय सुरु गर्नुका साथै नयाँ सम्भावनाको ढोका पनि खोलेको छ । यो नयाँ कोशेढुङ्गा हो । दुवै पक्षका सम्बन्धित विभागबीच नियमित सम्पर्क र संवादको निम्ति साझा राजनीतिक अवधारणामा आधारित संरचना स्थापना गरिएको छ । दुवै विभागका प्रमुखले एक अर्को क्षेत्रको भ्रमण गरिसकेका छन् । दुवै पक्षबीच शीघ्र सम्पर्क सूत्र (हटलाइन) स्थापना गरिएको छ ।

– एक चीन सिद्धान्त र सन् १९९२ को समझदारीमा आधारित भएर चिकपा र चीन सरकारले मूलभूमि चीन र थाइवान दुवैतिरका राजनीतिक दलबीच सम्पर्क जोड्न सहजकर्ताको भूमिका खेलिरहेका छन् । थाइवानका सम्बन्धित राजनीतिक दल, सङ्गठन र व्यक्तिबीच दुई पक्षबीचको सम्बन्ध र चिनियाँ राष्ट्रको भविष्यबारे संवाद, सरसल्लाह र गहन विचार आदानप्रदानको निम्ति चिकपा र चीन सरकारले अग्रसरता लिएको छ । यसले विभिन्न विषयमा सहमति बनाउन सम्भव भएको छ । दुई प्रणाली समाधान थाइवान प्रश्नको समाधान हुनसक्ने सम्भावनाको खोजी गर्न थाइवानको समाजका सबै क्षेत्रसँग साझा पहल गर्न चिकपा र चीन सरकारको कदमले मद्दत गरेको छ ।

–थाइवान जलडमरुका दुवै किनाराका मानिस एउटै परिवार भएको भावनाबाट निर्देशित भएर चिकपा र चीन सरकारले मूलभूमि चीन र थाइवानबीच शान्तिपूर्ण विकासलाई प्रवद्र्धन गरेको छ र दुवै क्षेत्रको हितको निम्ति दुवै पक्षको विकासबीच तालमेल मिलाएको छ । हामीले थाइवानका जनताको हितार्थ दुई पक्षबीचको सम्बन्ध र सहकार्य प्रवद्र्धन गर्न संस्थागत बन्दोबस्त, नीति र निर्णयलाई परिमार्जन गरेका छौँ । सीमावर्ती फुजियान प्रान्तबाट किनमेन टापुमा पानीको आपूर्ति, मूलभूमि प्रवेश वा बाहिरिन थाइवानका बासिन्दाको निम्ति विद्युत्तीय यात्रा अनुमति, थाइवानका बासिन्दाको निम्ति आवास अनुमति, थाइवानका जनतालाई मूलभूमिमा पढ्न, व्यापारको थालनी गर्न, काम गर्न र बस्न सहज होस् भनेर थाइवानका जनताको निम्ति सार्वजनिक सेवामा समान पहुँच सुनिश्चित गरिएको छ । मूलभूमि चीनको विकासबाट प्राप्त हुने अवसरको सबभन्दा पहिलो लाभ थाइवानले नै लिन सकोस् भनी मार्गप्रशस्त गर्ने प्रयास भइरहेको छ ।

–पृथकतावादी शक्तिका अवरोध र तगारा पन्छाउँदै चिकपा र चीन सरकारले थाइवानका जनतालाई थाइवान र मूलभूमि चीनका विभिन्न क्षेत्रका जनस्तरमा प्रभावकारी र गहिरो सहकार्य प्रवद्र्धन गर्न आह्वान गरेको छ । कोभिड–१९ को प्रभावमाथि जीत हासिल गरिसकेपछि विभिन्न दबुजस्तै द स्टे«ट फोरममार्फत आपसी आदानप्रदानका कार्यक्रम भएका छन् । साथै दुई पक्षबीच सम्बन्ध र सहकार्यको गतिलाई कायम राख्न सफलता प्राप्त भएको छ ।
–देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको दृढतापूर्वक रक्षा गर्दै र पृथकतावादी गतिविधि तथा बाह्य हस्तक्षेपको विरोध गर्दै चिकपा र चीन सरकारले थाइवान क्षेत्रमा शान्ति र स्थायित्व तथा चिनियाँ राष्ट्रको आधारभूत हितको रक्षा गरेको छ । हामीले पृथकतावादी शक्तिविरुद्ध प्रभावकारीरूपमा कानुनी कारबाही गरिरहेका छौँ । हामीले थाइवानको बाह्य मामिलालाई चुस्त ढङ्गले सम्हालेका छौँ र एक चीन नीतिप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धतालाई बलियो बनाएका छौँ ।
चिकपाका मार्गनिर्देशनमा रहेर बितेका सात दशकमा थाइवान र मूलभूमि चीनबीचको सम्बन्धमा ठूलठूला प्रगति हासिल भएका छन् । विशेषतः दुई पक्षबीचको सम्पर्कबिहीनताको अवस्था अन्त्य भएको छ । दुई पक्षबीच बढ्दो सङ्ख्यामा भ्रमण, बृहत् सहकार्य र मिहीन अन्तरक्रियाले दुवैतिरका जनताबीच मूर्त लाभ हासिल भएका छन् । विशेषतः थाइवानले त्यो उपलब्धि हासिल गरेको छ । यसले दुई पक्षबीचको सद्भाव र सहकार्य दुवै पक्षको निम्ति लाभकारी भएको प्रस्ट पारेको छ । सन् १९७८ मा मूलभूमि चीन र थाइवानबीच व्यापार ४ करोड ६० लाख अमेरिकी डलर बराबरको मात्र थियो । अहिले सन् २०२१ सम्म आइपुग्दा व्यापार बढेर ३ खर्ब २८ अर्ब ३४ करोड अमेरिकी डलर बराबर पुगेको छ । अर्थात्, दुईपक्षीय व्यापार ७ हजारभन्दा बढी गुणाले बढेको छ । मूलभूमि चीन बितेका २१ वर्षदेखि थाइवानको सबभन्दा ठूलो निर्यात बजार हो । यसबाट थाइवानले वार्षिकरूपमा ठूलो आकारको मुनाफा कमाइरहेको छ । साथै मूलभूमि चीन थाइवानको बाह्य लगानीको सबभन्दा ठूलो क्षेत्र पनि हो । सन् २०२१ को अन्त्यसम्ममा थाइवानका व्यापारले मूलभूमिका झन्डै १ लाख २४ हजार परियोजनामा लगानी गरेको थियो । त्यसको कुल लगानी भनेको ७१ अर्ब ३४ करोड अमेरिकी डलर बरबार छ ।
सन् १९८७ मा दुई पक्षबीच मानिसको भ्रमण ५० हजारभन्दा कम थियो । सन् २०१९ सम्म आइपुग्दा यो सङ्ख्या बढेर झन्डै ९० लाख पुग्यो । बितेका तीन वर्ष कोभिड–१९ बाट प्रभावित भए । थाइवान र मूलभूमि चीनका जनताबीच अन्तरक्रियाको मुख्य माध्यम अनलाइन संवाद बन्यो । यस्ता अनलाइन सञ्चारमा सामेल हुने मानिसको सङ्ख्या दुवैतिर नयाँ उचाइ पुगेको छ ।
चिकपा सधैँ चिनियाँ राष्ट्रको मेरुदण्ड बन्दै आएको छ । राष्ट्रिय पुनःजागरण र पुनःएकीकरणको लागि चिकपाले बलियो नेतृत्व गर्दै आएको छ । थाइवान प्रश्नको समाधान गर्न चिकपाले दशकौँदेखि लगातार प्रयास गर्दै आएको छ । निम्नानुसारका आधारमा चिकपाले पूर्ण राष्ट्रिय पुनःएकीकरण हासिल गर्न खोजिरहेको छ :

पहिलो, एक चीन नीति लागु हुनुपर्छ । कोही पनि व्यक्ति वा शक्तिलाई चीनबाट थाइवान अलग गर्न दिनु हुन्न ।
दोस्रो, थाइवानमा बस्दै आएका जनतासहित सबै चिनियाँ जनताको भलाइको लागि काम गर्न आवश्यक छ । उत्तम जीवनको लागि सबै चिनियाँ जनताको भावना साकार बनाउनुपर्छ ।
तेस्रो, थाइवानसम्बन्धी कामको लागि सिद्धान्त र नीति तर्जुमा गर्दा हामीले चिन्तनलाई स्वतन्त्र बनाउने, तथ्यबाट सत्यको खोजी गर्ने, सही राजनीतिक सिद्धान्तमा दृढ रहने, नयाँ फड्को मार्ने र राष्ट्रका आधारभूत हित र राज्यका मूल हितको रक्षा गर्ने बाटो पछ्याउनुपर्छ ।
चौथो, चीनको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई न्यूनाङ्कन गर्ने अथवा पुनःएकीकरणको बाटोमा उभिने प्रयास गर्ने कुनै पनि शक्तिविरुद्ध लड्ने साहस र काइदा हुनुपर्छ ।
पाँचौँ, देशलाई विभाजन गर्ने कुनै पनि शक्तिविरुद्ध लड्न सबै पक्षको परिचालन गर्न व्यापक एकता र ऐक्यबद्धता हुनुपर्छ । यसरी हामीले राष्ट्रिय पुनःएकीकरणको गति अघि बढाउन शक्ति सञ्चय गर्नसक्छौँ ।

चीनको पूर्ण पुनःएकीकरणको प्रक्रिया कसैले रोक्न नसक्ने प्रक्रिया हो
आन्तरिक र अन्तर्राष्ट्रिय परिस्थितिमा ठुलठुला र जटिल परिवर्तन भइरहेको अवस्थामा पूर्ण राष्ट्रिय पुनःएकीकरणको हाम्रो लक्ष्यसामु नयाँ चुनौती थपिएका छन् । चिकपा र चीन सरकारसँग यस्ता जटिलताको सामना गर्न र जोखिम तथा खतरामाथि जीत हासिल गर्न सामथ्र्य र आत्मविश्वास छ । राष्ट्रिय पुनःएकीकरणको बाटोमा ठुलो फड्को मार्न चिकपा र चीन सरकार सक्षम छन् ।

क) पूर्ण पुनःएकीकरण राष्ट्रिय पुनःजागरणको निम्ति अपरिहार्य छ ।
चीनको पाँच हजार वर्ष लामो इतिहासमा राष्ट्रिय पुनःएकीकरण र विभाजनको विरोध साझा आदर्श रह्यो । यो सिङ्गो राष्ट्रको साझा परम्परा हो । उन्नाइसौँ शताब्दीको मध्यकालबाट सुरु भएको आधुनिक युगमा पश्चिमा शक्तिको हमला र सामन्ती शासनको क्षयीकरणको कारण चीन पाइला पाइला गर्दै अर्ध सामन्ती र अर्ध उपनिवेश समाजमा ¥हास भयो । यो कालखण्डमा चीनले त्यसअघि कहिल्यै नभोगेकोजस्तो खराब सङ्कटको सामना गर्नुप¥यो । चीनले ठुलो अपमान सह्नुप¥यो । चिनियाँ जनता पीडाको सागरमा डुबे । चिनियाँ सभ्यता औँसीको कालरात्रीमा डुब्यो । थाइवानमा जापानको पचास वर्ष लामो कब्जा चीनले भोगेको यो अपमानको उदाहरण हो । यसले थाइवान जलडमरु क्षेत्रका दुवै किनाराका चिनियाँ जनतालाई निकै आहतमा पा¥यो । जलराशी वारपार दुई किनाराका हामी दुवै पक्ष एक अर्कालाई नियालेर बस्यौँ । तथापि, हामी आपसमा निकै पर थियौँ । हामी अझै पनि पुनःएकीकरण हुन नसकेको घाउ चिनियाँ राष्ट्रको इतिहासमा निको नभएको घाउ रहिरह्यो । दुवै किनाराका हामी चिनियाँले पुनःएकीकरणको लक्ष्य हासिल गर्न मिलेर काम गर्नुपर्छ र यो इतिहासको घाउ निको बनाउनुपर्छ ।
आधुनिक युगारम्भयता चिनियाँ जनता र चिनियाँ राष्ट्रको सबभन्दा ठुलो सपना भनेको राष्ट्रिय पुनःजागरण हो । पूर्ण राष्ट्रिय पुनःएकीकरण भएपछि मात्र थाइवान जलडमरुका दुवै किनाराका चिनियाँ जनताले गृहयुद्धका छायाँ कुनामा पन्छाएर दिगो सपनाको जग राख्न सक्नेछौँ र यसमा बलियो गरी उभिन सक्नेछौँ । राष्ट्रिय पुनःएकीकरण नै मात्र त्यो बाटो हो जसले थाइवानमाथि फेरि पनि विदेशी शक्तिले हमला गर्ने र कब्जा जमाउने सम्भावनालाई निषेध गर्छ । चीनलाई अँठ्याउने बाह्य शक्तिको प्रयास विफल बनाउनेछ र चीनको सार्वभौमिकता, सुरक्षा र विकासको चाहनाको रक्षा गर्न सक्नेछ । चीनलाई विभाजन गर्ने पृथकतावादीहरूको प्रयासको यो नै सबभन्दा प्रभावकारी उपचार हो । राष्ट्रिय पुनःएकीकरण नै चीनको हिस्साको रूपमा थाइवानको स्थानलाई बलियो बनाउने सबभन्दा उत्कृष्ट माध्यम हो । यो नै राष्ट्रिय पुनःजागरण अघि बढाउने बाटो हो । यसले हामी दुवै तर्फका जनताको शक्ति सञ्चय गर्न सक्षम बनाउनेछ । हाम्रो साझा घर बनाउनेछ । हाम्रो हित र भलाइको रक्षा गर्छ । अनि चिनियाँ जनता र चिनियाँ राष्ट्रको उज्जवल भविष्य बनाउनेछ । चिनियाँ क्रान्तिका महान् हस्ती डा. सन यात सेनले एउटा सन्दर्भमा भन्नुभएको थियो, “एकीकरण सबै चिनियाँ राष्ट्रहरूको आशा हो । यदि चीनले सबै चिनियाँ जनतालाई एकताबद्ध बनाउन सके सबै चिनियाँ जनताले खुसी जीवन जिउन पाउनेछन् । यदि त्यसो भएन भने हामी सबै जनाले दुःख पाउनेछौँ ।”
पुनःजागरण र समृद्धिको बाटोमा अघि हिँड्दै गर्दा चीनले ठुलठुला समस्या र कठिनाइ भोग्नुप¥यो । ‘एकीकरणले शक्ति प्रदान गर्छ भने विभाजनले अराजकतातिर डो¥याउने गर्छ ।’ यो नै इतिहासको नियम हो । पूर्ण राष्ट्रिय पुनःएकीकरण चिनियाँ राष्ट्रको इतिहास र संस्कृतिबाट निर्देशित छ । हाम्रो राष्ट्रिय पुनःजागरणतिरको गति र वरपरको परिस्थितिले पूर्ण राष्ट्रिय पुनःएकीकरणको निधो गर्छ । राष्ट्रिय पुनः जागरणको लक्ष्य हासिल गर्ने विषयमा हामी अहिलेसम्म कहिल्यै यति नजिक, यति आत्मविश्वासपूर्ण र यति सक्षम भएका छैनौँ । पूर्ण राष्ट्रिय पुनःएकीकरणको हाम्रो लक्ष्यको सन्दर्भमा पनि यो नै सत्य हो । थाइवान प्रश्न चिनियाँ राष्ट्रका कमजोरी र अराजकताको परिणाम हो । यो प्रश्नको समाधान राष्ट्रिय पुनःजागरणबाट मात्र हुन सक्ने कुरा सत्य हो । जब सबै चिनियाँ जनता एकजुट हुन्छन् र मिलेर काम गर्छन्, तब राष्ट्रिय पुनःजागरणतर्फको हाम्रो बाटोमा राष्ट्रिय पुनःएकीकरणको लक्ष्यमा पक्कै सफल हुनेछौँ ।
ख) राष्ट्रिय विकास र प्रगतिले मूलभूमि चीन र थाइवानबीचको सम्बन्धलाई निर्देशित गर्छ
चीनको विकास र प्रगतिले मूलभूमि चीन र थाइवानबीचको सम्बन्ध र पूर्ण राष्ट्रिय पुनःएकीकरणमा सफलताको निर्धारण गर्छ । विशेषतः सुधार, खुलापन र आधुनिकीकरणका बितेका चार दसकमा प्राप्त उपलब्धिले थाइवान प्रश्नको समाधान र पूर्ण राष्ट्रिय पुनःएकीकरणको ऐतिहासिक प्रक्रियामा व्यापक प्रभाव पारेको छ । थाइवानमा जुनसुकै राजनीतिक पार्टी वा समूह सरकारमा भए पनि मूलभूमि चीन र थाइवानबीचको प्रगतिउन्मुख सम्बन्ध र राष्ट्रिय पुनःएकीकरणको दिशामा फेरबदल ल्याउन सक्नेछैन ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्याङ्कअनुसार सन् १९८० मा मूलभूमि चीनको कुल गार्हस्थ उत्पादन झन्डै ३ खर्ब ३ अर्ब अमेरिकी डलर थियो । थाइवानको कुल गार्हस्थ उत्पादनभन्दा त्यो सात गुणाले मात्र बढी थियो । त्यत्तिबेला थाइवानको कुल गार्हस्थ उत्पादन ४२ अर्ब ३० करोड अमेरिकी डलरबराबर थियो । सन् २०२१ मा मूलभूमि चीनको कुलगार्हस्थ उत्पादन १ शंख ७४ खर्ब ६० अर्ब अमेरिकी डलर भयो । त्यत्तिबेला थाइवानको कुलगार्हस्थ उत्पादन ७ खर्ब ९० अर्ब अमेरिकी डलर थियो । थाइवानको तुलनामा मूलभूमिको कुलगार्हस्थ उत्पादन २२ गुणाभन्दा बढी छ ।
चीनको विकास र प्रगति, विशेषतः आर्थिक शक्ति, प्राविधिक क्षमता र राष्ट्रिय सुरक्षा क्षमतामा भएको चुस्त प्रगतिले पृथकतावादी शक्तिका गतिविधि र बाह्य शक्तिका हस्तक्षेपमा प्रभावकारी नियन्त्रण भएको छ । यस्ता प्रगतिले दुई पक्षबीच आपसी सम्बन्ध र सहकार्यको लागि व्यापक स्थान र ठुला अवसर प्रदान गरेको छ । थाइवानका धेरैभन्दा धेरै देशबासी, विशेषतः युवाहरूले मूलभूमिमा आफ्नो पढाइ गरिरहेका छन् । कतिले व्यापार गरिरहेका छन् । कति रोजगारी खोजिरहेका छन् अथवा मूलभूमिमै बस्ने गरी जाँदैछन् । मूलभूमि र थाइवानबीचको आपसी सम्बन्ध, अन्तरक्रिया र एकता सबै क्षेत्रमा सघन बनेको छ । दुवैतिरका जनताबीच आर्थिक सम्बन्ध र व्यक्तिगत सम्पर्क अझ गहिरिएको छ । हाम्रो साझा सांस्कृतिक र राष्ट्रिय पहिचान अझ बलियो बनेको छ । यसले थाइवानसँगको सम्बन्ध क्रमशः पुनःएकीकरणतिर अघि बढिरहेको छ ।
चिकपाले चिनियाँ जनतालाई सङ्गठित गरेर चीनलाई सबै हिसाबले आधुनिक समाजवादी देश बनाउने नयाँ यात्रातिर डो¥याइरहेको छ । चिनियाँ विशेषतासहितको समाजवादको बाटो पछ्याउँदै मूलभूमि चीनले आफ्नो शासन प्रणालीमा सुधार ल्याएको छ र दीर्घकालीन आर्थिक वृद्धि कायम राखेको छ । ऊसँग आज मनग्य भौतिक पूर्वाधार छ । मानवीय स्रोतमा ऊ धनी छ । उसको बजार बृहत् छ । विकासमा उसको बलियो लचकता छ र सामाजिक स्थायित्व छ । अर्थात् चीनसँग थप विकासको लागि प्रशस्त शक्ति र अनुकूल परिस्थिति छ । पुनःएकीकरणका यिनै चालक शक्ति हुन् ।
विकासको नयाँ दबुमा टेकेर मूलभूमि चीनले विकासको नयाँ दर्शन लागु गरिरहेको छ । उसले विकासको नयाँ आयाम सिर्जना गरेको छ । अनि उच्च गुणस्तरीय विकासलाई प्रबद्र्धन गरेको छ । परिणामतः मूलभूमिको समग्र सामथ्र्य र अन्तर्राष्ट्रिय वृत्तमा उसको प्रभाव लगातार बढिरहेको छ । थाइवानी समाजमा उसको प्रभाव अझ बढिरहनेछ । थाइवान समस्या समाधानको लागि थप मूर्त आधार तयार हुँदै जानेछ । त्यसको निम्ति उसको क्षमता पनि विस्तार हुँदै जानेछ । यसले राष्ट्रिय पुनःएकीकरणलाई उल्लेखनीय ऊर्जा दिनेछ ।

ग) पुनःएकीकरण रोक्ने पृथकतावादी शक्तिका कुनै पनि प्रयास असफल हुनेछ
प्राचीनकालबाट नै थाइवान चीनको अभिन्न हिस्सा बन्दै आएको छ । थाइवानलाई चीनबाट अलग राख्ने कुनै पनि कदम देश टुक्र्याउने गम्भीर अपराध हो । यसले थाइवान जलडमरुका दुवै किनाराका देशबासीका साझा भावनालाई होच्याउनुका साथै चिनियाँ राष्ट्रको आधारभूत भलाइमा आँच पु¥याउनेछ । यसले अन्ततः केही उपलब्धि हासिल हुनेछैन ।
थाइवानको राजनीतिक दल डीपीपीले पृथकतावादी नीति अवलम्बन गरेको छ । देश विभाजन गर्ने हेतुले बनाएको उत्तेजनात्मक योजनामा उसको र बाह्य शक्तिको कुरा मिलेको छ । उनीहरूले एक चीन नीतिलाई अस्वीकार गरेका छन् । साथै सन् १९९२ को सहमति पनि बङ्गयाएका छन् र अस्वीकार गर्दै आएका छन् । उनीहरू थाइवान र मूलभूमि एक अर्कोको अन्तर्गत हुन नहुने तर्क गर्छन् । उनीहरू नयाँ ‘दुई राज्य’ नीतिका पक्षपाती हुन् । थाइवानमा उनीहरू लगातार ‘अ–चिनियाँकरण’ मा जोड दिन्छन् । उनीहरू ‘क्रमिक स्वाधीनता’ को पक्ष लिन्छन् । थाइवानको कथित ‘संविधान’ र ‘कानुन’ मा संशोधन गर्न उनीहरू डीपीपी दलभित्र र बाहिरका पृथकतावादीहरूलाई उक्साइरहेका हुन्छन् । उनीहरू थाइवानका जनतालाई झुक्याउँछन् । मूलभूमिविरुद्ध निर्मम गतिविधिलाई प्रश्रय दिन्छन् । अनि दुई पक्षबीचको सम्बन्ध, सहकार्य र विकासमा अवरोध पु¥याउन खोज्छन् र न्यूनाङ्कन गर्छन् । उनीहरूले ‘स्वतन्त्रता’ प्राप्त गर्ने र जबरजस्ती पुनःएकीकरणको प्रक्रिया रोक्न आफ्नै सेना बनाएको छ । उनीहरू ‘दुई चीन’ वा ‘एक चीन, एक थाइवान’ को बीउ हुर्काउन बाह्य शक्तिसँग मिल्ने गरेका छन् । डीपीपीका गतिविधिले थाइवान क्षेत्रमा तनाव बढ्ने गरेको छ । त्यहाँको शान्ति र स्थायित्वमा आँच पु¥याउने गरेको छ । शान्तिपूर्ण पुनःएकीकरणको सम्भावनालाई न्यूनाङ्कन र सङ्कुचित बनाउने गरेको छ । शान्तिपूर्ण पुनःएकीकरणको प्रक्रिया अघि बढाउन यी अवरोध पन्छाउन अपरिहार्य छ ।
थाइवान त्यहाँका २ करोड ३० लाख देशबासीसहित सबै चिनियाँ जनताको भूमि हो । चीनको सार्वभौमिकता र भौगोलिक अखण्डता रक्षा गर्न र चिनियाँ राष्ट्रका आधारभूत हित जोगाउन चिनियाँ जनता दृढ र कटिबद्ध छन् । यो प्रतिबद्धताले देश विभाजन गर्न खोज्नु कुनै पनि प्रयासलाई निराश बनाउने गरेको छ । थाइवानमाथि एक सय वर्षभन्दा अघि विदेश शक्तिले कब्जा जमाएको थियो । त्यत्तिबेला चीन कमजोर र गरिब थियो । ७० वर्षभन्दा बढी समयअघि चीनले हमलाकारीहरूलाई पराजयको स्वाद चखायो र थाइवान फिर्ता लियो । आज चीनको संसारकै दोस्रो ठुलो अर्थतन्त्र बनेको छ । राजनीति, अर्थतन्त्र, सांस्कृति, प्राविधिक र सैनिक शक्तिमा उल्लेखनीय वृद्धिसँगै चीनले अझै पनि थाइवानलाई अलग राख्न सक्दैन । देशको पुनःएकीकरण भएको हेर्न नचाहने र विभाजन गर्न खोज्ने कुनै प्रयत्न असफल हुने अवश्यम्भवी छ । किनभने यो चिनियाँ राष्ट्रको इतिहास र संस्कृतिको आधारविपरीत छ । १ अर्ब ४० करोडभन्दा बढी चिनियाँ जनताको प्रतिबद्धताविपरीत छ ।

चीनको पूर्ण पुनःएकीकरणमा अवरोध गर्ने बाह्य शक्तिहरू पक्कै पराजित हुनेछन् ।
चीनको पुनःएकीकरणको सबभन्दा ठुला तगारा बाह्य हस्तक्षेप हुन् । प्रभुत्ववादको दिग्भ्रममा अझै हराएका र शीतयुद्धकालीन मनस्थितिबाट निस्कन नसकेका संरा अमेरिकाका केही शक्ति चीनलाई प्रमुख रणनीतिक शत्रु र दीर्घकालीन गम्भीर खतराको रूपमा बुझ्छन् र चित्रण गर्छन् । चीनलाई ओझेलमा पार्न र दबाब दिन उनीहरूले गर्न सक्ने सबै प्रयास गर्छन् । थाइवानलाई उनीहरू हतियारको रूपमा प्रयोग गर्छन् । संरा अमेरिकी अधिकारीहरूले आफू एक चीन नीतिप्रति प्रतिबद्ध हुने बताउँदै आएका छन् । उनीहरू मुखले आफू ‘थाइवानको स्वतन्त्रता’ को पक्षमा नभएको बताउँछन् । तर, उनीहरूको व्यवहार बोलीभन्दा विपरीत छ । उनीहरू एक चीन नीतिलाई अनिश्चयको बादलमा छोप्न खोजिरहेका छन् । उनीहरू एक चीन नीतिको मूल भावनाविपरीत काम गर्छन् । उनीहरू थाइवानसँग ‘औपचारिक’ भ्रमण बढाइरहेका छन् । हातहतियारको बिक्री बढाएर सैनिक उत्तेजनालाई बढावा दिइरहेका छन् । थाइवानको ‘अन्तर्राष्ट्रिय प्रभाव’ बढाउन उनीहरूले थाइवान मामिलामा हस्तक्षेप गर्न अरू देशलाई उक्साइरहेका छन् । अनि चीनको सार्वभौमिकताको खिल्ली उडाउँदै थाइवानसम्बन्धी विधेयक आफ्नो संसद्बाट पारित गरिरहेका छन् । उनीहरूले के कालो र के सेतो, के ठीक र के बेठीक भन्ने कुरामा अन्योल सिर्जना गरिरहेका छन् । एकातिर उनीहरू मूलभूमि चीन र थाइवानबीच सम्बन्धमा तनाव र विग्रह निम्त्याउन पृथकतावादी शक्तिलाई उक्साइरहेका छन् । अर्कोतिर, उनीहरूले थाइवानमाथि हस्तक्षेप र दबाब दिएको, एकपक्षीयरूपमा मनोमानी गरेको भन्दै मूलभूमि चीनलाई आरोप लगाइरहेका छन् । यसो भनेर उनीहरूले पृथकतावादी शक्तिलाई बलियो बनाउन खोजिरहेका छन् । अनि चीनको शान्तिपूर्ण पुनःएकीकरणमा अवरोध तेर्साउन खोजिरहेका छन् ।
संयुक्त राष्ट्र सङ्घको बडापत्रअनुसार राज्यको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने महत्वपूर्ण सिद्धान्त नै आधुनिक अन्तर्राष्ट्रिय कानुनको आधारस्तम्भ हो, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मूल्य मान्यता हुन् । आफ्नो राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षा गर्नु हरेक सार्वभौम राज्यको पवित्र अधिकार हो । थाइवान प्रश्नको समाधान गर्न र राष्ट्रिय पुनःएकीकरण हासिल गर्न र बाह्य हस्तक्षेपबाट मुक्त हुन चीन सरकारले आवश्यक सबैथरी कदम चाल्ने कुरा भनिरहन जरुरी छैन ।
‘स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकार’ र ‘कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ को धुँवाको पर्दा पछाडि संरा अमेरिकाका केही चीनविरोधी शक्तिहरू थाइवान प्रश्नको खास अन्तर्यलाई बङ्गयाउनतिर लागेका छन् । थाइवानको प्रश्न शुद्धरूपमा चीनको आन्तरिक मामिला हो । उनीहरू राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डता रक्षा गर्ने चीन सरकारको जायज र वैध अधिकार अस्वीकार गर्न चाहन्छन् । यसले चीनलाई अँठ्याउन र चीनको पुनःएकीकरण सम्भव नबनाउन थाइवानलाई प्रयोग गर्ने उनीहरूको मनसाय घामजत्तिकै छर्लङ्ग हुन्छ । यो वास्तविकतालाई उदाङ्ग्याउनुपर्छ र भत्र्सना गर्न जरुरी छ ।
यी बाह्य शक्तिले थाइवानलाई चीनको विकास र प्रगतिमा भाँजो हाल्न हतियारको रूपमा प्रयोग गरिरहेका छन् । उनीहरू थाइवानलाई प्रयोग गरेर चिनियाँ राष्ट्रको पुनःजागरणमा अवरोध गर्न चाहन्छन् । अनि यो सब काम उनीहरूले थाइवानका जनताको हितमा होइन बरु थाइवानी जनताको भलाइ, हित र भविष्यलाई दाउमा राखेर गरिरहेका छन् । उनीहरूले पृथकतावादी शक्तिलाई उक्साइरहेका छन् । उनीहरूका गतिविधिलाई बढावा दिइरहेका छन् । उनीहरूले थाइवान क्षेत्रमा तनाव र द्वन्द्व बढाउन मलजल गरिरहेका छन् । एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वलाई बेवास्ता गरिरहेका छन् । यो सब शान्ति, विकास र सबैको लाभ हुने सहकार्यको आजको विश्वव्यापी प्रवाहविपरीत छ । यो अन्तर्राष्ट्रिय समुदायको चाहना र सबै जनताको भावनाविपरीत हो ।
जनवादी गणतन्त्र चीनको स्थापना भएको केही समयपछि चीन र चिनियाँ जनताले कोरियामाथि संरा अमेरिकी हमलाविरुद्धको लडाइँ (सन् १९५०–५३) मा शानदार विजय हासिल गर्न सफल भयो । त्यत्तिबेला चीन आफै पनि दसकौँको लडाइँको भग्नावशेषबाट बल्ल उठ्न खोजिरहेको थियो । चीनले साहस र आत्मविश्वासले शक्तिशाली र हातहतियारले सुसज्जित शत्रुलाई पराजित ग¥यो । कोरिया युद्ध लडेर हामीले भर्खर जन्मेको जनवादी गणतन्त्रको रक्षा ग¥यौँ । संसारको एउटा प्रमुख देशको रूपमा चीनको हैसियत बनाउन सफल भयौँ । हाम्रो साहसिक भावना, निर्भयपना प्रदर्शन गर्न सफल भयौँ । शक्तिशालीको मनोमानीविरुद्ध लड्ने हाम्रो इच्छाशक्ति देखायौँ ।
चीन शान्तिपूर्ण विकासमा प्रतिबद्ध छ । त्यसका साथै चीन कुनै पनि बाह्य शक्तिसामु किमार्थ झुक्दैन पनि । न त चीन आफ्नो सार्वभौमिकता, सुरक्षा र विकासका चासोमा कुनै पनि खाले हस्तक्षेपलाई चुपचाप सहेर बस्न सक्छ । बाह्य शक्तिमा भर परेर थाइवानका पृथकतावादीलाई केही हात लाग्नेछैन । अनि चीनलाई असजिलो पार्न थाइवानलाई प्रयोग गर्ने प्रयास असफल हुने निश्चित छ ।
शान्ति, विकास र सुखी जीवन नै थाइवानी देशबासीका अपेक्षा हुन् । थाइवान जलक्षेत्रका दुवै किनारका जनताको यो नै साझा भावना हो । चिकपाको सशक्त नेतृत्वमा चिनियाँ जनता र चिनियाँ राष्ट्रले ठाडो बनाएर उभिएको छ, समृद्ध र शक्तिशाली बनेको छ । मूलभूमि चीनमा सबै हिसाबले मध्यम ढङ्गले समृद्ध समाज बनेको छ । त्यहाँका जनता कुनै बेला टीठलाग्दो गरिबीमा बाँच्थे । आज हाम्रो अवस्था सुध्रिएको छ । हाम्रो आत्मविश्वास बढेको छ । हाम्रो क्षमता फराकिलो बनेको छ । हामीले राष्ट्रिय पुनःएकीकरणको यो ऐतिहासिक लक्ष्य पूरा गरे थाइवान जलक्षेत्रका दुवै किनाराका जनताले उत्तम जीवन बाँच्न पाउनेछन् । इतिहासका पाङ्ग्रा राष्ट्रिय पुनःएकीकरणको दिशातिर अघि बढिरहेका छन् । यो गतिलाई कोही व्यक्ति र शक्तिले रोक्न सक्नेछैन ।

नयाँ युगमा राष्ट्रिय पुनःएकीकरण
विश्वभर बितेको एक शताब्दीमा नदेखिएको आकारको परिवर्तनको परिप्रेक्ष्यमा राष्ट्रिय पुनःजागरणको समग्र लक्ष्यलाई ध्यानमा राखेर चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारले थाइवान प्रश्नको विषयमा चिकपाका आधारभूत निर्देशिकालाई पछ्याइरहेको छ, थाइवानको सन्दर्भमा बनेका सिद्धान्त र नीतिको पालना गरिरहेको छ र मूलभूमि चीन र थाइवानबीच शान्तिपूर्ण सम्बन्ध विकासको निम्ति मुर्त प्रयास गरिरहेको छ । दुवैतिरको विकासबीच तालमेल मिलाएर राष्ट्रिय पुनःएकीकरणको निम्ति काम गरिरहेको छ ।

शान्तिपूर्ण पुनःएकीकरण र एक देश दुई प्रणालीका आधारभूत सिद्धान्तमा प्रतिबद्धता
थाइवान प्रश्नको समाधानको निम्ति चिकपा र चीन सरकारको पहिलो प्राथमिकता भनेको शान्तिपूर्ण तरिकाबाट राष्ट्रिय पुनःएकीकरण हो । यो तरिकाले नै थाइवानका हाम्रा देशबासीसहित समग्र चिनियाँ राष्ट्रको हितको रक्षा गर्न सक्छ । यसले नै चीनमा दीर्घकालीन स्थायित्व र विकासमा उत्तम ढङ्गले काम गर्न सक्छ । बितेका दसकमा शान्तिपूर्ण पुनःएकीकरणका अवरोध र तगारा पन्छाउन हामी मिहिनेतका साथ काम ग¥यौँ । राष्ट्रको बृहत्तर हित, थाइवानका हाम्रा देशबासीको भलाइ र दुवैतिर शान्ति गर्ने हाम्रो प्रतिबद्धता त्यसबाट उजागर भएको छ ।
एक देश दुई प्रणाली सिद्धान्त चिकपा र चीन सरकारले शान्तिपूर्ण पुनःएकीकरणको लागि बनाएको महत्वपूर्ण संस्थागत प्रस्ताव हो । यसले चिनियाँ समाजवादको महान् उपलब्धिको प्रतिनिधित्व गर्छ । शान्तिपूर्ण पुनःएकीकरण र एक देश दुई प्रणाली थाइवान प्रश्नको समाधानको निम्ति हाम्रो आधारभूत सिद्धान्त र राष्ट्रिय पुनःएकीकरण हासिल गर्ने सबभन्दा उत्तम बाटो हुन् । एक अर्काको सहयोगमा प्रगति गर्ने चिनियाँ विवेकलाई आत्मसात गर्दै यो बाटो नै थाइवानको वास्तविकता परिस्थिति सुहाउँदो छ र पुनःएकीकरणपश्चात पनि थाइवानमा दिगो स्थायित्वको लागि यो बाटो उपयुक्त छ । शान्तिपूर्ण पुनःएकीकरणपछि थाइवानले अहिलेकै सामाजिक व्यवस्थालाई निरन्तरता दिन सक्छ र कानुनअनुसार उच्च तहको स्वायत्तता उपभोग गर्न सक्छ । भविष्यमा लामो समयसम्म दुई सामाजिक प्रणाली एक साथ अघि बढ्नेछ । दुई प्रणालीको पूर्वशर्त र आधार भनेको एक देश हो । दुई प्रणाली एउटा देशको सहायक पक्ष हो । अनि यी दुवै सिद्धान्त एक चीनको मूल सिद्धान्तमा जोडिएका छन् ।
थाइवानका हाम्रा देशबासीसँग मिलेर हामी थाइवान प्रश्नबारे दुई प्रणालीको समाधानबारे थप खोजीलाई चालु राख्नेछौँ र शान्तिपूर्ण पुनःएकीकरणको लागि हाम्रो प्रयत्नलाई अझ सघन बनाउनेछाँै । एक देश, दुई प्रणालीको कार्यान्वयनको विशेष हेतुको लागि हामीले थाइवानको वास्तविक अवस्थालाई गम्भीरतापूर्वक ध्यान दिनेछौँ । दुई तर्फका जीवनका सबै क्षेत्रका जनताका धारणा र प्रस्तावमाथि विचार पु¥याउनेछौँ । थाइवानका हाम्रा देशबासीका भलाइ र भावनाको हामी पूर्ण सम्मान गर्नेछौँ ।
एक देश, दुई प्रणालीको प्रस्ताव अघि प्रस्तुत भएसँगै केही राजनीतिक शक्तिले यसलाई बङ्ग्याएर प्रस्तुत गर्ने र यसका लक्ष्यको अपव्याख्या गर्दै आएका छन् । थाइवानको राजनीतिक पार्टी डीपीपी र त्यसको नेतृत्वका विभिन्न निकायले यो सिद्धान्तको बद्ख्वाई गर्न आधारहित विरोध गर्नेलगायत गर्न सक्ने सबै काम गरिसकेका छन् । यसले थाइवानका केही शिविरमा यो नीतिको लक्ष्यबारे गलत व्याख्या भएका छ । हङकङ र मकाउ मातृभूमि (चीन) मा फर्केपछि र उनीहरूले राष्ट्रिय प्रशासनमा पुनःसमावेश भएपछि मूलभूमि चीनसँग साझा विकासको फराकिलो मार्ग उनीहरूले पछ्याएका छन् । दुई पक्षले एक अर्काको परिपुरकको भूमिका खेलेका छन् । एक देश, दुई प्रणालीको अभ्यासले शानदार सफलता हासिल गरेको छ ।
केही समयको लागि हङकङले भित्र र बाहिरका चीनविरोधी तत्वले फैलाएको घातक सामाजिक अस्थिरताको सामना गर्नुप¥यो । त्यहाँको परिस्थितिबारे प्रस्ट बुझाइमा आधारित रहेर चिकपा र चीन सरकारले एक देश दुई प्रणालीको सिद्धान्त अङ्गीकार ग¥यो । त्यसमा सान्दर्भिक सुधार ग¥यो । अस्थिरताको लक्षण र मूलकारण समाधान गर्न विभिन्न आवश्यक कदम चाल्यो । फलतः हङकङमा शान्ति सुव्यवस्था कायम भयो । हङकङ समृद्धिको बाटोमा फर्कियो । यसले हङकङ र मकाउमा कानुनमा आधारित शासनको लागि बलियो आधार तयार ग¥यो र एक देश दुई प्रणालीले दिगो निरन्तरता पायो ।
शान्तिपूर्ण पुनःएकीकरण हासिल गर्न हामीले मूलभूमि चीन र थाइवानमा अलग अलग सामाजिक प्रणाली र विचारधारा भएको कुरा बुझ्न जरुरी छ । एक देश दुई प्रणालीको सिद्धान्त यो समस्याको सबभन्दा समावेशी समाधान हो । यो प्रजातान्त्रिक सिद्धान्तमा आधारित अवधारणा हो । यसले थाइवान प्रश्न समाधानको निम्ति सदिक्षा प्रदर्शन गर्छ र शान्तिपूर्ण समाधानको खोजी गर्छ । साथै आपसी हित सुनिश्चित गर्छ । सामाजिक प्रणालीमा भिन्नता पुनःएकीकरणको लागि न त अवरोध हो न विभाजनलाई जायज ठह¥याउने आधार हो । हामी थाइवानका हाम्रा देशबासीले यो प्रस्तावबारे गहन रूपमा बुझ्ने दृढ विश्वास गर्छौँ । थाइवानको प्रश्नको सन्दर्भमा दुई प्रणालीको प्रस्तावले पूर्ण भूमिका खेल्नेछ र दुवैतिरका देशबासीले शान्तिपूर्ण पुनःएकीकरणको निम्ति मिलेर काम गर्ने हामी विश्वास गर्छौँ ।
शान्तिपूर्ण पुनःएकीकरण समान हैसियतमा गरिने सरसल्लाह र छलफलबाट मात्र प्राप्त गर्न सकिनेछ । दुई पक्षबीचको दीर्घकालीन राजनीतिक मतभेद मूलभूमि चीन र थाइवानबीचको सम्बन्धमा चुस्त प्रगतिको निम्ति मूल तगारा हुन् । तर, हामीले यो समस्यालाई एउटा पुस्ताबाट अर्को पुस्तामा सार्दैलानु ठीक हुँदैन । हामी अझ सरसल्लाह र छलफलको अझ लचिलो तरिका अपनाउन सक्छौँ । एक चीन नीति र सन् १९९२ को सहमतिमा आधारित भएर दुई पक्षबीचका राजनीतिक मतभेद समाधान गर्न थाइवानका सबै राजनीतिक पार्टी ? समूह र व्यक्तिसँग बृहत् स्तरमा विचार आदानप्रदान गर्न हामी तयार छौँ । दुवै तर्फका सबै राजनीतिक दल र समाजका सबै क्षेत्रबाट प्रतिनिधिहरू सिफारिस गरियोस् । ती प्रतिनिधिहरू मूलभूमि र थाइवानबीचको शान्तिपूर्ण सम्बन्ध विकासका लागि प्रजातान्त्रिक तरिकाबाट सरसल्लाहमा सहभागी बन्नेछन् । दुवै पक्षले तालमेल मिलाएर विकास गर्नेछन् र हाम्रो देशको शान्तिपूर्ण पुनःएकीकरण हुनेछ ।

मूलभूमि र थाइवानबीच शान्तिपूर्ण सम्बन्ध र तालमेल मिलेको विकासको प्रवद्र्धन
मूलभूमि र थाइवानबीचको शान्तिपूर्ण सम्बन्ध र तालमेल मिलेको विकासले पुनःएकीकरणको मार्गप्रशस्त गर्छ र दुवैतिरका हाम्रा जनताको हित गर्छ । तसर्थ, दुवै पक्षले यो लक्ष्य हासिल गर्न मिलेर काम गर्नुपर्छ । हामीले तालमेल मिलेको विकास विस्तार गर्नेछौँ, आपसी सम्बन्ध र सहकार्य बढाउनुपर्छ, आपसी भावना बलियो बनाउनुपर्छ र मूलभूमि–थाइवानबीचको शान्तिपूर्ण सम्बन्ध विकास गर्न साझा हितलाई विस्तार गर्नुपर्छ । यसप्रकार हामीले चिनियाँ संस्कृति र चिनियाँ राष्ट्रलाई अझ नजिकबाट चिन्नेछौँ र हाम्रो साझा भविष्यको भावना अझ उचाइमा पुग्नेछ । यसले शान्तिपूर्ण पुनःएकीकरणको आधारलाई अझ मूर्त बनाउनेछ ।
हामीले तालमेल मिलेको विकासको खोजमूलक अवधारणाको खोजी गर्नेछौँ र फुजिया प्रान्तमा मूलभूमि–थाइवान एकीकृत विकासको नमुना क्षेत्र बनाएर परिष्कृत सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र नीतिगत प्राथमिकतामा प्रगति गर्न सक्छौँ । यस्ता काम आपसी विश्वास र समझदारीमा आधारित हुनेछ । दुवै पक्षले लाभदायक सबै क्षेत्र जस्तै व्यापार र आर्थिक सहकार्य, पूर्वाधार, ऊर्जा र स्रोत तथा औद्योगिक विकासलगायतमा सम्पर्क सञ्जालको प्रवद्र्धनलाई निरन्तरता दिनुपर्छ । हामीले संस्कृति, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्यलाई प्रवद्र्धन गर्नुपर्छ र सामाजिक सुरक्षा तथा सार्वजनिक स्रोतको आपसमा बाँडचुँड गर्नुपर्छ । हामीले छिमेक पर्ने क्षेत्र अथवा समान परिस्थिति भएका दुवैतिरका क्षेत्रमा समान, अनिवार्य र सर्वसुलभ सार्वजनिक सेवा प्रदान गर्नुपर्छ । हामीले मूलभूमि–थाइवान आर्थिक सहकार्यलाई संस्थागत गर्न सक्रिय कदम चाल्नुपर्छ र चिनियाँ अर्थतन्त्र सबल बनाउन दुवै पक्षको साझा बजार बनाउनुपर्छ ।
थाइवानका देशवासीको भलाइमा हामीले प्रणालीगत र नीतिगत सुधार गर्ने सुनिश्चित गर्छौँ । थाइवानका देशबासीलाई मूलभूमिका जनतालाई जस्तो समान व्यवहार गर्ने सुनिश्चित गर्छौँ । कानुनबमोजिम हामी थाइवानका देशवासीको वैधानिक अधिकार र हितको रक्षा गर्नेछौँ । हामी हाम्रा स्वेदशवासी चिनियाँ र चिनियाँ प्रतिष्ठानहरूलाई बेल्ट एन्ड रोड परियोजनामा सहभागी बन्ने, प्रमुख क्षेत्रीय विकास रणनीतिमा सामेल हुने र समन्वयात्मक क्षेत्रीय विकासको रणनीतिको हिस्सा बन्न सहयोग गर्छौँ । विकासको नयाँ आयाममा सामेल हुन, उच्च गुणस्तरको विकासमा सहभागी बन्ने, विकासका थप अवसरमा सहकार्य गर्ने र राष्ट्रिय सामाजिक–आर्थिक विकासको लाभ बाँडचुँड गर्न पनि हामी सहयोग गर्नेछौँ ।\

हामी चिनियाँहरू आफ्नो निर्णय आफै गर्न सक्छौँ । थाइवान प्रश्न चीनको आन्तरिक मामिला हो । यो चीनको मूल हित र चिनियाँ जनताको राष्ट्रिय भावनासँग जोडिएको विषय हो । कुनै पनि खालका बाह्य हस्तक्षेप चीनले सहन सक्दैन । चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा चीनको पुनःएकीकरणमा भाँजो हाल्ने बहानाको रूपमा थाइवान प्रश्नको दुरूपयोग गर्ने कुनै पनि प्रयत्नलाई थाइवानका हाम्रा देशबासीसँगै चिनियाँ जनताले दृढतापूर्वक प्रतिरोध गर्नेछन् । कसैले पनि हाम्रो प्रतिवद्धता, चीनको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षा गर्ने चाहना र क्षमतालाई न्यूनाङ्कन नगर्दा राम्रो हुनेछ ।

मूलभूमि चीन र थाइवानबीच विभिन्न क्षेत्रमा सम्बन्ध र सहकार्य विस्तार गर्दै बीचमा आइपर्ने कुनै पनि अवरोध र तगारा पन्छाउनेछौँ । हामीले चिनियाँ संस्कृतिका उत्तम परम्परालाई दुवैतर्फ प्रचारप्रसार गर्न हाम्रा जनतालाई उत्साहित गर्नेछौँ । त्यस्ता चिनियाँ संस्कृतिलाई नयाँ र सिर्जनात्मक ढङ्गले प्रवद्र्धन सुनिश्चित गर्नेछौँ । हामी दुवैतिरका सर्वसाधारण र युवा पुस्ताबीच प्रभावकारी संवाद गर्नेछौँ र थाइवानमा हाम्रा चिनियाँ देशबासी, विशेषतः युवाहरूको पढाइ अघि बढाउने, व्यापार व्यवसाय सुरु गर्ने, रोजगारी खोज्ने वा मूलभूमि चीनमा बस्न उत्साहित गर्नेछौँ । यसले दुवैतिरका जनताबीच आपसी समझदारी विस्तार गर्ने, आपसी विश्वास बलियो बनाउनेछ, साझा पहिचानको जग दरिलो बनाउनेछ र मन र मुटुको निकट सम्बन्धलाई अझ नजिक ल्याउनेछ ।

पृथकतावाद र बाह्य हस्तक्षेपको पराजय
पृथकतावादले थाइवानलाई डावानलमा धकेल्नेछ । यसबाट थाइवान टापुलाई विनाशबाहेक केही हासिल हुनेछैन । थाइवानका देशवासीसँगै समग्र चिनियाँ राष्ट्रको हित रक्षार्थ हामीले पृथकतावादको विरोध गर्नुपर्छ र शान्तिपूर्ण पुनःएकीकरणको निम्ति मिलेर काम गर्नुपर्छ । हामी शान्तिपूर्ण पुनःएकीकरणको विशाल सम्भावनाको ढोका खोल्न तयार छौँ । तर, हामी कुनै पनि थरीका पृथकतावादी गतिविधिको निम्ति कुनै पनि बाटो खुला राख्न सक्दैनौँ ।
हामी चिनियाँहरू आफ्नो निर्णय आफै गर्न सक्छौँ । थाइवान प्रश्न चीनको आन्तरिक मामिला हो । यो चीनको मूल हित र चिनियाँ जनताको राष्ट्रिय भावनासँग जोडिएको विषय हो । कुनै पनि खालका बाह्य हस्तक्षेप चीनले सहन सक्दैन । चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा चीनको पुनःएकीकरणमा भाँजो हाल्ने बहानाको रूपमा थाइवान प्रश्नको दुरूपयोग गर्ने कुनै पनि प्रयत्नलाई थाइवानका हाम्रा देशबासीसँगै चिनियाँ जनताले दृढतापूर्वक प्रतिरोध गर्नेछन् । कसैले पनि हाम्रो प्रतिवद्धता, चीनको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षा गर्ने चाहना र क्षमतालाई न्यूनाङ्कन नगर्दा राम्रो हुनेछ ।
शान्तिपूर्ण पुनःएकीकरण हासिल गर्न हामी निकै इमानदारीका साथ काम गर्नुका साथै हामीले सकेको सबै प्रयास गर्नेछौँ । तर, हामी शक्तिको प्रयोगमाथि बन्देज लगाउनेछैनौँ । हामी आवश्यक सबै कदम चाल्ने विकल्पको ढोका खुला राख्नेछौँ । बाह्य हस्तक्षेप र सबैथरी पृथकतावादी गतिविधिको प्रतिरोधमा यो छेस्किनी हो । उनीहरूको मूल ध्येय नै थाइवानका हाम्रा चिनियाँ देशबासीमाथि हमला गर्नु हुने गरेको छ । शक्तिको प्रयोग निर्विकल्प परिस्थितिमा चालिने अन्तिम विकल्प मात्र हुनेछ । पृथकतावादी तत्व वा बाह्य शक्तिका उत्तेजनात्मक गतिविधिले हाम्रो लक्ष्मण रेखा नाघे हामी यस्ता कदम चाल्न बाध्य हुनेछौँ ।
बाह्य शक्तिका हस्तक्षेपकारी गतिविधि वा पृथकतावादी तत्वका विध्वंसकारी कामको प्रतिरोध गर्न हामी सदैव तयार छौँ । हाम्रो अन्तिम लक्ष्य भनेको चीनको शान्तिपूर्ण पुनःएकीकरण सुनिश्चित गर्नु र त्यसको प्रक्रिया अघि बढाउनु हो ।
संरा अमेरिकाका केही राजनीतिक शक्तिले चीनविरुद्ध थाइवानलाई गोटीको रूपमा प्रयोग गर्न र थाइवानलाई समस्यामा पार्न केही समूहलाई उक्साउन हरेक प्रयास गरिरहेका छन् । यसले थाइवान क्षेत्रको शान्ति र स्थायित्वलाई बिथोल्ने, शान्तिपूर्ण पुनःएकीकरणको लागि चीन सरकारले गरिरहेका प्रयासमा अवरोध गर्ने र चीन–संरा अमेरिका सम्बन्धको स्वस्थ र चुस्त विकासलाई ओझेलमा पार्ने प्रयत्न गरिरहेका छन् । यदि यस्ता गतिविधिलाई नरोकिए थाइवान क्षेत्रमा तनाव अझ बढ्नेछ, चीन–संरा अमेरिका सम्बन्ध अझ बिथोलिनेछ र संरा अमेरिका आफै आफ्ना स्वार्थमा गम्भीर आघात पु¥याइरहको हुनेछ । संरा अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध हुन जरुरी छ । उसले थाइवान प्रश्नलाई गम्भीरतापूर्वक र सही ढङ्गले समाधान गर्नुपर्छ, आफ्ना पहिलाका प्रतिबद्धताप्रति दृढ रहनुपर्छ र थाइवानका पृथकतावादीलाई समर्थन गर्ने काम रोक्नुपर्छ ।

राष्ट्रिय पुनःएकीकरण र पुनःजागरणको लागि थाइवानका हाम्रा देशवासीसँग मिलेर काम गरौँ
राष्ट्रिय पुनःएकीकरण राष्ट्रिय पुनःजागरणको निम्ति अपरिहार्य कदम हो । थाइवानको भविष्य चीनको पुनःएकीकरणसँग जोडिएको छ । थाइवानका जनताको भलाइ पनि चिनियाँ राष्ट्रको पुनःजागरणमा निर्भर छ । चिनियाँ राष्ट्रको पुनःजागरणले दुवैतिरका जनताको भविष्य र भाग्य निर्धारण गर्नेछ । सङ्गठित र समृद्ध चीन सबै चिनियाँको लागि आशिर्वाद हुनेछ । तर, कमजोर र विभाजित चीन सबैको लागि दुःखको कारण हुनेछ । चीनको पुनःजागरण र समृद्धिले मात्र दुवैतिरका जनताको लागि जीवन र खुशियाली दिनेछ । तर, त्यसको निम्ति दुवैतिरका जनताले मिलेर प्रयास गर्नुपर्छ । अनि देशको पूर्ण पुनःएकीकरण गर्नुपर्छ ।
पृथकतावादीहरूको प्रचारबाजी र दुवै पक्षका नसुल्झिएका राजनीतिक विवादले मूलभूमि चीन–थाइवान सम्बन्धमा केही गलत बुझाइ जन्माएको छ । राष्ट्रिय पहिचानमा समस्या सिर्जना गरेको छ । थाइवानका केही देशवासी चिनियाँलाई राष्ट्रिय पुनःएकीकरणबारे भ्रमित बनाएको छ । पानीभन्दा रगत बाक्लो हुन्छ । थाइवान जलडमरुका दुवै किरानाका जनताले आफन्त र प्रियजनको सम्बन्ध साट्ने गरेका छन् । हामीसँग ठुलो धैर्य र सहनशीलता छ । हामी दुवै पक्षबीच नजिकको सम्बन्ध र संवादको अवस्था बनाउनेछौँ र मूलभूमि चीनबारे हाम्रा देशबासीलाई थप जानकारी दिनेछौँ र पृथकतावादी शक्तिको अतिरञ्जनालाई छ्यास्न भ्रम र गलत जानकारीको जङ्गल फाड्नेछौँ ।

मूलभूमि चीन र थाइवानको शान्तिपूर्ण पुनःएकीकरण चिनियाँ राष्ट्रको हितमा मात्र छैन । बरु सम्पूर्ण जनता र सिङ्गो अन्तर्राष्ट्रिय समुदायको हितमा छ । चीनको पुनःएकीकरणले अन्य कुनै पनि देशको वैधानिक चासोमा कुनै हानि गर्दैन । थाइवानसँग आर्थिक सम्बन्ध भएका देशलाई पनि कुनै हानि गर्दैन । बरु सबै देशमा यसले थप विकासका अवसर ल्याउनेछ । एसिया प्रशान्त र सिङ्गो विश्वमा समृद्धि र स्थायित्वको लागि यसले थप सकारात्मक गति प्रदान गर्नेछ । यसले साझा भविष्यको विश्व समुदाय बनाउन, विश्व शान्ति र विकास प्रवद्र्धन गर्न र मानव जातिको प्रगति गर्न थप योगदान गर्नेछ ।

राष्ट्रिय पुनःएकीकरण र पुनःजागरणमा प्रगति गर्न हामी थाइवानका हाम्रा देशबासीसँग हात्तेमालो गर्नेछौँ । उनीहरू इतिहासको सही कित्तामा बस्ने, आफ्नो चिनियाँ पहिचानप्रति गौरव गर्ने र चीनको पुनःजागरणमा थाइवानको स्थान र भूमिकाप्रति पूर्ण सहज हुनेमा हामी आशावादी छौँ । थाइवानका देशबासीले राष्ट्रको बृहत् हितलाई जोड दिनेछन्, दृढतापूर्वक पृथकतावाद र कुनै पनि खालका बाह्य हस्तक्षेपको विरोध गर्नेछन् र चीनको शान्तिपूर्ण पुनःएकीकरणको न्यायपूर्ण लक्ष्यमा सकारात्मक योगदान गर्नेछन् ।

शान्तिपूर्ण पुनःएकीकरणको उज्यालो सम्भावना
एक देश दुई प्रणालीअन्तर्गत एक पटक शान्तिपूर्ण पुनःएकीकरण भएपछि थप प्रगति गर्न र राष्ट्रिय पुनःजागरण हासिल गर्न चीनको लागि नयाँ आधार बन्नेछ । त्यत्तिबेला थाइवानमा सामाजिक र आर्थिक विकासका ठुलठुला अवसर देखिनेछन् र थाइवानका जनताको लागि मूर्त लाभ हुनेछ ।

थाइवानले विकासको विशाल क्षेत्र पाउनेछ
थाइवानमा उच्च तहको आर्थिक वृद्धि भइरहेको छ । स्थानीय मौलिक विशेषता सहितका उद्योग फस्टाएको छ र वैदेशिक व्यापार पनि बढेको छ । थाइवानको अर्थतन्त्र मूलभूमि चीनको परिपुरक अर्थतन्त्र हो । पुनःएकीकरणपछि मूलभूमि चीन र थाइवानबीचको आर्थिक सहकार्यका प्रणाली र संयन्त्रमा थप प्रगति हुनेछ । मूलभूमिको विशाल बजारमा आधारित थाइवानको अर्थतन्त्रले बृहत् सम्भावनाको लाभ उठाउनेछ, त्यहाँको अर्थतन्त्र थप प्रतिस्पर्धी हुनेछ, औद्योगिक र आपूर्ति प्रणालीमा चुस्त र व्यवस्थित विकास हुनेछ र खोजमूलक वृद्धिको अपरिहार्यता प्रदर्शन गर्नेछ । थाइवानको अर्थतन्त्र र जनतासँग लामो समयदेखि जोडिएका धेरै समस्या दुवै पक्षबीच सबै सम्भव सम्बन्ध सञ्जालसहित मूलभूमि र थाइवानको एकीकृत विकासबाट हुन सक्छ । थाइवानको राजस्वलाई थाइवानका जनताको जीवनस्तर उकास्न, उनीहरूलाई खास लाभ पु¥याउन र उनीहरूका कठिनाइ सुल्झाउन सदुपयोग गर्न सकिन्छ ।
थाइवानको सांस्कृतिक रचनात्मकताले ठुलो लाभ उठाउन सक्नेछ । थाइवान क्षेत्रका दुवै किनाराबीच चिनियाँ राष्ट्रका संस्कृति र मूल्य मान्यता मिल्छन् । चिनियाँ सभ्यताबाट पोषित थाइवानको क्षेत्रीय संस्कृतिको फलीफाप हुनेछ ।

थाइवानी जनताका अधिकार र हितको पूर्ण सुरक्षा हुनेछ
चीनको सार्वभौमिकता, सुरक्षा र विकासका हित सुनिश्चित हुने अवस्थामा पुनःएकीकरणपछि थाइवानले एउटा विशेष प्रशासनिक क्षेत्रको रूपमा उच्च तहको स्वायत्तता अभ्यास गर्नेछ । थाइवानको सामाजिक प्रणाली र त्यहाँको
जीवनशैलीको पूर्ण सम्मान गरिनेछ । थाइवानका जनताका निजी सम्पत्ति, धार्मिक आस्था र कानुनी अधिकार र हितको पूर्ण संरक्षण हुनेछ । देशको पुनःएकीकरण र राष्ट्रको पुनःजागरणप्रति समर्थन जनाउने सबै थाइवानी देशबासी त्यो क्षेत्रका मालिक हुनेछन् । उनीहरूले चीनको विकासमा योगदान र लाभ पु¥याउनेछन् । शक्तिशाली मातृभूमिको समर्थनमा थाइवानका जनताले बलियो सुरक्षा र आत्मसम्मान अनुभव गर्नेछन् र अन्तर्राष्ट्रिय समुदायमा शिर ठाडो बनाएर बलियो आधारसहित उभिन सक्नेछन् ।

थाइवान जलक्षेत्रका दुवै किनाराले राष्ट्रिय पुनःजागरणको विजय हासिल गर्नेछन्
थाइवानका जनता वीर, लगनशील र देशभक्त छन् । उनीहरूले आफ्नो प्रगतिको निम्ति अथक प्रयास गरेका छन् । उनीहरू आफ्नो पुर्खाको सेवा गर्छन् र मातृभूमिप्रति प्रेम गर्छन् । आफ्नो प्रतिभा सदुपयोग गर्दै सँगै काम गरेर थाइवान क्षेत्रका दुवैतिरका जनताले सुनिश्चित भविष्यको बाटो कोर्नेछन् । पुनःएकीकरणपछि हामी चिनियाँ जनताले लामो समयको विभाजनले निम्त्याएको दूरी र भिन्नता कम गर्नेछौँ, राष्ट्रिय पहिचानको बलियो भावना साट्नेछौँ र एकसाथ सँगै उभिनेछौँ । पुनःएकीकरणपछि आपसी हित र साझा विकासको लागि परिपुरक शक्तिलाई अझ बलियो बनाउन सक्छौँ । पुनःएकीकरण पछि हामीले चिनियाँ राष्ट्रलाई अझ बलियो, अझ समृद्ध बनाउन र संसारभरका सबै राष्ट्रबीच अग्लो कदसहित उभिन हामी हात्तेमालो गर्न सक्छौँ ।
थाइवान जलक्षेत्रले विभाजित गरेका जनताको धमनीमा बग्ने रगत उही हो र उनीहरूको भाग्य एउटै हो । पुनःएकीकरणपछि चीनको अन्तर्राष्ट्रिय प्रभाव र बोलीको शक्ति अझ व्यापक हुनेछ । अन्तर्राष्ट्रिय जनमतलाई आकार दिन चीनको क्षमता अझ बढ्नेछ । चिनियाँ जनताको आत्मसम्मान, आत्मविश्वास र राष्ट्रिय गौरव अझ उँचो हुनेछ । थाइवान र मूलभूमि चीनका जनताले एकीकृत चीनको आत्मसम्मान र विजयमा गौरव गर्नेछन् र चिनियाँ हुनुमा शिर ठाडो बनाउनेछन् । थाइवानको प्रश्नको दुई प्रणालीको समाधानलाई अझ सुधार्न र कार्यान्वयन गर्न हामी मिलेर काम गर्नेछौँ । एक देश, दुई प्रणाली नीतिको कार्यान्वयनको संस्थागत बन्दोबस्तमा सुधारिनेछ र थाइवानमा दिगो शान्ति र स्थायित्व सुनिश्चित गरिनेछ ।
चीनको शान्तिपूर्ण पुनःएकीकरण एसिया प्रशान्त र सिङ्गो विश्वमा शान्ति र विकासको लागि आवश्यक छ ।
मूलभूमि चीन र थाइवानको शान्तिपूर्ण पुनःएकीकरण चिनियाँ राष्ट्रको हितमा मात्र छैन । बरु सम्पूर्ण जनता र सिङ्गो अन्तर्राष्ट्रिय समुदायको हितमा छ । चीनको पुनःएकीकरणले अन्य कुनै पनि देशको वैधानिक चासोमा कुनै हानि गर्दैन । थाइवानसँग आर्थिक सम्बन्ध भएका देशलाई पनि कुनै हानि गर्दैन । बरु सबै देशमा यसले थप विकासका अवसर ल्याउनेछ । एसिया प्रशान्त र सिङ्गो विश्वमा समृद्धि र स्थायित्वको लागि यसले थप सकारात्मक गति प्रदान गर्नेछ । यसले साझा भविष्यको विश्व समुदाय बनाउन, विश्व शान्ति र विकास प्रवद्र्धन गर्न र मानव जातिको प्रगति गर्न थप योगदान गर्नेछ ।
पुनःएकीकरण पछि विभिन्न देशले थाइवानसँगको आर्थिक र सांस्कृतिक सम्बन्धको विकासलाई निरन्तरता दिनेछन् । चीनको केन्द्रीय सरकारको अनुमोदनमा उनीहरूले थाइवानमा वाणिज्य दूतावास, अन्य सरकारी र अर्ध सरकारी कार्यालय, अन्तर्राष्ट्रिय सङ्गठन र नियोगका कार्यालय स्थापना गर्न सक्छन् । साथै उपयुक्त अन्तर्राष्ट्रिय अभिसन्धि लागु गर्न सक्छन् । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना गर्न सकिनेछ ।

निष्कर्ष
पाँच हजारभन्दा पुरानो इतिहासमा चीनले विगतदेखि वर्तमानसम्म संसारभर चम्किने भव्य संस्कृति निर्माण गरेको छ । मानव समाजमा चीनको विशाल योगदान छ । दुःख र कठिनाइको एक शताब्दीपछि चिनियाँ राष्ट्रले अपमानलाई पराजित गरेको छ, पछौटेपनालाई पछारेको छ र सीमाहित विकासका अवसर आत्मसात गरेको छ । अहिले अब चीन राष्ट्रिय पुनःजागरणको लक्ष्यतिर अघि बढिरहेको छ ।
नयाँ युगतिरको यो यात्रामा चिकपा र चीन सरकारले थाइवान जलक्षेत्रका दुवै क्षेत्रका देशबासीलाई एक साथ अघि बढाउने कार्यलाई जारी राख्नेछ । चिकपा र चीन सरकारले समयका सबै आह्वानको जवाफ दिनेछ, सबै ऐतिहासिक जिम्मेवारी बहन गर्नेछ, हाम्रो भाग्य र भविष्य हाम्रै हातमा लिनेछ र राष्ट्रिय पुनःएकीकरण र पुनःजागरण हासिल गर्न कडा मिहिनेत गर्नेछ ।
आगामी यात्रा पक्कै पनि सजिलो हुनेछैन । तथापि, थाइवान जलक्षेत्रका दुवै किनाराका हामी चिनियाँ जनताले हाम्रो पवित्र भावना र ऊर्जा एउटै लक्ष्यमा समर्पित गर्दासम्म हामीले थाइवानमाथि विदेशी हस्तक्षेप नसहनेमा कुनै विवाद छैन । हाम्रो देश विभाजन गर्ने कुनै पनि यत्नलाई हामी निष्फल बनाउनेछौँ । हामीले राष्ट्रिय पुनःएकीकरण र पुनःजागरणको लागि शक्तिलाई एक ठाउँमा मिलाउनेछौँ । हाम्रो मातृभूमिलाई पुनःएकीकरणको ऐतिहासिक लक्ष्य हासिल गर्न पर्छ र गर्न सकिन्छ ।
नेपाली अनुवादः सुमन
समाप्त

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *